© २०२३
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१६ का गोपाल पौडेल व्यवसायिक पशुपालन किसान हुन् । विगत लामो समयदेखि उनले व्यवसायिक रूपमा नै पशुपालन गर्दै आएका छन् । पछिल्लो सहरी क्षेत्रबाट नजिक रहेको कारण उनले आफूले पालेका गाई र भैंसीमा प्राकृतिक गर्भाधान (साँढे राँगो वा गोरु) बाट गराउन मुस्कील छ ।
जसको कारण उनले करिब ९९ प्रतिशत बाच्छी मात्रै जन्मने दाबी गरिएको सेक्स सिमोन (कृत्रिम गर्भाधन) आफूले पालेका पशुमा गराउँदै आएका छन् । तर यसरी दाबी गरिएको सिक्स सिमोन पटक पटक फेल भएको उनको अनुभव रहेको छ । एउटा गाईमा १० पटकसम्म पनि यसरी कृत्रिम गर्भाधान गराउनुपरेको उनको दुःखेसो रहेको छ । प्रति सेक्स सिमोनलाई ४ सय ५० रूपैयाँमा लगेर पशु प्राविधिबाट लगाउँदा उनले यसरी पटक पटक सयौं रूपैयाँ खेर फालेको बताउछन् । उनी भन्छन्–‘एउटा सेक्स सिमोन खरिद गर्दा ४ सय ५० रूपैयाँ पर्दछ, पशु प्राविधिक पाउन मुस्किल छ, नीजी भेटनरीका प्राविधिकहरू महङ्गा छन्, १० /१० पटक सम्म दोहोरिँदा १० हजार भन्दा बढि खर्च भयो यो हेर्ने निकाय को हो ?’
उनी मात्र होईन, बुटवल मोतिपुरका किसान द्वारीका पौडेलको पनि सोही प्रकृतिको समस्या छ । पशुपालक किसान ले कृत्रिम गर्भाधान गराउने समयमा पशु प्राविधि नपाउँदा झनै मुस्कील व्यहोर्नुपरेको बताउँछन् । उनी भन्छन्–‘सरकारी पशु प्राविधिक छैनन्, नीजिका महङ्गा छन् समयमा नै ए.आई.(कृत्रिम गर्भाधान) गराउन नपाउँदा उत्पादन घट्ने निश्चित छ ।’
यसरी किसानले नै किनेर ए आई गराउनुपर्ने सेक्स सिमोन सरकारले अनुदानमा वा निःशुल्क उपलब्ध गराउन माग समेत गरे । बुटवल उपमहानरपालिकाले ठोस चासो नदिँदा सयांै किसानहरू यसको मर्कामा परेको उनीहरूको गुनासो रहेको छ । बुटवल उपमानगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बन्जाडेले चालु आर्थिक बर्षमा कृत्रिम गर्भाधानको लागि आवश्यक पर्ने विशेष उपकरण रेफ्रि, ए आई गन, लगायतका एशोसिरीज खरिद गर्नको लागि कार्यआदेश भएको कारण आफूहरूले नै खरिद गरी विशेष सुरक्षाको साथ राख्ने बताउँछन् । उनले यसको लागि यस बर्ष कृत्रिम गर्भाधानको लागि कुनै पनि उपकरण वा सिक्स सिमोन अभाव नहुने बताउँछन् । उनका अनुसार यस बर्ष नगरपालिकाले कुल १८ सय गाई÷भंैसीमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिएको छ ।
यस बाहेक गाई तथा भैँसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो गरेका छन् ।
पशु चिकित्सक समेत रहेका बुटवल उपमहानगरपालिकका पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले प्राविधिकको कमी, पशु पोषण आहारको कमी र कृषकमा चेतनाको अभावले कृत्रिम गर्भाधान असफल भएको भएको हुन सक्ने बताउँछन् । गत आर्थिक बर्षमा उपमहानगरपालिकामा गतवर्ष २ हजार ५ सय गाई /भैँसीमा कृत्रिम गर्भाधान गरिएको जनाएको छ । यसवर्ष १ हजार ८ सयमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७ सय गाई तथा भैँसीमा गर्भाधान भइसकेको उनले जानकारी दिए ।
यसरी कृत्रिम गर्भाधान असफल हुनुको प्रमुख कारण सयमा नै किसानहरूले प्राविधिकलाई खबर नहुनु, ठिक समयमा नै पशु प्राविधिकबाट कृत्रिम गर्भाधान कार्य नगरिनुको साथै सिक्स सिमोन राख्दा चाहिने उपयुक्त वातावरण, नाईट्रोजन ग्यास लगायतका अभावको कारण कृत्रिम गर्भाधान असफल भएको हुन सक्ने पशु चिकित्सक बन्जाडेको भनाइ रहेको छ ।
उन्नत जातको पशुमा उन्नत जातको खरिद गरिएको पशु विर्य (सेक्स सिमोन) कृत्रिम रूपमा राख्दा पशुबाट दुध उत्पादन बढ्नुको साथै बाच्छी वा पाडी जन्मीने संभावना करिव ९९ प्रतिशत रहेको वैज्ञानि तथ्यांक छ ।
सोही अनुसार रूपन्देहीको देवदह नगरपालिकाले पनि बाच्ची मात्रै जन्माउने गरी करिब ३ हजार गाई ÷भैसीमा कृत्रिम गार्भाधान गराउने लक्ष्यका साथ अगाडी बढेको छ ।