ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सांसदको प्राथमिकतामा सडक

१३ मंसिर २०७५, बिहीबार
१३ मंसिर २०७५, बिहीबार

जिल्लाका तीन क्षेत्रका सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ४ करोड रूपैयाँको योजना छनौटका क्रममा ६० प्रतिशत बढि रकम सडक निर्माण र स्तरोन्नतिमा बिनियोजन गरेका छन् ।
क्षेत्र १ का सांसद तथा कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले कुल बजेटको ६० प्रतिशतका हाराहारीको बजेट सडक निर्माण र स्तरोन्नतिमा छुट्टयााएका छन् । उनले २० योजनाको बिनियोजित रकम मध्य बाणगंगा ६ लक्ष्मणघाट स्कुल देखि बैदौली सम्म कालोपत्रे सडक निर्माणका लागि ५५ लाख तथा शुद्धोधन गाउँपालिका–४ मा कन्या कलेज निर्माणका लागि ५० लाख बिनियोजन गरेका छन् । मन्त्री बलदेवले साझेदारी कार्यक्रम अन्तर्गत बाणगंगामा पत्रकार महासंघ भवन निर्माणका लागि १० लाख, वडा नम्बर ५ अमरहिया ओदारी सडक स्तरोन्नती र भत्तौली भावपुर सडक स्तरोन्नतिका लागि १५-१५ लाख बिनियोजन गरेका छन् ।
यस्तै वडा नम्बर ११ को हथौसा मर्थी जोडने पुलका लागि २७ लाख, बरवा चेतिया सडकस्तरोन्नतीका लागी २५ लाख, ओदारी सडक देखी लिटिलस्टार जाने सडकका लागी १० लाख र चप्पर गाँउ देखी धनेशपुरको सडक कालोपत्रेका लागी १५ लाख बिनीयोजन गरेका छन् । उनका योजनाहरूमा वडा नम्बर ९ को बरदहवा सडक स्तरोन्नतीका लागी १० लाख, वडा नम्बर ४ को कपिलवस्तु सञ्चार सहकारी पछि कुलोमा वाल र कल्भर्ट निर्माणका लागी १० लाख, वडा नम्बर ७ को शान्तिटोल रिंगरोड कालोपत्रेका लागी १६ लाख २० हजार, वडा नम्बर १० को बनकटवा प्रगतीनगर सडक कालोपत्रे ३० लाख, वडा नम्बर ७ को बरगदवा दक्षिण कलभर्ट निर्माणका लागी १० लाख, शुद्धोधन गाँउपालिकाको मदरसा र स्कुललाई फर्निचरका लागी १० लाख, सोही गाँउपालिकाको १ नम्बर वडामा पतरिया छपिया जोडने पुलका लागी २५ लाख, मायादेबी गाउँपालिका १ मा बेती बाध र कुलोका लागी १५ लाख, वडा नम्बर ४ को गौरा देखी भारत सिमा सम्म ग्राभेलका लागी १५ लाख, महादेवा गाँउमा सडक पिसीसिका लागी २० लाख र फुलिका मर्थिखोला बाधका लागी १५ लाख छुट्टयाएका हुन । मन्त्री बलदेवले छुट्टाएकामा टुक्रे योजना बढि देखिएका छन ।
त्यसै गरि क्षेत्र नं. २ का सासद बृजेशकुमार गुप्ताले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ४ करोड रुपियाको योजना छनौट गरेका छन् । उनले छुटयाएका योजनामा ६५ प्रतिशत सडक निर्माण र स्तरोन्नती छन् । उनले २० वटा योजनाका रकम बाडफाड गरेका छन् । उनले छुटयाएको ठुला योजनामा महराजगंज नगरपालिका वार्ड नं. १ बजार क्षेत्रको सडक, ढल र सौलार प्यानल जडानगरि बजार सुन्दर बनाउन १ करोड विनियोजन गरेका छन् । त्यस्तै दोस्रो ठूला योजनामा यशोधरा गाउँपालिका वार्ड नं. ६ पुन्निहवा गाउँमा ढल, आरसिसि र पोखरीको बाटोमा रिनेनिङ्ग वाल निर्माणमा ५० लाख बिनियोजन गरेका छन् । १८ वटा टुक्रे र कार्यकर्ता रिझाउने योजना छन् । कार्यक्रम परामर्श समितिको सिफारिसमा योजना टुङग्याउने भनेपनि त्यो हुन सकेन् । कार्यविधिले योजना छनौटमा विवाद भए अन्तिम निर्णय निर्देशक समिति संयोजक निर्वाचित सासदलाई दिएपनि उनको निर्णय नै अन्तिम भयो । परामर्श समितिले दिएर सुझाव कार्यान्वय भएन् । सिंचाई र शिक्षा कम प्राथमिकतामा परे ।
क्षेत्र नं. २ अन्तर्गत मोर्मा प्रतापपुर सडक स्नरोन्नती २० लाख, सातबासदेखि फत्तेपुर बासको रुख सम्म कालोपत्रे सडक निर्माण १२ लाख, भृकुटी उमाविदेखि सितापुर हुदै जोतपुर सम्म सडक स्नरोन्नती १० लाख विनियोजन गरिएकोछ ।

