ट्रेंडिंग:

>> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री
विचार

सुरुङ्ग मार्गको खुसीसंगै सिद्धबाबा मन्दिरको चिन्ता

सुरुङ्गले सिद्धबाबा मन्दिरलाई केही असर त अवश्य पार्छ । किनकी सुरुङ्गको प्रवेशद्वार मन्दिर निकटको चौतारीनेर छ । प्रवेशद्वार फराकिलो त अवश्य चाहिएला । पहिलो चरणमा मन्दिर आँगनका व्यापारिक भवनहरु हटाइने भएको छ । अब मन्दिर सारेर फेरी निर्माण गर्नुपर्ने भयो भने दोभानबासीले अलि फराकिलो र जोखिम मुक्त ठाउँ खोजेर बनाउनु पर्छ ।
३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

तराई र पहाडको संगमस्थल (रुपन्देही र पाल्पाको सिमा) बुटवल–दोभान क्षेत्रमा सिद्धबाबाको स्थान रहेको जनविश्वास छ । यस क्षेत्रमा दुईवटा सिद्धबाबा मन्दिर लोकमा प्रसिद्ध छन् । एउटा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा रहेको छ भने अर्को रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ चिडियाखोलामा रहेको छ । दुबै मन्दिर लोकमा प्रसिद्ध छन् । भक्तजनहरुले यहाँ सिद्धबाबाको निवास रहेको विश्वास गरी श्रद्धापूर्वक पूजा प्रार्थना गर्ने गर्दछन् । वर्षेनी लाखौँ भक्तजन यहाँ आउने गर्दछन् । छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजन आउने गरेको तथ्याङ्क छ । नेपालको विभिन्न भू–भागबाट भक्तजनहरु आउने गर्दछन् । यसै क्षेत्रमा अहिले सिद्धबाबा सुरुङ्ग मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । यो सुरुङ्ग मार्गका कारण पाल्पा दोभान क्षेत्रको सिद्धबाबा मन्दिर विस्थापित हुने हो की भन्ने चासो र चिन्ता बढेको छ । यसै विषयमा चर्चा गर्नु यस लेखको उद्देश्य हो ।

