© २०२३
रूपन्देही जिल्लामा माछा सम्बन्धी एक मात्र सहकारीको रूपमा रहेको जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि सियारी–५, छपियाको १० औ साधारण सभा तथा ५ औ अधिवेशनबाट गणेश बहादुर शाही पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
साधारण सभामा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले मत्स्य जोनको रूपमा रहेको छपियालाई मत्स्य पर्यटकन क्षेत्रको रूपमा विकास गर्न गाउँपालिकाले योजना अगाडी बढाएको बताएका थिए । साधारणसभामा पशुपंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख युगल किशोर तिवारी तथा मत्स्य जोन, रूपन्देहीका प्रमुख मकबूल अली, मत्स्य विकास अधिकृत रमेश जैसवाल लगायतले शुभकामना दिएका थिए ।
साधारण सभा तथा अधिवेसनबाट पुनः गणेश बहादुर शाही चयन भएका हुन् । यस्तै उपाध्यक्षमा टंक ज्ञवाली, सचिवमा हरि बहादुर थापा, कोषाध्यक्षमा तारा देवी पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरूमा ज्ञान देवी थापा, गोमा दाहाल, प्रकाश पोखरेल, राजकुमार घिमिरे, घनश्याम पराजुली, अग्नीधर रेग्मी चयन भएका छन् । लाल बहादुर बस्नेत संयोजक रहेको राम बहादुर बानिया र लक्ष्मी पोखरेल सहितको लेखा उप समिति गठन गरिएको छ । यस्तै विनोद लाल गिरी संयोजक रहेको सुनिल पराजुली र लिला पराजुली सदस्य भएको ऋण उप समिति गठन गरिएको छ । आगामी ४ बर्षको लागि समिति चयन भएको हो । à