ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

एक हजार पशुमा कृत्रिम गर्भाधानको योजना

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

बुटवलदुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षमा थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने भएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडी बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ । एउटा डोजको न्युतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो ।
मेयर खत्री भन्छन्–‘किसानले लगानी अनुसारको आम्दानी गर्न सकेका छैनन्, लगानी न्युनीकरण आम्दानी ज्याद बनाउनको लागि हामीले घाँसमा आधारित पशुपालन र पशुमा नस्ल सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढाएका छौं ।’
बार्षिक रुपमा देवदह नगरपालिका भित्र किसानहरुले करिव ३० करोड रुपैयाँ बरबारको आम्दानी दुधबाट मात्रै गर्दै आएका छन् । जुन रकम उत्पादन भएको दुधको केही प्रतिशत मात्र हो ।
सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने संभावना ९९ प्रतिशत रहेको छ ।
नेपाल सरकारले केही समय देखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले आफै यसको थालनी गर्न लागेको हो । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर अहिले पहिलो चरणमा १ हजार गाई मा कृत्रिम गर्भधान गराउने योजना अगाडी बढाइएको हो । मेयर खत्रीका अनुसार पशुधन विमामा मा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैसी, पाडा वा हाँस जे मा पनि किसानले विमा गरेर आएमा त्यसको ५० प्रतिशत मिम्रियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत बर्ष नगरपालिका भित्र करिव ४ हजार पशुमा पशुधन विमा गरिएको थियो ।
कृषिमा आत्र्मनिभएर भएपनि किसानले उत्पादन गरेको दुध विक्रि वितरण उचित समयमा नहुँदा किसानहरु मारमा परेको गुनासोको आधारमा किसानले उत्पादन गरेको दुधलाई मिल्क पाउडर बनाएर विक्री गर्ने उद्योगको लागि समेत पहल गरिएको मेयर खत्रीको भनाई रहेको छ । यसको लागि प्रदेश सरकार संग आवश्यक छलफल गरि मिल्कीङ्ग पाउण्डर प्लान्ट देवदहमा नै सञ्चालन गर्र्नको लागि पटक पटक आग्रह गरिएको मेयर खत्रीले जानकारी दिए ।
मेयर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडी बढाएको छ । वास्तविक किसान परिहचान गरी अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारण अगाडी बढाइएको हो । किसानले पाएका विभिन्न सेवा सुविधाहरुलाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडी बढाइने मेयर खत्रीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?