© २०२३
बुटवल । बुटवल टुडेका सम्पादक कृष्ण मल्लले आफूले प्राप्त गरेको राष्ट्यि शिक्षा पत्रकारिता पुरस्कारको रकम बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीलाई हस्तान्तरण गरेका छन । नेपाल सरकार शिक्षा विभाग र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको संयुक्त आयोजनामा शिक्षा पत्रकारिता पुरस्कार स्थापना भएको हो ।
आईतवार उपममेयर गुमादेवी आचार्य, शिक्षा शाखाका प्रमुख लोकराज पन्थी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, बुटवल टुडेका प्रवन्ध संचालक एवं प्रवन्ध सम्पादक नवराज कुंवर लगायतको उपस्थितिमा ५१ हजार रुपैयाको चेक मेयर सुवेदीलाई हस्तान्तरण गरिएको हो । मेयर सुवेदीले शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा सम्पादक मल्ललाई बधाई दिदै छात्रवृत्ति कोष स्थापनाले शैक्षिक उन्ननयनमा अझै टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शिक्षा शाखाका प्रमुख लोकराज पन्थीले छात्रवृत्तिको कार्यविधि बनाएर बुटवल माविमा छात्रवृत्ति अक्षयकोषको रकम हस्तान्तरण गरिने जानकारी दिए । सम्पादक मल्लले स्व. पुत्रि प्रकृतिको स्मृतीमा बुटवल माविमा छात्रवृत्ति कोष बनाउन चाहेका छन । सोही अनुसार नगरपालिकाले कार्यविधि बनाएर छात्रवृत्ति अक्षयकोष हस्तान्तरण गर्ने छ ।