© २०२३
किर्ते गरि सार्वजनिक जग्गा कम्पनीको नाँउमा विक्रि गर्ने ब्यतिm र कर्मचारीलाई कारवाहीको माग गर्दै नागरिक समाजले अख्तियार दुरुपयोग आयोग बुटवलमा उजुरी दिएको छ । मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा किर्ते कागज गरि यहाँका एक ब्यतिmले वृक्षारोपण भएको सार्वजनिक जग्गा तथा स्थानको जग्गा विकिी्र गरेकोले कारवाहीको माग गर्दै समाजले उजुरी गरेको हो ।
जिल्लाको सरावल गाउपालिका वार्ड नं.१ स्थित दीपक सुनार भन्ने ब्यतिmले साविक तिलकपुर ५ कित्ता नं.२४ को २ विघा १५ कट्ठा २ धर जग्गा लुम्बिनी ग्याँस कम्पनीको नाँउमा विक्रि गरेको खुल्न आए पछि सो बारे स्थानियले मालपोत कार्यलयमा लिखत बदरको माग गरेका थिए । तर त्यसमा कारवाही प्रकृयामा कार्यालयले तदारुकता नदेखाए पछि नागरिक समाजले ति कार्यमा मालपोतका कर्मचारीको समेत मिलोमताो हुन सक्ने भएको दाबी गर्दै मालपोत कार्यालय र संलग्न कर्मचारीलाई पनि अनुसंधान गरि कारवाही प्रकृया अगाडी बढाउनु पर्ने माग गर्दै क्षेत्रिय कार्यालय बुटवलमा उजरी दर्ता गराएको समाजका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
सार्वजनिक जग्गा विक्रि काण्डमा भुमाफियाको ठूलो गिरोह लागेको हुदा कारवाही प्रकृया अगाडी बढाउनमा कर्मचारी माथि दवाव आउने गरेको सुनाउदै उनले भने,कानुनलाई चुनौती दिदै काम गर्ने अपराधीलाई कानुनी दायरामा ल्याउन सकिदैन भने,के को कानुनी राज्य ? अख्तियारले पनि अनुसंधान र कारवाहीमा खुट्टा कमाए चोक चोकमा यस्ता कुराको भण्डाफोर गर्ने आफुले अख्तियारका कर्मचारीलाई जानकारी गराएको छु, भनेर सुनाए । सो जग्गालाई पहिला आफ्नो बनाउनका लागि वार्ड कार्यालयको सिफारिस लिदा किर्ते गरेका छन् । पछि जग्गाको प्रतिलिपि पुर्जा निकालिएको छ । तत्पश्चात प्रतिलिपी पुर्जामा किर्ते गरि कित्ता नं. सच्याइएको छ । सो पुर्जाको आधारमा पुनः वार्ड कार्यालयको सिफारिसको आधार बनाई श्रेष्ता सच्याइएको छ ।
गुल्मि जयखानी ३ स्थाई ठेगाना भएका सुनारले जग्गा किर्ते गरि विक्रि गर्दा रजिष्ट्रेसन फारममा रु.१ करोड १२ लाखमा विक्रि भएको उल्लेख भए पनि उनले आफुले ४ लाख मात्र पाएको बयान दिएका कारण त्यसमा ठूलो गिरोहले काम गरेको अनुमान गर्न सकिन्छ । नवलपरासी वर्दघाट सुस्ता पुर्व गैडाकोट १२ स्थित लुम्बिनी ग्याँस कम्पनीले समेत यो कुरा थाहा पाएर जग्गा हड्पन खोजेको अनुमान लगाउन सकिन्छ । सुनारले पहिला सो सार्वजनिक जग्गालाई आफ्नो बनाउनका लागि २०७४ चैत्र २६ गते साविक तिलकपुर ५ कित्ता नं.१२४ जसको क्षेत्रफल (०—१५—२ ) भएको घरगोठ प्रमाणित कागज लिएका थिए । त्यस पछि २०७५ बैशाख १ गते पुर्जाको प्रतिलिपि सिफारिस पेश गरि घरगोठ बाटो प्रमाणित सिफारिस लिदा त्यसमा त्यो पुर्जामा उनले कित्ता नं.७२४ बाट (७) अंक मिटाएर २४ र जग्गा क्षेत्रफलमा (०) को स्थानमा २ थपेका छन् । यसरी जग्गा को स्वरुप पुर्जामा कित्ता नं.२४ को जग्गा क्षेत्रफल २ विघा १५ कट्ठा २ धुर अर्थात (२—१५—२) धुर हुन पुगेको छ ।
जुन जग्गा २०२४ सालको नापीमा २४ नम्बर कित्ता को २ विघा १५ कट्ठा २धुर (२—१५—२) सार्वजनिक पर्ति भनेर फिल्डबुक र नक्सामा कायम गरिएको छ । यो जग्गा सार्वजनिक भएको हुदा स्थानियबासीले वृक्षारोपण गरि ब्रम्हबाबा सामुदायक बन,केही खेलमैदान र केही जग्गा मुस्लिम समुदायले चियान बनाउन कब्रिस्थानको रुपमा प्रयोग गर्दै आएका छन् । यसरी मालपोत कार्यालयको कर्मचारीको मिलोमतोमा मात्र यो कार्य सम्भव हुने नागरिक समाजको दाबी रहेको छ । जग्गाको श्रेष्तासम्म पहुँच कसरी ब्यतिmको पुग्न सक्छ ? उनले प्रश्न गरे,फाटका कर्मचारी को हो ? कसरी श्रेष्तामा सच्याइएको छ ? र रजिष्ट्रेसनसम्म पनि पास हुन गयो ? ग्याँस कम्पनीका कर्मचारी पुगेर यो जग्गा कम्पनीको हो भनेर भने पछि मात्र स्थानियबासीले सार्वजनिक जग्गा विक्रि भएको कुरा थाहा पाएका थिए । तत्पश्चात मालपोत कार्यालयमा निवेदन दिएका थिए । मालपोत कार्यालयले ढाकछोप गर्न र आफ्नो कर्मचारीको संलग्नता जोगाउनमा लागेको छ । किर्ते गर्ने ब्यतिm प्रहरी नियन्त्रणमा गईसकेका छन् । उनको बयानले मात्र अब सो काण्डामा संलग्न थिए ? खुल्न सक्ने उपाध्यायको भनाई थियो ।