ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

खारेजी भएको कार्यालयमा, रिटायर्ड हाकिमको कब्जा !

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

मन्त्रालयले कामचलाउ बनाउने निर्णय गरेको एक कार्यालयलाई सेवानिबृत्त प्रमुखले कब्जा गरेका छन । कपिलवस्तु जिल्लामा रहेको खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कपिलवस्तुमा सेवा निबृत्त प्रमुख कैलाश नायकले कार्यकक्ष कब्जा गरेको भेटिएको छ ।
हालै मन्त्रालयले बिभिन्न डिभिजन र सब डिभिजनलाई काम चलाउ बनाउदै २८ वटा डिभिजन मात्र राख्ने तयारी गरेको छ । तर असार २७ गते लोकसेवा आयोगमा प्रवेश गर्दा पेश गरेको नागरिकताका आधारमा मन्त्रालयबाट अनिवार्य अवकाश पाएका नायकले कार्यालयका निमित्त प्रमुख तोकिएका कौशल कुमार यादवलाई कार्यकक्षमा बस्न नदिई कार्यालय प्रमुखको कार्यकक्ष छाडेका छैनन् । चालु आर्थिक बर्षमा कार्यालयले सञ्चालन गरेका अधिकांस भौतिक पुर्वाधारका आयोजनाको सम्पन्नता पश्चात अन्तिम भुक्तानी दिदा पाउने कमिसन लिनकै लागी उनले कार्यकक्ष नछाडेको श्रोतको दाबी छ ।
“कतिपय कार्य सम्पन्नको कागजातलाई पुरानै मिति देखाएर भुक्तानी गर्ने कार्य समेत गरिएको छ । ” श्रोतले दाबी ग¥यो । नायकले गत २७ गते अनिवार्य अवकास पाए सगै कार्यालयका सब ईन्जिनियर यादवले निमित्त प्रमुखको जिम्मेबारी प्राप्त गरेका थिए । अवकास पाएका प्रमुख नायकले कार्यकक्षमा बस्न खोजे पछि कार्यालयका अन्य कर्मचारी सँग सामान्य बिवाद समेत भएको थियो । श्रोतको सुचनाको आधारमा टुडेकर्मी कार्यालयमा पुग्दा नायक कार्यालय प्रमुखको कार्यकक्षको कुर्सीमा भेटिए ।
आफुलाई समय नपुग्दै अनिवार्य अवकास दिई अन्याय गरिएको र आफुले सो बिषयमा सर्वोच्च अदालतमा रिट समेत हालेको नायकले जानकारी दिए । लोकसेवा आयोगमा पेश गरेको उनको नागरिकताका आधारमा असार २७ गते नै उनले अवकास पाएको र प्रतिलिपी नागरिकताको उमेरका आधारमा उनले भरेको सिटरोलको उमेरलाई आधार बनाउदा उनको कार्य अबधी थप १ बर्ष रहेको खुल्न आएको छ । सोही सिटरोलका आधारमा उनले सर्वोच्च अदालतमा निजामती किताबखाना ललितपुरलाई बिपक्षी बनाई उत्प्रेषण बिषयको रिट निवेदनको मुद्दा हालेका थिए । सो मुद्दामा ईजलासका न्यायाधिसहरु बिच रायबाझि फैसला भएको र उक्त मुद्दा (रिट) को आदेशको पुर्णपाठ तयार भए पश्चात नियमानुसारको सो मुद्दा सर्वोच्च अदालतको पुर्ण ईजलासमा पेश गरिने व्यहोराको जानकारी नायकलाई सर्वोच्चको मुद्दा तथा रिट महाशाखाले जानकारी गराएको छ । “मेरो अवकास भनिए पनि एउटा न्यायाधिस मेरो पक्षमा हुनु हुन्छ । न मैले जितेको छु, न हारेको नै छु । ” नायकले भने । मुद्दा बिचाराधिन अवस्थामा रहेकोमा आफु कार्यकक्षमा बस्न नहुने बिषय घुमाउरो पाराले स्विकादै आफु माथी अन्याय भएको उनले बताए । सेवानिबृत्त प्रमुख नायकको रिट बिचाराधिन अवस्थामा रहदाले उनले कार्यकक्षलाई कब्जा गरेको बिषयमा कार्यालयका कर्मचारी अन्योलमै देखिएका छन । निमित्त प्रमुख कौशल कुमार यादवले सेवा निबृत्त नायकको कार्यकक्षमा बस्ने कार्य जायज नभएको प्रतिक्रिया दिए । आफु नयाँ व्यक्ति भएको बताउदै सेवा निबृत्त प्रमुख कार्यकक्षमा बसे सगै आफुले पुरानै कार्यकक्षमा बसी कार्य सम्पादन गरेको यादवको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?