© २०२३
विश्व सम्पदामा परेको गौतम बुद्धको जन्म स्थान लुम्बिनीको बाँकी रहेको कार्य सम्पन्न गर्नको लागि एकै पटक ग्लोबल टेण्डर गर्ने तयारी गरिएको छ ।
विगत ४० बर्ष देखि पुरा हुन नसकेको गुरुयोजनालाई अबको तीन बर्षमा पुरा गर्ने गरी कार्य अगाडि बढाइएको हो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव तथा योजना अधिकृत ई.शरोज भट्टराईले केन्द्रीय सरकार, मन्त्रालयलेबाट गुरुयोजना अबको तीन बर्षमा सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनको लागि पत्र प्राप्त भएकोले अब सोही अनुसार गुरुयोजनाका बाँकी कार्य पुरा गर्नको लागि एकैपटक सबै टेन्डर आह्वान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार जसको लागि मन्त्रालयबाट स्वीकृत प्राप्त भएको पत्र गत आईतबार मात्रै लुम्बिनी विकास कोषले प्राप्त गरको छ ।
तीन बर्षमा बाँकी रहेको २५ प्रतिशत कार्य पुरा गर्नको लागि दबाब समेत बढेको कारण सोही अनुसार कार्य अगाडी बढाइएको ईन्जीनयर भट्टराईले जानकारी दिए । उनले भने–‘हाल सम्म गुरुयोजानको ७५ प्रतिश काम सम्पन्न भएको छ, अब बाँकी रहेको कार्य तिन बर्ष भित्र सक्ने गरी कार्य गर्नको लागि ठेकेदारसँग सम्झौता हुनेछ जसको लागि टेण्डर आह्वानको तयारी गरिएको छ ।’ बाँकी रहेको २५ प्रतिशत कार्य सम्पन्न गर्नको लागि कुल ६ अरव २० करोड रकम लाग्ने अनुमान लुम्बिनी विकास कोषले गरेको छ । तर यो फाईनल ईस्टीमिट होईन । नि.सदस्य सचिव सरोज भट्राईका अनुसार फाईनल ईस्टीमिट पछि यस विषयमा लागतको एकिन हुने छ । सुपरभिजन कन्ल्टेन्टन्टबाट प्रतिवद्धता सहित सम्झौता नै गरेर अगाडी बढ्ने तयारी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । सन् १९७२–१९७८ सम्म लगाएर प्रोफेर बास्तुविद् केन्जो टाङ्गे ले बनाएको मास्टर प्लान (गुरुयोजना) मा उत्तरी भागमा उत्थान हल अझै बन्न सकेको छैन । यस्तै विभिन्न ६ वटा वास्तुकला झल्कीने खालको भवन बनाउन बाँकी रहेको छ भने लुम्बिनी गुरुयोजना भित्र नै ८ वटा पार्कीङ्ग मध्ये ६ वटा पार्किङ्ग बनाउनको बाँकी छ ।
भट्र टावर पार्क निर्माणकोक्रममा रहेको छ । यस्तै न्यु लुम्निी भिलेज, कल्चर गाउँ को पनि केही कार्य बाँकी रहेको छ । यस्तै गुरुयोजना भित्र रहेका बाटो निर्माण पनि छ त्यो पुरा गर्ने छ । आईटी, पोखरी, विद्युत, पेभिलिनयन खोलाको नदि नियन्त्रणको काम पनि बाँकी रहेको विकास कोषले जनाएको छ । भौतिक पुर्वाधार निर्माणको कार्य सकिएको स्थानमा सौन्दर्यकरणको कार्य गर्न अझै बाँकी रहेकोले यसलाई पनि समयमा नै सक्ने गरी योजना अगाडी बढाइएके विकास कोषले जनाएको छ ।
लुम्बिनीमा १९६७ मा संयुक्त राष्ट्र संघको तत्कालिन महासचिव उत्धांकाका भ्रमण भएको ईतिहासमा पाईन्छ । १९७२ देखि गुरुयोजानको कार्य अगाडी बढेको थियो । वि.सं. २०४२ सालमा लुम्बिी विकास कोष स्थापना भएपछि हालसम्म पनि विकास कोषले काम अगाडी बढाएको छ । सरकारले गुरुयोजना निर्माणको लागि कुल ११ सय ५५ विघा जग्गा अधिकरण गरेको थियो ।
योजना निर्माणका लागि हालसम्म करिव ८ अर्ब ६९ लाख ३० हजार खर्च भइसकेको छ । जसमा जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साँढे २ अर्ब रूपैयाँ र विभिन्न देशले बनाएका बौद्ध गुम्बाहरूको निर्माणमा साँढे ५ अर्ब रूपैयाँ खर्च भएको छ ।