ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

बालबालिका स्कुल आउलान कि छुटलान

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

बुटवल सरकारले विद्यालय उमेर पुगेका बालबालिकाहरुलाई आउने भदौ महिनाभित्र विद्यालयमा भर्ना गर्न निर्देशन गरेको छ । क्षेत्रिय शिक्षा निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी स्थानीय तह मार्फत अभियान संचालन गर्न निर्देशन गरेपनि सबै बालबालिका विद्यालयसम्म आउलान भन्नेमा भने आशंका छ । सरकारी सयन्त्रको तयारी, बजेट, कर्मचारी व्यवस्थापन र बर्षायामको समयका कारण आशंका उब्जिएको हो । तर शिक्षा मन्त्रालयका अधिकारीहरु भने स्थानीय तहको पहलमा अभियान सफल हुने बताउाछन् ।
भर्ना अभियानको दोस्रो चरण नाम दिएको कार्यक्रम अबधि २०७५ जेष्ठ ८ गतेदेखि भदौ ३१ सम्म राखिएकोमा शिक्षा विकास तथा समन्वय इकाइहरुले आषाढ अन्तिम साता मात्र स्थानीय तहलाई अभिमुखीकरण गरेका छन् । विद्यार्थी भर्ना अभियान दोस्रो चरणको कार्ययोजनामा सम्पूर्ण संम्पूर्ण स्थानीय तहहरुले २०७५ भदौ ३१ गतेसम्म आफ्नो पालिकाभित्र विद्यालय जाने उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको सम्बन्धित तहबाटै निर्णय गराई घोषणा गर्ने भनेको छ ।
शिक्षा विभागको भनाईमा अझै पनि विद्यालय उमेर (५–१२ बर्ष) का ६० हजार बालबालिका विद्यालय बाहिर छन् । ति बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउनका लागि दोस्रो चरणको कार्यक्रम शुरु गरिएको विभागका अधिकारीहरु बताउाछन् । २०७५ सालको भर्ना अभियानले दुई लाख ५३ हजार बालबालिकाहरुलाई विद्यालयमा प्रवेश गराएको शिक्षा विभागको भनाई छ । भर्ना गरिएका बालबालिकाहरुको सिकाईको स्थायित्वका निमित्त कम्तिमा कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई दिवा खाजा, विपन्न, गरिब अभिभावक सहायता कार्यक्रम शुरु गरिने कार्ययोजनामा उल्लेख छ । त्यसैगरी कक्षागत तथा बिषयगत शिक्षकको व्यवस्था, बालमैत्री विद्यालय पूर्वाधार लगायतका आधारभूत आवश्यकता पुर्तिको सुनिश्चिितताको लागि बजेट तथा कार्यक्रम मार्फत सम्बोधन गरिनेछ भनिएको छ ।
सरकारले दोस्रो चरणको भर्ना अभियान शुरु गरेपनि स्थानीय तहका प्रमुख तथा शिक्षाका अधिकारीहरु भर्ना अभियान सफल हुनेमा ढुक्क छैनन् । कञ्चन गाउँपालिकाका प्रमुख गोकर्ण बहादुर क्षेत्रीले शिक्षाको कर्मचारी अभावक हुदा काम गर्न नसकिरहेको अवस्थामा भर्ना अभियान चलाउन कठिन भएको बताए । एक जना स्रोत व्यक्ति हुनुहुन्छ क्षेत्रीले भने उहाँले पनि तीन तीनवटा स्थानीय तह हेर्नुपर्नेहुदा भर्ना अभियान गर्न जनशक्ति अभाव हुने भयो । मर्चवारी गाउँपालिकाका प्रमुख केशवानन्द बाँनियाँले शिक्षक विद्यालयमा दरबन्दी कम हुदा विद्यालय आएका बालबालिकालाई टिकाउनमा समस्या भएको गुनासो गरे । भर्ना अभियान राम्रो हो, गर्नुपनि पर्छ बाँनियाँले प्रतिप्रश्न गरे, शिक्षक र कक्षा कोठा नभएको अवस्थामा भर्ना गरेर पनि कहाँ राख्ने ? सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारुले आफुहरुले विद्यालय उमेरका बालबालिकालाई लक्षित गरि भर्ना अभियान कार्यक्रम शुरु गरिसकेको बताए । रोहीणी गाउँपालिकाका शिक्षा प्रमुख नारायण लामीछानेले भर्ना अभियानलाई आन्तरीकरण गर्नुपर्ने सुझाव दिए । शिक्षक र कक्षा व्यवस्थापनको पक्षलाई जोड्न सके भर्ना अभियान सफल हुने र विद्यालयमा आएका बालबालिका शैक्षिक शत्रभर टिक्ने उनले बताए । बुटवल उपमहानगरपालिकाका शिक्षा प्रमुख लोकराज पन्थीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउनका लागि लगानी बढाउनुपर्ने सुझाव दिए । फरक परिस्थिती र आर्थिक अवस्था कमजोर भएको अवस्थामा बालबालिकालाई मात्र नभई अभिभावकलाई समेत सहयोग गर्नुपर्ने अवस्था देखिएको उनले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख दिवाकरण भण्डारीले सबैले हातेमालो गरे भर्ना अभियानले सार्थकता पाउने बताए । विद्यालय र स्थानीय तहको सयन्त्रले विद्यालय बाहिर रहेका बालबालिका पहिचान गर्न सक्ने हुदा पनि भर्ना अभियान प्रभावकारी हुने उनको तर्क छ । क्षेत्रिय शिक्षा निर्देशनालय, पोखराका निर्देशक डा. भोजराज शर्माले एक जना पनि शिक्षाका कर्मचारी नखटिएको स्थानीय तहमा तुरुन्तै कर्मचारी खटाउनमा पहल गर्ने आश्वासन दिए । स्थानीय रुपमा स्रोत जुटाउन सकिने संभावनाहरु भएको हुदा त्यसको नेतृत्व स्थानीय तहले गर्न सक्ने शर्माले बताए ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भर्ना अभियान सफल हुनेमा दुबिधा नभएको बताए । स्थानिय तहहरु यस अभियानमा चासो दिएको हुदा भर्ना अभियान सफल हुने र घोषणा अभियान शुरु भइसकेको जानकारी दिए । उनका अनुसार बर्दियाको बार बर्दिया नगरपालिकाले पालिकाभित्र विद्यालय जाने उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको भनि घोषणा गरिसकेको छ । त्यसैगरी सिन्धुपाल्चोकको लिशंखुपखर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी कुने पनि बालबालिका विद्यालय बाहिर भएको सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ । कपिलवस्तुको बुद्दभूमि नगरपालिकाले सरकारले निर्देशन गर्नु अघि विद्यालय उमेर तहका बालबालिका विद्यालयमा भर्ना भइसकेको घोषणा गरिसकेको छ ।

बाबुराम पौडेल
महानिर्देशक, शिक्षा विभाग

पालिकाहरुको सक्रियताले भर्ना अभियान सफल हुनेमा दुबिधा छैन् । केही पालिकाहरुले पालिकाभित्र विद्यालय जाने उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको भनि घोषणा गर्न शुरु गरिसकेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?