ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

मन्त्रालयको पुँजीगत खर्च ‘शुन्य’!

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

प्रदेश नम्बर ५ सरकार बजेट कार्यान्वयनमा फितलो देखिएको छ । प्रदेशका ३ वटा मन्त्रालयले पुँजीगत बजेट शीर्षकमा कुनै पनि रकम खर्च गर्न सकेका छैनन् । प्रदेश सरकार गठन भएको ९ महिनामा ‘पँुजीगत बजेट शुन्य’ रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको पुँजीगत खर्च बजेट शुन्य नै छ । प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ५ का प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवाली का अनुसार टेन्डर भएर गएका ठूला बजेटका कामहरू नभएकै कारण हाल सम्म बजेट शुन्य भएको बताउँछन् । उनी भन्छन्–‘कार्तिक महिनादेखि खास केही प्रगती भएको छैन, चालुगतमा केही तलब खर्च बढेको छ तर अन्य प्रायः शुन्य नै छ । ’
खासगरी ठूला विकास निर्माण, पूर्वाधारको काम नभएको कारण पुँजीगत खर्च नदेखिएको उनको भनाइ रहेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयसँग १३ अर्बभन्दा बढी बजेट रहेको छ । उक्त मन्त्रालयले अहिले सम्म पूँजीगत खर्च नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मन्त्रालयहरूको चालु खर्च १५ प्रतिशत नाघिसक्दा पूँजीगत खर्च भने ९ प्रतिशत मात्र भएको छ । ५ नम्बर प्रदेशका ७ वटा मध्ये अधिकांश मन्त्रालयले चालु खर्च मात्र गरेका छन् । केही मन्त्रालयको पूँजीगत खर्च शुन्य प्रतिशत छ भने केहीको ५ प्रतिशत छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार मन्त्रालयको बजेट १६ अर्ब रहेकोमा अहिलेसम्म खर्च ४ करोड १३ लाख मात्र भएको छ । गत आर्थिक वर्षमा २ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले अहिले पनि बजेट परिचालनमा ढिलाई गरिरहेको छ ।
बजेट खर्च गर्ने कार्यालयहरू टुंगो नलाग्नु, बजेट आए पनि कार्यालय स्थापना नहुनु र स्थापना भएका कार्यालयमा समेत कार्यालय प्रमुख नआइपुग्नु जस्ता कारणले मन्त्रालय अन्तर्गत पूँजीगत खर्च परिचालनको अवस्था कमजोर भएको लेखा नियन्त्रक ज्ञवालीको भनाइ रहेको छ । हाल सम्म भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले चालु – १ करोड २२ लाख रूपैयाँ खर्च गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यम नारायण देवकोटा समयमा नै कार्यविधि नआएको कारण बजेट कार्यान्वयनमा समस्या भएको बताउछन् । यद्यपि कतिपय कार्यहरू जारी रहेको कारण कारण बजेट खर्च नदेखिएको उनको भनाइ रहेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले हाल सम्म चालु बजेटमा १ करोड २७ लाख रकम मात्रै खर्च गरेको छ भने पँुजीगत बजेट अन्र्तगतको खास ठोस रकम खर्च गर्न सकेको छेन । यस्तै सामाजिक विकास मन्त्रालयको चालु बजेटमा १ करोड ४९ लाख खर्च गरेको छ भने पूँजीगतमा एक रूपैयाँ पनि खर्च हुन सकेको छैन । मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ करोड १० लाख र पूँजीगत खर्च–२६ लाख ६९ हजार रूपैयाँ मात्र खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको पूँजीगत ७ लाख ५३ हजार खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ भने चालु खर्च अन्तर्गत कुल ५८ लाख २१ हजार रकम खर्च भएको छ । आन्तरिम मालिला तथा कानुन मन्त्रालयको पूँजीगत कुल २ करोड ३८ लाख र चालु खर्च–९५ लाख मात्रै खर्च भएको छ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुँजीगत ४ लाख ३३ लाख र चालु शिर्षकमा कुल ६५ लाख ३९ हजार हजार रकम मात्रै खर्च भएको छ । गत आर्थिक बर्षको साउनदेखि कार्तिक महिनासम्म ९ प्रतिशत मात्र बजेट खर्च भएको छ । यता, प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कर्मचारी नभएपनि समस्या आएको बताउँछन् । जलश्रोत्र, उर्जा र सिंचाईका महाशाखामा ६ सय ४२ कर्मचारी चाहिनेमा ९२ जनामात्रै कर्मचारी आएका उनको भनाइ छ । ५ वटा डिभिजन कार्यालय राख्नुपर्ने हो, ३ जना डिभिजन इन्जिनियर र ३ जना इन्जिनियर मात्रैभएको कारण थप समस्या भएको मन्त्री को भनाइ छ । २ करोडभन्दा साना योजनालाई स्थानीय तहका इन्जिनियरसँग सर्वेका लागि समन्वय गरेर काम गरिरहेका उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?