ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

‘सेमलार–मोतिपुर अर्गानिक जोन’

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी बुटवल उपमहानगरपालिका भित्रको मोतिपुर सेमलार क्षेत्रलाई अर्गानिक जोनका रूपमा विकास गरिने जानाएको छ । चालु आर्थिक बर्षमा बुटवल उपमहानगरपालिका कृषि विकास शाखा र पशु पंक्षी विकास शाखाले गरेका र गर्न लागेका कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शिवराज सुवेदीले बुटवलको मुख्य कृषि क्षेत्रको रूपमा रहेका मोतिपुर र सेमलार क्षेत्रलाई अर्गानिक जोनको रूपमा विकास गर्न लागिएको जनाएका हुन् ।
उनले पछिल्लो समयमा विभिन्न व्यक्तिहरूमा विषादी तरकारी र खाद्यान्न उपभोगबाट मृगौला, मुटु, फोक्सो सम्बन्धी समस्या तथा रोग देखिएको भन्दै यसलाई नियन्त्रण गर्नको लागि पनि एउटा क्षेत्रलाई विशेष क्षेत्रको रूपमा विकास गर्न लागिएको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने–‘नयाँ थपिएका तत्कालिन गाविस मोतिपुर र समेलार क्षेत्रलाई अर्गानिक जोनको रूपमा विकास गरौं ।’ उनले थपे–‘जसले गर्दा त्यहाँ अर्गानिक उत्पादन हुन्छ भन्ने थाहा पाएपछि बुटवल सहरको व्यक्ति किसानको घर दैलोमा नै पुगेर कृषि जन्य उत्पादन खरिद गर्न सकोस ।’ अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिकाकी उप –प्रमुख गुमा देवी आचार्यले विषादी रहित खेतीको रूपमा ग्रीन हाउस निर्माण गरी पाईलट प्लानको रूपमा नगरपालिकाले अगाडी बढाएको भन्दै यसलाई निरन्तरता दिनको लागि आफूहरू तयार रहेको बताएकी थिईन् ।
बुटवल–उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानबाट आएका प्रस्तावहरूलाई छलफलको रूपमा विकास गरी एउटा निश्चित योजना बनाएर नगरपालिका अगाडी बढ्ने बताए । यस्तै नगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले किसानहरूको बास्तविक समस्या के हो भन्ने विषयमा पहिचान गरी उनीहरूको उत्थानमा नगरपालिकाले कुनै पनि कमी नराख्ने बताएका थिए ।
नगरपालिका कृषि विकास शाखाले हाल सम्म गरेका कार्यहरू र आगामी दिनमा गर्ने कार्यक्रमको बारमा कृषि विकास शाखा बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले प्रस्तुतीकरण गरेका थिए । उनले बुटवलमा रहेका कृषि तथा पशु सेवा केन्द्रबाट प्रदान गर्दै आएका सेवा तथा सुबिधालाई अझ बढि परिस्कृत गरी अगाडी बढाउने बताएका थिए । यस्तै नगरपालिकाले विग्रीएको बोरिङ्गहरूमर्मत संहार, कृषक पाठशाला सञ्चालन लगायतको योजना बनाएको बताएका थिए । यस्तै किसानहरूको धान धितोमा रखेर सहकारी संस्थामार्फत कार्य गर्नको लागि २ लाख ५० हजार रूपैयाँ रकम समेत विनियोजना गरिएको बताएका थिए ।
कृषि थोक बजारको थप स्तर उन्नती, करेशावारी खेती, करेशाबारी च्याउ विकास कार्यक्रम, मौरी विकास कार्यक्रम, धानको विउमामा अनुदान, गहुँको विकाउमा अनुदान र नयाँ प्रविधिको विकास लगायतका कार्यक्रमहरू यो बर्षको कृषि विकास शाखाले समेटको छ । यस्तै बुटवल उपमहानगरपालिका पशु विकास शाखा प्रमुख पशुपंक्षी विकास अधिकृत झविन्द्र बन्जाडेले उत्पादनमा आधारिक अनुदान दिने, पशु आहार, पशु सेवा विस्तार, कृत्रिम गर्भाधान लगायतका कार्यक्रमहरू यस बर्षको बजेटमा व्यवस्थापन गरिएको जनाएका थिए । यस्तै पशु बधशाला सञ्चालनको लागि योजना अगाडी बढाइएको जानकारी दिँदै उनले घाँस बाल विस्तार सेवा, पशुपन्छी रोग नियन्त्रण सेवा लगायतको सेवा विस्तार गर्ने योजना बनाएको जनाएका थिए । कार्यक्रममा कृषक गोपाल पौडेल, द्ववारीका पौडेल, शिव नेपाल, चन्द्रसिंह थापा, कृषि अगुवा युवा देवराज पोखरेल लगायतले आआफ्नो धारणा राखेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?