© २०२३
सैनामैना नगरपालिका वडा नं.२ झारबैरा देखि उत्तर तर्फका बासिन्दा महिनौ दिन देखि नेपाल टेलिकमले बितरण गरेको लेण्डलाई फोन तथा ईन्टरनेट सेवा बन्द हुँदा सञ्चार देखि बन्चित भएका छन् ।
पटक पटक टेलिफोन मर्मतको लागि जानकारी गराउँदा समेत टेलिफोन बनाउने तर्फ ध्यान नगएको गुनासो उनिहरुको छ ।
प्रदेश नं. ५ को राजदानी बुटवल बाट १२ किलो मिटर नजिक रहेको सैनामैनामा महिनौ देखि सञ्चार बाट बन्चित हुदा समेत मर्मत हुन नसक्नु लाजमर्दो भएको स्थानियहरु बताउछन् । प्रदेशको राजदानी नजिकै रहेको सैनामैना नगरपालीकामा समेत मर्मत गर्न यति समय लाग्छ भने अलि बिकट क्षेत्रमा कस्तो होला हालत स्थानियले गुनासो गरे ।
नेपाल टेलिकमको नेट सञ्चालन हुन नसँक्दा बिभिन्न अफिसियल कार्यको लागि डकुमेन्टहरु पठाउन नसकेको रुपन्देही पर्रोहा स्रोत केन्द्र स्रोत ब्यक्ति नारायण पौडेलले बताए । ज्यादै दुःख पाईयो कहिले हो ईन्टरनेट सञ्चालन हुने पत्तै छैन उनले गुनासो गरे ।
उनि मात्र होईनन् सोही स्थानका नारायण पाण्डे, बिकास ज्ञवाली, डिल्लीराज गौतम, नारायण गौतम लगायतको पनि समस्या उस्तै छ ।
नौ दिनदेखि टेलिफोन सञ्चालन नहुदा आफुहरु सञ्चार बाट धेरै टाढा भएको बिकास ज्ञवाली बताउछन् उनले भने ईन्टरनेट बाट बिभिन्न काम गर्नुपर्ने भए पनि महिनौ दिन सम्म ईन्टरनेटमा खराबी आउदा मुर्गिया बजारमा धाउन परेको उनिहरुको समस्या रहेको छ ।
यस बारेमा नेपाल टेलिकम मर्मत केन्द्र मुर्गियामा कार्यरत टेक्निसियन बिनोद रावलले केवल खरावी भएको बताएका छन् । उनले भने टेलिफोनमा प्रयोग हुने मोटो केवल खराबि भएको छ । बुटवल कार्यालयमा पनि उक्त केवल नहुदा मर्मतमा ढिला भएको छ । केबल मगाएका छौ छिट्टै आउने आश्वाशन पाएका छौ अब १÷२ दिनमै टेलिफोन सञ्चालन गर्ने छौ ।