ट्रेंडिंग:

>> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा

जडिबुटी निर्यात घट्दो

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

नेपालगन्ज नाका हुँदै जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको पक्षले दुःख दिने कारण निकासी बर्षेनी घट्दै गएको व्यवसायमा संलग्न अगुवाहरूले बताएका छन् ।
जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ केजि ४५ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३÷०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो ।
आर्थिक वर्ष २०७४÷०७५ मा २७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भयो । ‘जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ ।’ नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले भने । उनका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । खरेलका अनुसार, औषधी, साबुन, स्याम्मु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रा ेमुलकमा पनि निर्यात भइरहेको छ ।
मध्यपश्चिमका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ त्यहा“का खरिद गरी ब्यबसायीहरूले बिदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी ब्यबसायीहरूले झन्झट ब्यहोर्नु परेको नेपाल जडिबुटी ब्यवसायी संघका अध्यक्ष मोहमद याकुब अन्सारीले बताए ।

‘थुप्रै प्रकारका जडिबुटीको माग बिदेशमा बढ्दै गएको छ तर देशभित्रै र छिमेकी भारतकै उत्तरप्रदेश सरकारको अड्चनका कारण निर्यातमा समस्या झेल्नपरिरहेको छ,’–अन्सारीले भने ।
भारतको उत्तर प्रदेश सरकारले नेपाल–भारत पारवहन सन्धी विपरीत जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू गरेपछि जडीबुटी व्यवसायीले थप सास्ती भोग्नु परेको छ । जडिबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागुभएपछि व्यवसायीहरूले लामो सयमदेखि खारेजको माग गर्दा समेत केही प्रक्रिया अगाडी बढ्न सकेको छैन । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडिबुटी निर्यातमा समस्या भएको देखिएको छ । अहिले त जमुनाह भारतीय कष्टमले अनावश्यक झण्झट गर्नाले व्यवसायीहरू झन् निरास छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?