सिद्धबाबा मन्दिर स्थापना कसरी भयो भन्ने सम्बन्धमा सामान्य चर्चा गरौं । बुढापाकाहरुका अनुसार १९९७ सालमा भएको सहिद काण्डपछि राणा प्रधानमन्त्री जुद्ध शमसेरमा बैराग्य उत्पन्न भयो । उनले पाल्पाको अर्गलीमा दरबार बनाई बस्ने अनि हरेक दिन बिहान काली गण्डकीको दर्शन गरी कालीगण्डकीमा स्नान समेत गरी पापमोचन गर्ने उद्देश्य लिए । त्यसको प्रबन्ध मिलाउने जिम्मेवारी स्थानिय प्रशासनको थियो । जुद्ध शमसेरको सवारी चलाउन यस क्षेत्रमा सडकको सुधार तथा प्रबन्ध मिलाउनुपर्ने भयो । बुटवलदेखि नुवाकोटसम्मको उकालो र दोभानसम्मको ओरालो बाटो जुद्ध शमसेरलाई हिंड्न कठिन भएकाले बुटवल–दोभान क्षेत्रमा घोडेटो बाटो निर्माण गरियो । लप्टन प्रतिमान बोहोराको नेतृत्वमा घोडेटो निर्माण कार्य अघि बढ्यो । त्यसक्रममा एकजना साधुले बोहोरालाई बाटोमै बाटो पूरा हुन्छ त भनि सोधेछन् । बोहोराले हुन्छ भनि जवाफ फर्काएछन् । बोहोराले दृष्टि घुमाएर हेर्दा ती साधु अलप भई सकेका रहेछन् । बोहोरालाई ती साधु सिद्धबाबा हुन् भन्ने लागेछ । त्यसपछि एक दिन प्रभातकालमा तिनाउमा डुबुल्की मारी श्रद्धापूर्वक भेटाएको शिलालाई छरछरे झरना भन्दा केही पर खोल्सामा स्थापना गरी सिद्धबाबा मन्दिरको श्रीगणेश बोहोराले गरे । २००२ साल अघिको कुरा हो यो । त्यसपछि घोडेटो निर्बिघ्नतापूर्वक सम्पन्न भएर जुद्ध शमसेरको सवारी पनि निर्बिघ्नतापूर्वक सम्पन्न भयो । २०२७÷२८ सालतिर सिद्धार्थ राजमार्ग निर्माणको क्रममा बोहोराले स्थापना गराएको यो सिद्धबाबाको स्थान नष्ट भयो । यसले काममा केही विघ्न बाधा पनि गराएको जनविश्वास छ । दुर्घटनामा परी केही मजदुरको मृत्यु भएको थियो भन्ने भनाई छ । त्यसपछि २०२७÷२८ सालतिरै पाल्पा दोभानको अहिलेको स्थानको मन्दिर निर्माण गरिएको हो । पहिले लोकले त्यही छरछरे झरना निकटको खोल्सीको सिद्धबाबा स्थानलाई सिद्धबाबाको मन्दिर भनेर पूजा प्रार्थना गर्ने गर्दथे । छोटो समयमा त्यो मन्दिर निकै महिमाशाली बनेको थियो । बुटवल र दोभान दुबै क्षेत्रका मानिसहरु मिलेर संयुक्तरुपमा गुठी पनि राखेका थिए । मिलेर गुठी चलाउँथे । बर्षायाममा चिडियाखोलाको बाढी र माथी भिरबाट ढुङ्गा खस्ने समस्याले गर्दा सुविधायुक्त र पायकस्थल बुटवल चिडियाखोलाको पखेरोमा बुटवल बासीले २०१६ सालको फागु पुर्णिमाको दिन हर्षोल्लासकासाथ बुटवल तर्फको मन्दिर स्थापना गराएका थिए ।

अहिले फेरी पाल्पाको दोभान क्षेत्रमा सिद्धबाबा सुरुङ्ग निर्माण कार्य अघि बढेको छ । यो सुरुङ्गका कारण दोभानको सिद्धबाबा मन्दिर विस्थापित हुन सक्ने समस्या आएको छ । सडक डिभिजन कार्यालय बुटवलका डिभिजनल इन्जिनियर तथा सिद्धबाबा सुरुङ्ग परियोजनाका प्रमुख होमबहादुर एसीका अनुसार दोभानको सिद्धबाबा मन्दिर निकट चौतारीदेखि रामपिथेकस पार्क सम्म कुल १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङ्ग निर्माण हुनेछ । यसमा नेपाल सरकारको रु. ७ अर्ब ३४ करोड लगानी हुनेछ । यसको निर्माणको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेड हो । २०७८ सालको फागुनमा निर्माण सम्झौता भएको यो परियोजना २०८३ फागुनमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजना प्रमुख एसीका अनुसार त्यस अतिरिक्त बुटवल तर्फको सिद्धबाबा मन्दिरदेखि पाल्पा दोभानको सिद्धबाबा मन्दिर भन्दा पाँच सय मिटर अघीसम्म सडक सुधारको काम पनि सम्पन्न गरिने छ । जस अन्तर्गत पहराका खस्न सक्ने संभावित ढुंगाहरु रोक्ने आदि काम गरिनेछ । परियोजना प्रमुख एसीका अनुसार दोभानको सिद्धबाबा मन्दिरको पश्चिमतर्फका व्यापारिक भवनहरु हटाउनु पर्ने भएको छ । मूल मन्दिर तत्कालको लागि हटाउनु नपर्ने हुन सक्छ । यद्यपी परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भई आइसकेको छैन ।

