© २०२३
गुल्मी, १७ चैत ।
गुल्मीको मालिका गाउँपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । मालिकाको वडा नम्बर आठ मर्भुङ्ले विद्यालयमा शैक्षिक सुधारको उद्देश्यले विद्यालय, शिक्षक र विद्यार्थीलाई एक कार्यक्रम बीच सम्मान गरिएको हो । वडा कार्यालयले वडा भित्र रहेका तीन वटा उत्कृष्ट विद्यालय, आठ वटा विद्यालयका उत्कृष्ट शिक्षक र कक्षामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा ५६ जना विषय शिक्षक, ४४ जना कक्षा प्रथम भएका विद्यार्थी र तीन जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान गरेको वडा सचीव सुशील अर्यालले जानकारी दिए । अघिल्लो शैक्षिक सत्रको उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त सम्मान प्रदान गरिएको थियो । शिक्षक, विद्यार्थी र समितिका सदस्यहरूलाई प्रोत्साहन गर्ने र विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ उक्त सम्मान गरिएको वडाध्यक्ष सूर्य बहादुर जिसीले बताएका छन ।
कार्यक्रममा सहभागी सम्मानित शिक्षक विष्णुप्रसाद अर्यालले भने,“स्थानीय सरकारले शैक्षिक क्षेत्रप्रति देखाएको चासोले आफूहरूलाई थप जिम्मेवार बनाएको भन्दै यस्ता प्रकारका सम्मानले आफूहरूलाई हौसला प्रदान हुनुका साथै थप मेहनत गर्न प्रेरित गरेको बताए । त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्मानित हुने थानपती आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी खड्काले सम्मानले सबैमा उर्जा भरेको भन्दै वडाले गरेको कार्य नौलो र प्रेरणादायी रहेको बताए ।कार्यक्रमका मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले पछिल्लो समय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताएका थिए ।