ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

उत्कृष्ठ बनहरुलाई प्रोत्साहन पुरस्कार प्रदान

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

 जिल्ला बन कार्यालय कपिलवस्तुले विभिन्न क्षेत्रमा बन तथा वातावरण प्रर्बद्धन गर्नेहरुलाई पुरस्कृत गरेको छ । बार्षिक निति कार्यक्रम अनुसार कार्यालयले जिल्लाका सामुदायिक, साझेदारी र निजी बन तथा सम्र्बद्धनमा सहयोग गर्नेहरुलाई पुरस्कृत गरेको हो । कार्यालयले १ लाख राशीको निजी बन प्रोत्साहन पुरस्कार दोहनी तकिहजाका अखिलेश्वर श्रीवास्तवलाई दिएको छ । खेतीयोग्य जमिनमा शिचाई अभाव भएपछि ४ बर्ष अघि श्रीवास्तवले आफ्नो ३ विगहा पक्की जग्गामा मसला , सगुन, लहरेपिपल जातको रुख लगाउनुभएको थियो । यसै गरि बुद्धभूमी नगरपालिका १ का नारायण प्रसाद बन्जाडेलाई ८० हजार राशीको दोश्रो निजी बन प्रर्बद्धन पुरस्कार र ७० हजार राशीको तेश्रो पुरस्कार निजी बन धनी पंचम अहिरलाई प्रदान गरिएको छ ।
बन कार्यालयले पहिलोपटक बैज्ञानिक बन ब्यबस्थापन लागु भएका, चुरे संरक्षणमा उल्लेखनिय योगदान गरेका र आगलागी तथा बन डढेलो सहित अतिक्रमण व्यवस्थापन गरेका सामुदायिक बनहरुलाई समेत पुरस्कृत गरेको छ । बन डढेलो र अतिक्रमण व्यवस्थापन तर्फ सामुदायिक वनहरुमा पहिलो देउराली सामुदायिक वन बुद्धभुमि ३ भएको छ । दोस्रो जोडमहुवा सामुदायिक वन उपभोक्ता समिति र तेस्रो भृकुटी सामुदायिक वन, महेन्द्रकोट लाई पुरस्कृत गरिएको हो । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १६ हजार, १४ हजार, १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसै गरि बैज्ञानिक बन व्यवस्थापन लागू गरेका बन मध्ये बिरपुर जनकल्याण सामुदायिक बन पहिलो भएको छ । दोस्रो बैजलपुर र तेस्रो एकिकृत सुरही सामुदायिक बन भएको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ६ हजार, र ४ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । चुरेतर्फ उत्कृष्ट बन तर्फ शिवमन्दिर प्रथम, कपिलमुनि दोस्रो र मधुवन तेस्रो भएका छन् । यसै गरि बन तथा बातावरण प्रर्बद्धनमा समुदायको भूमिका विषयक माध्यमिक बिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा उत्कृष्टलाई समेत सम्मान गरिएको छ । प्रथम स्थान हासिल गर्ने नेपाल राष्टिय माबि रनगाईका सन्तोष बिश्वकर्मा, दोस्रो स्थान हासिल गर्ने सिद्यार्थ स्मारक माबिका साधना भुसाल र तेस्रो स्थान हासिल गर्ने आस्था घिमिरेलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?