चंगठिनिया मन्दिर निर्माण १० लाख, बुद्धभूमि क्याम्पस भौतिक पुर्वाधार निर्माण १५ लाख र बुद्धभूमि नगरपालिकाको विभिन्न वार्डमा ह्याण्ड पम्प जडान ११ लाख छुटयाईएकोछ । बुद्धभूमि नगरपालिका वार्ड नं. ५ र ८ मा स्यालो ट्युवेल जडान २० लाख, कपिलवस्तु नगरपालिका वार्ड ४ र १२ को लौसादेखि विठूवा सम्म कालो पत्रे सडक सनर्माण १५ लाख र कपिलवस्तु नगरपालिका वार्ड नं. ४ कोदहवामा सामुदायिक भवन निर्माण १० लाख छुटयाईएको छ ।

कपिलवस्तु नगरपालिका वार्ड नं. ४ शिपुरामा आरसिसि सडक निर्माण १० लाख, कपिलवस्तु बहुमुखी क्याम्पस पुर्वाधार निर्माण २० लाख र कपिलवस्तु नगरपालिका वार्ड नं. २ कुदानको सिंचाई नालामा कल्भर्ट, गेट तथा कुलो मर्मत १० लाख छुट्याईएकोछ । यशोधरा गाउँपालिका २ विचली भडेहरमा बाटो ग्रायाभल र दक्षिण सिमानामा कुलो निर्माण १५ लाख, यशोधरा गाउपालिका ३ हरदेवामा बाटो ग्रयाभल तथा आरसिसि निर्माण र यशोधरा गाउपालिका ५ कचरिहवादेखि लौहरौली सम्म कुलो मर्मत तथा स्केप गेट निर्माण २० लाख विनियोजन गरेकोछ । यशोधरा गाउपालिकामा ह्याण्ड पम्म जडान १५ लाख, महराजगंज नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ मा ह्याण्ड पम्म जडान १० लाख र फलहारी बाबा क्याम्पसको भौतिक पुर्वाधार निर्माण १० विनियोजन गरेको छ । योजना छनौट भएको जनाउँदै जिल्ला समन्वय समितिले प्रमुख नारायण खनालले अब अर्थ मन्त्रालयले संबन्धित स्थानीय तहमा बजेट पठाउने जानकारी दिए ।
उता क्षेत्र नं. ३ मा पनि सासद अभिषेकप्रताप शाहले ४ करोड बजेट विनियोजन गरेका छन् । उनले ५८ प्रतिशत बढी बजेट बाटो मर्मत, स्तरोउन्नितमा छुटयाईएकोछ । यहा पनि टुक्रे योजना र नेता कार्यकर्ता रिझाउनै रकम विनियोजन गरिएकोछ । यहा १९ योजनाकालागि बजेट छुटयाईएको छ । यहा सबैभन्दा बढी ५०÷५० लाखका योजना छन् । महराजगंज वार्ड नं. ६ बड्की भलवारीदेखि हुलाकी रोड सम्म सडक स्तरोन्नती र कृष्णनगर नगरपालिका वडा नं. २ महेन्द्र पार्कदेखि बैंक सडक स्तरोन्नती गर्न उक्त बजेट छुटयाईएकोछ । कृष्णनगर नगरपालिकामा ह्याण्ड पम्म जडान गर्न २० लाख, उक्त नगरपालिका वार्ड नं. १० सौनहवामा अधुरो प्रसुती गृह निर्माण गर्न १३ लाख र कृष्णनगर जाने मुल सडकदेखि लोहरौला जाने सडक सम्म सडक स्तरोन्नती १३ लाख छुटयाईएकोछ ।

कृष्णनगर नगरपालिका वार्ड नं. १२ हरिहरपुरमा अधुरो नाली र सडक निर्माण १२ लाख, कृष्णनगर नगरपालिका ८ लिंक रोडदेखि पुर्व पोखरी शिवमन्दिर जाने सडक स्तरोन्नती २० लाख र विजयनगर गाउपालिका २ लौहरौलामा थारु संग्रहालय निर्माण २० लाख विनियोजन गरिएकोछ । विजयनगर गाउपालिका ७ बड्सुडवा, ढोढरी र परसोहियाको सिमाना डिप बोरिङ जडान ३५ लाख, उक्त गाउपालिकाको वार्ड नं. १ का नेवलागंज र जुवाबैराठ प्रावि वाउन्डरी वाल निर्माण गर्न १०÷१० लाख र शिवराज नगरपालिका ९ शिवगढी, अंचलपुर र बनिभारको बीचमा पर्ने गल्छीमा कल्र्भट निर्माण २० लाख विनियोजन गरिएको छ । शिवराज नगरपालिका ३ मदवा मा कृषि सिंचाई डि बोरिङ ३५ लाख, उक्त वार्डको वाल शिक्षा माविमा भौतिक पुर्वाधारकालागि १० लाख र वार्ड नं. ४ वनकट्टी बुद्ध टोलदेखि बाध सम्म बाटो पिसिसि १० लाखको योजना छनौट गरिएका छ । शिवराज नगरपालिका वार्ड नं. ५ काग्रेस चौकदेखि परसिया सडक मर्मत २५ लाख, वार्ड नं. १ शिवपुर स्थित नेपाल आदर्श उमावि भौतिक पुर्वाधार निर्माण १५ लाख, वार्ड नं. ३ मजगाउ, बलुहवा, हचुवा सडक स्तरोन्नति १० लाख र वार्ड ११ छोटकी थुन्हियादेखि सेमरी सम्म सडक मर्मत २० लाख विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?