लोकमा यदाकदा भक्तजनहरु वीच दुईवटा सिद्धबाबा मन्दिरहरुमध्ये कुन पुरानो र कसमा सिद्धबाबाको निवास रहेको छ भनि बहस चल्ने गर्दछ । माथि चर्चा गरियो– सिद्धबाबा मन्दिर स्थापनाको सम्बन्धमा । दुबै मन्दिर उत्तिकै महत्वका र महिमाशाली छन् । यहाँ पुजा प्रार्थना गरेपछि मनोकांक्षा सिद्ध हुने गरेको जनविश्वास रही आएको छ । अब सिद्धबाबा को हुन र त्यस क्षेत्रको महिमा के हो भन्ने सम्बन्धमा चर्चा गरौं । बुटवल चिडियाखोलाको पखेरोदेखि दोभान कुहिरे भिरसम्मको सबै क्षेत्र सिद्धबाबा क्षेत्र हो । दोभानको गड्डा गाउँ पनि सिद्धबाबा क्षेत्र हो । अझ विशेषगरी कुहिरे भिर सिद्धबाबा क्षेत्र हो । कुहिरे भिरबाट हरेक दिन विहान कुहिरो जस्तो धँुवा निस्कने गरेको भक्तजनहरु बताउँछन् । यो धँुवा सिद्धबाबाले गाँजा खाएर निस्केको धुँवा वा सिद्धबाबाको शिव धुनीबाट निस्कने गरेको धुँवा हो भन्ने जनविश्वास रही आएको छ । यी प्रमाणिक कुरा होइनन्, रहस्यका कुरा हुन् । खास सिद्धबाबा स्थान दोभानको गड्डा गाउँ नजिकैको जंगलबीचको गुफा हो । यही गुफामा भारत उज्जैनका राजा भर्तृहरिले तपस्या गरी अष्टसिद्धि (ज्ञान) प्राप्त गरेको जनश्रुति छ । भारत वर्ष अन्तर्गत उज्जैनका राजा भर्तृहरिले राजपाट त्यागी सन्यासी भई गोरखपुरमा गोरखनाथबाट दिक्षा लिई उत्तरापन्थतर्फ लागी यहाँ आई तपस्या गरेको जनश्रुती छ । भर्तृहरिले आफ्नो बैराग्य शतकको श्लोक नम्बर ५४ मा लेख्नुभएको छ– “समय–समयमा ऋतु अनुसार आँप आदी मिठा फल खाएर भोक मेटाउन सकिहालिन्छ । प्यास हटाउन पानी पिउनको लागि झरना उपलब्ध छँदैछ । सुत्नको लागी भुँई र लगाउनका निमित्त रुखका बोक्राहरु मनग्य पाइन्छन् । यस्तो स्थितिमा तत्कालै पाइने वा पाउन सकिने धनरुपी मदिरापान गर्ने जस्ता कुमार्गमा आफ्ना इन्द्रिय लगाइ रहने दुष्ट व्यक्तिले गर्ने गरेको अपमानलाई स्वीकार गर्नेतर्फ मेरो कुनै चासो छैन ।” यस्तो विशेषता भएको ठाउँ उक्त गुफा छ । अहिलेपनि गुफासँगै झरना छ । ठाउँ एकान्त छ । यहीँबाट निस्केको झरना हो चर्चित छरछरे झरना । अहिले जंगल घटे पनि पहिले आँप र सुन्तलाका बगैँचा भएको गड्डाका बासिन्दाहरु अनुभव सुनाउँछन् । भर्तृहरिले गोरखनाथबाट शिष्यत्व ग्रहण गरेपछि गोरखपुरदेखि उत्तरापन्थको हिमालय क्षेत्रतर्फ लागेको भन्ने भनाई प्रचलित छ । बुटवल–दोभान क्षेत्र उत्तर र दक्षिण ओहोर दोहोरको दोभान हो । तराई र पहाडको संगम विन्दु हो । त्यसैले यसको नामाकरण दोभान भएको हुनुपर्छ । गोरखपुरदेखि यो स्थान सिधा उत्तरमा अवस्थित छ । यसरी खास सिद्धबाबा स्थल यही गुफा हो । तर, यो गुफामा आउजाउ गर्न सुविधायुक्त बाटो छैन । दोभानको भुतखोलाबाट सिधा उकालो चढी गड्डा गाउँ पुगेर जंगल बीचको गुफामा पुग्न सकिन्छ । सडक छैन । गोरेटो प्रयोग गरी पुग्नुपर्छ । बाटो अप्ठ्यारो भएपनि सजिलैसँग पुग्न सकिन्छ । पाँचवर्षका वालवालिका पनि सजिलै हिंडेर पुग्ने गरेको गड्डाका बासिन्दाहरु बताउँछन् । अहिले गुफा नष्ट हुन थालीसकेको छ । संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ । यसतर्फ कसैको ध्यानाकर्षण भएको पाइदैन । यसको प्रबद्र्धन गर्न सकेमा लाखौ पर्यटक आकर्षित गर्न सकिन्छ । यो सिद्धबाबा क्षेत्र धेरै साधु सन्त र सिद्ध पुरुषहरुको निवास एवं साधनास्थल हो । यहाँको जंगल तथा कुहिरे भिरमा अदृश्य रुपमा धेरै सिद्ध पुरुषहरु साधनारत रहेको जनविश्वास छ । यी प्रमाणिक कुरा होइनन्, रहस्यका कुरा हुन् । यो क्षेत्र महाभारतका पौराणिक पात्र अष्ट चिरञ्जिवी मध्ये एक अस्वत्थमाको पनि तपस्या या निवास स्थल हो भन्ने जनश्रृति समेत छ । ती मध्ये लोकमा बढी प्रचलित सिद्ध भर्तृहरि भए । सिद्धि प्राप्त गरेका बाबा भन्दा भन्दै सिद्धबाबा कहलिए । उनी बस्ने ठाउँ सिद्धबाबा मन्दिर भयो । सिद्धबाबा बुटवल उपमहानगरपालिका–१ स्थित गयाप्रसाद हलुवाईको मिठाइ पसलमा मिठाई खान आउने गरेको र असर्फी भुक्तान गर्ने गरेको तर चेवा गरेपछि आउन छाडेको जनश्रुति पनि छ । यसरी बटौली क्षेत्र पनि सिद्धबाबा क्षेत्र हो ।

