© २०२३
मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुको १०औं साधारणसभा सोमबार चन्द्रौटामा सम्पन्न भएको छ । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वरोजगारका लागि मौरीपालन व्यवसाय अति नै उपयोगी रहेकोमा जोड दिए ।
जिल्ला अध्यक्ष मोहन अधिकारी ले पर्यावरणका लागि मौरी अति नै लाभदायक भएकाले मौरीमा लगानी गर्नुपर्नेमा जोड दिए । यसतर्फ खटेर लाग्ने हो भने माछाको पहिचान बनेझैं मौरीपालन गरी प्रशस्त मह उत्पादन गरी मह निर्यात गर्ने जिल्लाको पहिचान कायम गर्न आफूले पनि भरपूर सघाउने उनले आश्वासन समेत दिए ।
कार्यक्रममा नेपाल मौरीपालक महासंघ प्रदेश ५ का अध्यक्ष रामहरि शर्माले कपिलवस्तुलाई मौरी तथा मौरीपालनबाट हुने फाइदाको बारेमा जानकारी गराएका थिए । यसैगरी कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, कपिलवस्तु कृषि ज्ञानकेन्द्रका प्रतिनिधि प्राविधिक सहायक विनोद कुमार श्रीवास्तव, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, शिवराज नगरपालिका कृषिशाखा प्रम्ुख सुजिता शर्मा लगायतले मौरीपालन तर्फ लाग्न कृषकहरूलाई उत्साहित गरेका थिए ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष मोहन अधिकारीले आगामी योजना प्रस्तुत गरेका थिए भने लिलापति घिमिरेले प्रगति प्रतिबेदन र सीता पोख्रेलले ४४ हजार ५ सय ७५ रूपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए