ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

व्यवसायिक कृषि तर्फ युवाको आकर्षण

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

रूपन्देही जिल्ला गैडहवा गाउँपालिकाका युवाहरू ब्यवसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । कृषिको भण्डार क्षेत्र भनेर चिनिने गैडहवा गाउँपालिका अन्तर्गत वडा नं. ६ र ७ का युवाहरू अहिले ब्यवसायिक तरकारी खेतीमा मस्त देखिन्छन् ।
सुर्यलाल केवट त्यस क्षेत्रका सामान्य युवा मात्र होइनन् उनी वडा नं. ७ का नव निर्वाचित वडा सदस्य पनि हुन् । बैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका उनी राम्रो कमाई नभए पनि आफ्नै गाउँमा गएर कृषि गर्ने सोंचका साथ घर फर्के । घर फर्केसँगै बुवाले गर्दै आएको निर्वाह मुखी कृषिलाई परिमार्जन गरि अहिले व्यवसायिक कृषिमा रमाएका छन् ।
गत बर्षको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएपछि समाज सेवासँगै आफ्नो तरकारी खेतिलाई निरन्तरता दिएका छन् ।
उनीसँगै उनको काममा बुवा, आमा, श्रीमती र दुई बहिनीहरूले पनि सहयोग गर्दै आएका छन् । अहिले घरको सबै परिवार तरकारी खेतिमै ब्यस्त देखिन्छन् । आफ्नो ९ बिघा जग्गा मध्ये २३ कठ्ठामा तरकारी खेति र बाँकीमा धान खेति गरेका केवटले मौसमी तथा बेमौसमी तरकारी खेति गर्दै आएको बताउँछन् । उनको खेतमा अहिले मुला, बोडी, धनिया, प्याज, आलु, भान्टा, टमाटर, सिमी, करेला, गोभी लगायतका तरकारी रहेका छन् ।
उनी मात्र हैन सोही गाउँका चन्द्रजित केवट, बिनोद केवट, बिजय केवट, लालजी केवट, प्रर्सुराम केवट, नन्दलाल केवट लगायत २१ जनाको समूह मिलि १५ हेक्टर भन्दा बढी जग्गालाई तरकारीको पकेट क्षेत्र बनाई काम गरेको केवटले बताए । गत बर्ष ४ लाख बरावरको अनुदान सामग्री, तालिम, बिउ बिजन, पाएका उनीहरूले पकेट क्षेत्र बनाई काम गर्दा आफूहरूलाई काम गर्न उत्साहित बनाएको बताए । यो त उदाहरण मात्रै हो । गैडहवा गाउँपालिका वडा नंं. ७ मै तरकारीमा ५ ओटा पकेट क्षेत्र रहेका छन् । जस्मा यस क्षेत्रका युवाहरूको आकर्षण बढेको देखिन्छ ।
यस क्षेत्रमा उत्पादित तरकारीको मुख्य बजार भनेको बुटवल नै हो । अहिले गैडहवा र बुटवललाई जोड्ने पक्की बाटो बनेसंगै बजारको लागि आफूहरूलाई सहज भएको अर्का कृषक रामबेलास केवट बताउँछन् । दिनभरि तरकारी टिपेर राख्ने र बिहान ४ बजेनै गाडीमा राखेर बुटवल लैजाने गरेको केवट बताउँछन् ।
अन्नको भण्डारणको रूपमा रहेको यस गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ राखेको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?