ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कहिले मौलाउला मौलाकोट  ?

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

तत्कालीन गाउँपञ्चायत हुँदाका बखतदेखि उप महानगरपालिका बनेको मौलाकोट मौलाउन सकेको छैन । घोराही उपमहानगरपालिका–१३ मौलाकोट अहिले पनि विकाशको पर्खाइमा छ । २०३५ साल माघ १५ गते तत्कालीन सेवार पञ्चायत, त्रिभुवननगर पञ्चायत र हरीद्वार पञ्चायतलाई मिलाएर घोराही नगरपालिका बनेको थियो ।
नगरपालिका बनेपछि मौलाकोट घोराही नगरपालिका वडा नं. ८ मा प¥यो । २०३५ सालदेखि मौलाकोटबासी घोराही नगरपालीकाका बासीन्दा त भए तर उनीहरूको दैनिकी फेरीएन । मौलाकोटसँगै नगरपालीकामा गाभिएका अन्य वडाहरू कति विकसित भए तर मौलाकोटको ब्यथा कसैले सुनेनन् । २०३५ सालदेखि नगरपालिका तथा २०७३ सालदेखि उप महानगरपालिका निर्माण हुँदा सम्मपनि मौलाकोटको मुहार फेरिएन । मोलाकोटको सुन्दरता कसैले देखेनन् । मौलाकोटसम्म पुग्नको लागि कच्ची त्यो पनि ठाडो उकालो बाटो हिँड्नुपर्ने बाध्यता छ त्यहाँका स्थानीयहरूलाई । मौलाकोट उचाईमा भएका कारण पानीको सधै समस्या हुने गरेको स्थानीयहरू बताउँछन् । स्कुल जाने उमेरका स साना वालवालीकाहरू त्यही कच्चीवाटोवाट करिब एक घण्टाको दुरीमा रहेको श्री गणेश प्रावी सेवार बगाले र करिब डेढ घण्टाको दुरीमा रहेको बराह क्षेत्र मावीमा पठाउनु पर्ने बाध्यता मौलाकोटबासीलाई छ ।
सामान्य पूर्वाधारको रूपमा भ्यु टावर र पिकनिक स्पटहरूको निर्माण गर्ने हो भने पर्यटकिय स्थलको रूपमा मौलाकोट चर्चामा आउने देखिन्छ । तर विकासले पछाडि पारेर नाम मात्रको उप महानगरपालिकाबासी बन्नु मौलाकोटबासीको नियति नै भैसकेको छ । पिउने पानीको अभाव हुने मौलाकोटमा सिंचाई सुविधा पनि छैन । बर्षाद्को समयमा केही उब्जाउ भएपनि हिउँदको समयमा जमिन बाँझो नै रहने गरेको छ । चुनावको समयमा गाउँ छिर्ने विकाशका लागि यसो गरिदिन्छौं भन्ने नेताहरूप्रति विश्वास हराउँदै गएको मौलाकोटबासी बसन्ता पुन बताउँछिन् । स्वास्थ्यको पनि उत्तिकै समस्या छ । वडामा रहेको नगर स्वास्थ्य क्लिनिकमा आउन समेत उनीहरूलाई करीव एकघण्टाको समय लाग्ने गर्छ । बाटोको असुबिधा शिक्षा, स्वास्थ्य तथा पानिको समस्याबाट उनीहरूलाई गाउँपञ्चायतकै पालादेखि अहिले सम्म छोडेको छैन । देशमा ठुलाठुला परिवर्तनहरू भए तर मौलाकोट अझै मौलाउन सकेको छैन ।
मौलाकोटको परिचय नामबाटै थाहा पाउन सकिन्छ । मौलाकोटको फेदीमा धार्मिक तथा पर्यटकिय स्थल बराहक्षेत्र मन्दिर रहेको छ । बराह भगवानको पुजा गर्दा मौलाकोटलाई पनि पज्ने गरेको स्थानीयहरू बताउँछन् । उक्त मन्दिरमा आउने आन्तरीक पर्यटकहरू मौलाकोट सम्म पुगेर घोराही वजारको दृष्यावलोकन गरेर फर्कने गर्दछन् । घोराही बजार देखी करीव १० किलोमिटरको दुरीमा रहेको मौलाकोटमा अहिले पिकनिक खान जानेहरू आउने गरेको स्थानीयहरू बताउछन् । सनिवार तथा बिदाको दिन त्यहाँ मानिसहरूको चहलपहल हुन थालेको छ । तर पनि त्यहाँको विकाश विकाश भने कछुवाको गतिमै रहेको छ । मौलाकोटमा अथाह सम्भावनाहरू हुँदा हुँदै पनि आधारभुत पुर्वाधारबाट बन्चित रहेकोले त्यसलाई विकाश गर्नकोलागि अहिले घोराहीको सामाजीक संस्था जेसिजले चासो देखाएको छ । सरकारी पक्षको नजर नपुगेको मौलाकोटलाई विकासगरी जेसीजग्राम बनाउन खोजीएको त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारी बताउँछन् । युवाहरूको संस्था त्रिभुवननगर जेसिजले जेसिज ग्रामको रूपमा विकास गर्ने योजना अगाडी ल्याएपनि बजेट तथा कार्यक्रमहरूको अभाव भएको अध्यक्ष भण्डारीले बताए । मौलाकोटको प्राकृतिक सुन्दरताले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने भएकोले पनि जेसीजग्रामका रूपमा विकाश गर्न खोजीएको उनको भनाई छ ।

दाङ जिल्लाबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसद मन्त्री तथा सभामुखहरूसंग मौलाकोटको विकाशका लागि छलफल गरीएको अध्यक्ष भण्डारीले जानकारी दिए । जेसीजले बनाएको योजना अनुसार मौलाकोटमा भ्यु टावर निर्माण गर्ने, बाटो, विजुली र विद्यालय जस्ता आधारभुत पुर्वाधार तयार पार्नको लागि स्थानिय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने तयारी जेसीजले गरीरहेको छ । मौलाकोटवाट घोराहीको दृष्यावलोकन गर्न सकिने, स्वच्छ तथा कोलाहल मुक्त वातावरण भएकोले पनि त्यहाँको विकाश गर्न जरुरी रहेको उनले बताए । सरकारी निकायको ध्यान नपुगेको बेला त्रिभुवननगर जेसीजले सरकारको ध्यानाकर्षण गराउदा मौलाकोटवासीले केही आशा गरेका छन् ।
सेवार पञ्चायत हुदादेखी घोराही उप महानगरपालिकाबासी हुदासम्मपनि कुनै परिवर्तनको अनुभुति गर्न नपाएको मौलाकोटवासीको भनाइ छ । अहिलेको संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहले थोरै मात्र बजेट विनियोजन गरीदिने हो भने साँच्चिकै मौलाकोटबासीले परिवर्तनको महशुस गर्ने थिए । सम्भावना हुँदाहुँदै पनि सम्बन्धित निकायको आँखा पुग्न नसकेको मौलाकोट परीवर्तनको पर्खाईमा रहेको छ ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?