© २०२३
महिला माननीय ज्यू मत हाल्न नसक्ने, महिला समावेशीकरण चाहिने ? अहिले सामाजिक संजालमा महिलाले उपराष्ट्रपति नपाएकोमा निकै रोईलो मच्चाईएको छ । महिला माननीय होस् या महिला अधिकारकर्मी सवैको ध्यान र स्टाटस महिला समावेशी करण भएन भन्नेमा छ । २०७९ फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको भयो । निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भए । निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ०२ मतभार पाए भने अर्का उम्मेदवार जानजातिबाट उम्मेदवार बनाईएका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१ मतभार पाए । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । यस्तै नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए । राष्ट्रपतिका लागि कुल ८१ मध्ये ८३१ मत खसेको थियो । संघीय सांसदतर्फ ३१३ मत खसेको हो । संघीय संसदका कुल ३३१ मध्ये १ मत खसेन । प्रदेशसभातर्फ ५५० मध्ये ५१८ सदस्यले मतदान गरेका थिए ।
मतदानमा पार्टीभन्दा माथि उठेर पौडेललाई छाडेर नेम्वाङ्गलाई मतदान गर्ने आँट कुनै पनि जनजातिको भएन । यस्तै नेपाली समाजले उपराष्ट्रपतिको चुनावको रन्को चैत्र ३, २०७९ लाई नियाल्दै थियो । निर्वाचनमा रामसहाय प्रसाद यादव ३० हजार ३ सय २८ मत प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भए । यता महिलाको आशाको केन्द्र विन्दु अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार पाईन् । उनलाई एमालेका प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका सांसदले मत दिए । त्यसैगरी, बामदेव गौतम र स्वतन्त्र सांसद योगेन्द्र मण्डललेसमेत उनको पक्षमा मतदान गरे । तर उनलाई सम्पूर्ण महिला सांसदले मतदान गर्न सकेनन् । किन की उनी एमाले पार्टीको प्रतिनिधि थिईन् । उनी महिलाको प्रतिनिधि थिइनन् । यति महिला समावेशीका ठुला भाषण गर्ने महिला सांसदले महिलाको प्रतिनिधि ठानेको भए उनलाई मत हाल्नु पर्ने होइन र ? अहं । होइन उनी नितान्त एमाले पार्टीको तर्फबाट उम्मेदवार थिईन् यसैले अन्य पार्टीमा आस्था राख्ने महिला साँसदले उनको पक्षमा मतदान गर्न सकेनन् । बरु उनको साटो गठबन्धनकै उम्मेदवार यादवलाइ मतदान गरे । किन यसो भयो अहिले निकै रोईलो छ । सामाजिक संजाल फेसबुकमा महिला साँसदले महिलालाई मतदान गरेनन् । गरुन पनि किन उनीहरु महिलाहरुकै मतले मात्र माननीय भएका हुन् र ? उनीहरु त पार्टीको भरमा माननीय भएका हुन । पार्टीभन्दा बाहिर महिला हो भन्दैमा किन मतदान गर्ने ? सबै भन्दा माथि त पार्टी हो साथी । अहिले सामजिक ंसंजालमा रोईलो गर्ने साथीहरु एकपटक आफुले आफैलाई प्रश्न गनुहोस् त ? के तपाई मतदाता भएको भए फरक पार्टीमा आस्था राख्ने महिला नै उम्मेदार भएको भए ती महिलालाई मतदान गर्नु हुन्थ्यो त ? कदापि गर्नु हुन्थेन । तपाई पनि पार्टी भन्दा माथि उठेर महिलाको पक्षमा वकालत गर्न सक्नुहन्न । किनकी तपाईले वकालत गर्नु भयो भने त्यतिकै भरमा तपाईले पाएको पद प्रतिष्ठा, मान मर्यादा तपाईकै पाटिले खोस्छ । तपाई यस्मा ढुक्क हुनुहुन्छ र पार्टीको हुईप भन्दै तिनै पुरुषवाद चिन्तन तर्फ आफ्ना पाईला लम्काउनुहुने छ । अर्को तर्फपार्टी पंक्तिको बठ्याई यति सम्म छ की जित्ने भए आफ्नो सर्कल हार्ने भए अर्को । जहाँ समान्य भए पनि सहानुभुति पाइन सक्ने अवस्थामा । जस्तो पत्रकार महासंघकै निर्वाचनमा अहिले सम्म महिला अध्यक्ष नदिएको अवस्थामा हार्ने निस्चित हँुदा महिलाका उम्मेदवार भनेर निर्मला शर्मालाई अगाडी बढाईयो ।
किनकी गठबन्धकै आडमा शर्माले हार्ने निश्चित थियो । जित्ने निश्चित भएको भए शतप्रतिशत पुरुषलाई अगाडी सारिन्थ्यो । यस्तै एमालेबाट राष्ट्रपतिमा हार्ने निश्चित भएपछि कहि कतै सहानुभुतिको भोट मिलिहाल्छकी भनेर सुवाश नेम्वाङ्गलाई अगाडि वढाईयो । उनी पनि फेल खाए । जित्ने आधार केही देखेको भए त्यहाँ उपल्लो जाति बाटै प्रतिनिधित्व गर्दथ्यो । अव आयो उप राष्ट्रिपतिको कुरो । त्यहाँ पनि त्यस्तै अवस्थामा पु¥याईयो । जव हार्ने शत प्रतिशत निश्चित भयो अनि उम्मेदवार बनाईयो महिलाको सहानुभुति बटुल्ने नाममा अष्टलक्ष्मी शाक्य । उनलाई पनि लागेको थियो होला म महिला म संवद्ध पार्टी र अन्य पार्टीमा आवद्ध मेरा महिला साथीको मत अवश्य पाउने छु । तर महोल शाक्यको अनुमान भन्दा फरक आयो उनका पक्षमा १६ हजार ३ सय २८ मत आउँदा उनको विपक्षीमा अर्थात अर्का उम्मेदवार यादवको पक्षमा ३० हजार ३ सय २८ मत प्रदान भयो । यसरी सरसर्ती हेर्दा हामी महिला महिला भन्दै उचालिदै गर्दा हामी पार्टी भन्दा माथि उठेर महिलाको पक्षमा वकालत गर्न सक्ने नेपाली भैनसकेको अवस्था चित्रण भएको छ । यसैले सामाजिक संजालमा रोईलो गर्न छाडौ । राष्ट्रपति, उपराष्ट्रपति पुरुष भए भनेर किन रोइलो गर्नु, महिला माननीय ज्यू मतहाल्न नसक्ने महिला समावेशीकरण चाहिने ? तपाईहरु जहिले सम्म पार्टी भन्दा माथि उठ््न सक्ने र महिलाहरु एक हुन नसक्ने हो भो महिला हक,समनता, आदर्श सवै मरेर जाने छ ।