ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

हिउदे मकै बिक्री भएन

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

बारीभरी मकै छन । तर, बजार लैजान संभव छैन । सिद्धारामा उत्पादन भएका हिउ“दे मकै बिक्री नहु“दा किसान मर्कामा परेका छन । भदौमा रोपेको मकै पुसमा पाकिसकेको छ । तर, बजार अभावमा मकै बारीमै थन्किएका छन । हिउ“दे मकैको घुघा वर्षेको भन्दा कम छैन । जंगल भित्रको पातलो बस्ती छ । बजार पु¥याउन एक दिन समय लाग्छ । घर पल्तिर मोटरबाटो छ । तर, यात्रुवाहक गाडी दैनिक चल्दैनन् । यात्रु नपाइने भन्दै बस र जिप चल्दैनन् ।
पाकुरीका कमानसिंह सारुले सात रोपनी बारीमा मकै उत्पादन गरेका छन । बिक्री भए आम्दानी हुन्थ्यो, बजार टाढा भएकाले लैजान सकिंदैन । ग्राहक पनि घरमा आउ“दैनन, उनले भने । दाङ र कपिलवस्तुस“ग सीमाना जोडिएको सिद्धाराका बस्तीबाट बजार सहज पहु“च छैन । उनका अनुसार पाकुरीमा २०, सिस्नेमा सात, लामिदमार र ढाडखोलाका ३५ घरले हिउ“दे मकै खेती गर्छन । चन्द्रौटा बजारमा पु¥याए घुघाको १५ रूपैया“सम्म पर्छ । तर, एक दिन पुरै लाग्छ ।
बेमौसमी मकै उत्पादन गरेपनि बिक्री नहु“दा गाउ“मा आम्दानी भित्रिन सकेको छैन । दस वर्ष देखि यी गाउ“मा हिउ“दे मकै खेती हु“दै आएका छ । मकै जोगाउन पनि कम्ति दुःख छैन । घुघा लाग्दै गरेको मकै ब“देलले खाइदिएर सखाप परिदिन्छ । त्यसबाट जोगाउन बारीमै बस्नुपर्छ ।
मकैको घुघा लाग्नुभन्दा अघि नै बारीमा अग्लो टउवा (खाट) बनाउ“छौं, विस्तार बनाएर चौकीदार बस्नुपर्छ । भोक र प्यास मेटाउन खानेकुरा र पानी साथमै राख्छौं, उनले भने । ब“देल आउ“दा थाल, टीन र ताउला ठटाउने गरेर मकै जोगाउने उनले बताए । चौकीदार नबस्ने हो भने मकै सखाप नै पार्छ । ‘मोटरबाटो भएपनि गाडी चल्दैनन्,’ उनले भने, ‘गाउ“मा उत्पादित बस्नु बजारसम्म पु¥याउन कठिन छ । उर्वरभूमि भएकाले अन्न, मसलाबाली र तरकारी खेती राम्रो हुन्छ । यात्रु नपाइने भएको भन्दै बस र जिप आउन मानेनन् ।’
हाइब्रिड जातको मकै राम्रो फलेको छ । घँुघा पनि ठूलै छन् । वर्षेभन्दा हिउ“दे मकै राम्रो फल्छ । वर्षेमा मकैमा पोके देखा पर्छ । घुघा थोत्रा हुन्छन । तर, हिउ“दे मकैको घुघा सबै एकनासले फलेको हुन्छ, उनले भने ।
बेमौसमी उत्पादन चिज नै हुन्छ । इष्टमित्र, नातेदार र घरमा आएका पाहुनालाई उपहार स्वरूप मकै दिन्छौ, पाकुरीकै सनबहादुर रोकाले भने, बिक्री भए पैसा पर्ने थियो । नभएपनि इष्ट राख्नलाई दिन्छौ । मकै भित्र बोडी पनि फलेका छन् । चिसो ठाउ“ र मोलिलो माटो भएकाले उब्जनी राम्रो हुने उनले बताए । मोटरबाटो भएपनि छरिएर रहेको बस्तीसम्म पुग्न लामो दूरी छ । जंगल छिचोलेर हि“डनुपर्दा यात्रु कम पाइने भन्दै सवारीसाधन नचलेको गाउ“लेको गुनासो छ । उनका अनुसार गाडी चढन एक घण्टा पैदल हिँडनुपर्छ । मकै बिक्री हुने भए पनि बजार पहु“च छैन । आधा बारीमा मात्रै मकै खेती गर्छौं । ब“देलले हैरानी परेकाले बारम्बार प्रहरीलाई धपाइदिन आग्रह गरेपनि वास्ता नगरेको उनले बताए । चुनावमा भोट माग्न आउने नेतालाई हरेक पटक भन्यौं । हुन्छ भन्छन । तर, केही चासो दिएनन, उनले भने ।
प्रहरीले ब“देल मार्न पाइँदैन भन्छन । तर, गाउ“लेको खेती सखाप पारिदिएर उठिबास नै लागेको पाकुरीकै दानबहादुर सारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%