सुरुङ्गले सिद्धबाबा मन्दिरलाई केही असर त अवश्य पार्छ । किनकी सुरुङ्गको प्रवेशद्वार मन्दिर निकटको चौतारीनेर छ । प्रवेशद्वार फराकिलो त अवश्य चाहिएला । पहिलो चरणमा मन्दिर आँगनका व्यापारिक भवनहरु हटाइने भएको छ । अब मन्दिर सारेर फेरी निर्माण गर्नुपर्ने भयो भने दोभानबासीले अलि फराकिलो र जोखिम मुक्त ठाउँ खोजेर बनाउनु पर्छ । अहिलेको स्थानमा भक्तजनहरु अडिने ठाउँ छैन । ज्यादै साँघुरो छ । यो मन्दिर दोभान गाउँको विकासको लागि आयको दृष्टिले बरदान सावित भएकोले दोभानबासीले यसको दिगो विकास गर्नेतर्फ योजना बनाउनुपर्छ । दोभानबासीले मेहनतपूर्वक खास सिद्धबाबा स्थल गुफाको संरक्षण र प्रबद्र्धन गर्नुपर्छ । यहीँ नै मानिसहरु आवत जावत गर्ने वातावरण बनाउनु पर्छ । अब केबुलकार निर्माण भएपछि मानिसहरु बसन्तपुर डाँडामा पुग्ने गर्दछन् । बसन्तपुरबाट मानिसहरु गड्डाको गुफा हेर्न आउने वातावरण निर्माण गर्नुपर्छ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission