ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

डस्ला नि सर्पले !

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

बुटवल गर्मीयाममा सर्पहरू जमिन मुनिबाट बाहिर निस्कन्छन् । यो समयमा सर्पको डसाईबाट धेरैले ज्यान समेत गुमाउने गर्दछन् । समयमै सर्पले टोकेको जानकारी नपाउने पाइहाले पनि समयै उपचार नपाउने जस्ता समस्याले गर्दा ज्यान जानेको संख्या धेरै हुने गर्दछ । प्रायजसो साँझ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरमा समेत आउने गर्छन् ।

मानिस देखि सर्प डराउँछन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन भन्ने गरिन्छ । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा, छोइएमा प्रत्याक्रमण रुवरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउँदा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउ रुवरूप निदाएको मानिसलाई टोकिदिन्छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक वर्ष २०७१ ÷७२ सामान्य सर्पको डसाईबाट ३१२ जना विशालु सर्पको डसाई १२३ जना बिरामी उपचारका लागि भर्ना भएको अस्पतालका सुपरिटेन्डन लक्ष्मीराज रेग्मीले जानकारी दिए । त्यस मध्ये मृत्यू २ जनाको मृत्यु भएके थियो । त्यसै गरी आर्थिक वर्ष २०७२÷७३ सामान्य सर्पको डसाई १३१३,विशालु सर्पको डसाई १४९ उपचारका लागि आएकोमा १३ जनाको उपचारको क्रममा मृत्यू भएको थियो । २०७१ ÷७२को तुलनामा यस वर्ष मृत्यू हुनेको संख्या धेरै रहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ विशालु सर्पको डसाई १५५,सामान्य सर्पको डसाई –१२७७ रहेको छ । यो वर्ष १९ जनाको मृत्यू भएको छ । धेरैको उपचार गर्न समयमै नआउनाले मृत्यू हुने गरेको रेग्मीले बताए । यो आर्थिक वर्ष २०७४ ÷७५सामान्य सर्पको डसाई १२४५,विशालु सर्पको डसाई १३६, र मृत्यू हुनेको संख्या ११ पुगिसकेको छ ।पुरानो तथाङ्गकलाई हेर्दा यो वर्षसर्पको डसाईबाट मृत्यू हुनेको संख्या बढ्न सक्ने रेग्मीले बताए । उनले वर्षयाम शुरु भए लगतै दैनिक रुपमा सर्पदशंका बिरामीको चाप बढ्न थालेको बताए ।

सर्पदशंको उपचार हुने भैरहवाको भीम अस्पतालमा आर्थिक वर्ष २०७२÷७३सामन्य सर्पको डसाइका कारण उपचार गर्न आउनेको संख्या १०हजार ८० रहेको थियो । त्यस मध्ये विशालु सर्पको डसाइले ३६ जनालाई टोकेको थियो । उपचारमा आएका मध्ये ६ जनाको मृत्यू र ६ जनालाई अन्यत्र उपचारका लागि पठाइएको अस्पतालका सुचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए । त्यसै गरी आर्थिक वर्ष २०७३÷७४सामान्य सर्पले ८९५ जनालाई , विशालु सर्पले ३२जनालाई डसेका मध्ये २ जनाको मृत्यू र ९ जनालाई उपचारका लागि अञ्चल अस्पताल बुटवलमा पठाईको थियो । आर्थिक वर्ष ७४÷७५ मा सामान्य सर्पको ८ सय ७३ जनालाई, विशालुले जनालाई ३० डसेको छ । त्यस मध्ये १४जनालाई अन्यत्र उपचारका लागि पठाईएको अधिकृत ज्ञवालीले बताए ।

विषालु सर्पको टाउकोमा विषग्रन्थि हुन्छ । विषालु सर्पका मुखमा दाह्रा जस्तै दाँत हुन्छ । जब सर्पले कसैलाई डस्छ उक्त विष विशेष दाँत मार्फत रक्त सञ्चारमा पुग्छ । सर्पको विषको प्रकृति हेरी यसले रक्तसञ्चार प्रणाली वा स्नायु प्रणालीमा आघात पुयाउँछ । त्यस लगतै उपचार बेलैमा हुन नसकेमा मानिसको मृत्यु हुन्छ ।

दाङमा सर्प दंस उपचार केन्द्र नभएको तर भ्याक्सिन दिने काम भने तिन अस्पतालले गर्दै आएको जन स्वास्थ्य कार्यालय दाङका सुचना अधिकृत मदन पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार जटिल किसीमका सर्प दंसका बिरामीलाई जिल्ला बाहीर रिफर गर्ने गरीएको छ । दाङ्गको राप्ती उपक्षेत्रिय अस्पताल लमही अस्पतालमा सर्प दशंको प्राथमिक उपचार मात्र हुने गर्दछ । विशालु सर्पले डसेका बिरामीहरुलाई आइसीयुमा राखेर उपचार गर्नु पर्ने तर आइसिय अभावले गर्दा बिरामीलाई बुटवल र नेपालगञ्ज सिफारिस गर्नु परेको अस्पतालले बताएको छ ।

राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा आर्थीक वर्ष २०७३÷०७४ मा ९ उपचार, ३ रिफर र आर्थीक वर्ष २०७४÷०७५ मा ११ उपचार, २ रिफर, १ मृत्यु भएको सुचना अधिकृत अब्दुल मारु खानले जानकारी दिए । लमही हस्पिटल लमहीमा आर्थीक वर्ष २०७३÷०७४ मा ३१ उपाचार २०७४÷०७५ को अहिले सम्म १६ उपचार भएको सुचना अधिकृत सरस्वति श्रेष्ठले जानकारी दिईन् ।

राप्ति अञ्चल अस्पताल तुलसीपुरमा भने सर्प दंशका बिरामीको मात्रै रेकर्ड नराखीएको अस्पतालका नायब सुब्बा नबेन्द्र गिरीले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा सर्प दशं र पोईजनका बिरामी बिषयुक्त हुने भएकाले दुवैलाई बिषयुक्त बिरामीको रेकर्डमा राखीएको छ । सर्प दंस र पोईजनका १ सय २१ जना बिरामी उपचारका लागी २०७४ मा राप्ति अञ्चल अस्पतालमा आएको उनले बताए । जसमध्य १७ जनाको रिफर गरीएको रेकर्ड अस्पतालमा रहेको गिरीले जानकारी दिएका छन् । उनका अनुसार २०७५ मा ११ जना सर्प दंसका बिरामी अस्पतालमा उपचारका लागी आएका छन् ।

कपिलबस्तु सर्पदशं उपचार केन्द्रमा पनि वर्षयाम शुरु भए लगतै सर्पदशंका बिरामीको चाप हवतै बढ्ने गरेको छ । यस उपचार केन्द्रमा दाङ्ग, प्यूठान,रोल्पा, अर्घाखाची,रोल्पा,का बिरामी धेरै आउने गर्दछन् । समयमा उपचारका लागि आउन नसक्दा धेरै बिरामीको ज्यान जाने गरेको सुचना अधिकारी नविन भण्डारीले बताए । नवलपरासे जिल्लामा सर्पदंशका घटना बढे पनि जिल्ला पृथ्वी चन्द अस्पतालमा उपचार सेवा नभए पछि विरामी प्राथमिक उपचार गराई जिल्ला बाहिर जान परेको छ । १५ सैयाको अस्पतालबाट अपग्रेड भई ५१ सैयाको भए पनि अस्पतालमा सर्प दंश उपचार सेवालाई प्रभावकारी नबनाए पछि अस्पतालमा आउने विरामी बुटवल, भैरहवा, त्रिवेणीस्थित सैनिक ब्यारेक र भारतको गोरखपुर लैजान परेको हो ।
अस्पतालको मेडिकल रेकर्ड अनुसार प्राथमिक उपचारका लागि गत आर्थिक बर्ष २०७३÷०७४ मा कुल ३ सय १८ जना उपचार गराउन आएका थिए । तर १० जना बिरामीलाई मात्र एण्टी स्नेक औषधीको गरि रिफर गरिएको थियो । त्यसैगरि चाल आर्थिक बर्ष २०७४÷०७५को हालसम्म कुल २ सय ६६ जना सर्प डसेर आएका मध्ये १५ जनालाई औषधी गरि रिफर गरिएको तथ्याँक छ । अस्पताल विरामीहरु पूर्ण रुपमा निको भएर गएको उदाहरण छैन् । तर यहाँ उपचारका लागि आउने विरामी नै आफै बाहिर लैजाने गरेको आकस्मीक कक्षकी स्वास्थ्यकर्मी गायत्री यादवले बताईन् । उनका अनुसार अस्पतालमा सर्पदंशका विरामीलाई एण्टी स्नेक भेनम मौज्दात राखिएको छ । तर विरामी नै अस्पतालमा बस्न चाहदैनन् । एकै छिनमा बाहिर लैजान्छु भनेर भने पछि रिफर गर्न परेको उनको भनाई थियो ।

कालीगण्डकी अस्पताल कावासोती यस क्षेत्रमा सर्पदशंको उपचार भए पनि आइसियुको व्यवस्था नहुदा बिरामीलाई बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा छविलाल थापाले बताए । नेपालगञ्ज अञ्चल अस्पतालमा पनि सर्पदशंको उपचार हुने गर्दछ । यो अस्पतालमा पाँच नं प्रदेशका बाके बर्दिया, दाङ,पश्चिम रुकुम प्यूठानका साथै बर्णली प्रदेश र प्रदेश ७ बाट पनि उपचारका लागि बिरामी आउने गर्दछन् । यो आर्थिक वर्षमा यस अस्पतालमा एक चार वाषर््िाय बालक सहित ९ जनाको मृत्यू भएको अस्पतालमा कार्यरत डा कृण्णप्रसाद आचार्यले जानकारी दिए । गत वर्ष जम्मा २ जनाको मृत्यू भएको यस अस्पतालमा अहिले ९ जनाको मृत्यू भई सकेको छ ।

विषालु सर्पले टोकेका बेला सामान्यतया करीब १५ मिनट पछि टोकेका ठाउँमा दुइटा वा एउटा मात्रै दाँत गडेको चिन्ह देखिन्छ ।सर्प ले टोकेको ठाउँ को छाला को रंग रातो देखिन्छ र एकदमै पीडादायी हुन्छ ।पसिना आउन तर्था याल निःकन शुरु हुन्छ टोकेको ठाउँ संवेदनहीन हुँदै जान्छ । कुनै पनि वस्तु निल्न गाह्रो हुन्छ ।ओठ र जिब्रो नीला देखिन थाल्छन् ।दृष्टि कमजोर हुँदै जान्छ । आँखा अगाडीका दृश्यहरु धमिला देखिन थाल्छन् ।

नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्रीहरूको अनुमान छ । संसारमा पाइने करिब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन् । अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन् । नेपालमा पाईने सर्प मध्ये २१ प्रजाति मात्र विषालु हुन्छन् । अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन् । त्यसैले सर्प देख्नासाथ त्रसित हुनु आवश्यक छैन तर सतर्क भने हुनु भने जरुरी छ ।

‘सर्पदंश जनस्वास्थ्य समस्या हो’

डा. कृष्णप्रसाद आचार्य
भेरी अन्चल अस्पताल

—सर्पदंशका कारण वर्षेनी धेरै नागरिकले अकालमा ज्यान गुमाउनु भएको छ । यो समस्या हट्ने होइन झन् बढ्दै गएको पाएको छु । तर राज्यले यसलाई रोक्नका लागी चासो दिएको छैन । सर्पदंशलाई त जनस्वास्थ्यको समस्याका रुपमा हेरेकै छैन । अमुख कारणले कोही मानिस मरेपछि त्यसलाई जनस्वास्थ्य समस्याका रुपमा हेरेर राज्यले नियन्त्रणको उपाय खोज्छ । तर सर्पदशंको अहिलेसम्म त्यस्तो केही गरेको छैन । आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तह मध्ये जुनसुकै सरकारले सर्पदशंलाई जनस्वास्थ्यको समस्याका रुपमा हेरेर रोक्ने उपायको खोजि गर्नुपर्छ । आमनागरिकलाई सर्पबाट जोगिन उपाय सिकाउन सकिन्छ । सर्पलाई नजिक आउन नदिने बिभिन्न उपायको खोजि गर्र्नुपर्छ । केही गरी सर्पले टोकिहाले कसरी छिटो अस्पतालमा पु¥याएर बिरामीलाई अकाल मृत्युबाट जोगाउने भन्ने बिषयमा सोच्न सकिन्छ ।
भेरी अन्चल अस्पताल रेफर अस्पताल हो । यहां अन्य बिरामी जस्तै सर्पदशंका बिरामी समेत रेफर भएर आउँछन् । पश्चिम नेपालकै एक मात्र सर्पदशंको अस्पताल हो भन्दा फरक पर्दैन । यहाँ दुरदराजका बिरामी आउछन् । बैशाखदेखि भदौससम्म धेरै बिरामी आएका छन् । यसलाई सिजन भन्दा पनि फरक पर्दैन । गर्मी र पानी पर्ने भएकाले यस समय सर्प बाहिर निस्किन्छन् र उभानो ठाउँको खोजीमा हाम्रो बिस्तारा वा भान्सासम्म आईपुग्छन् । सर्प सबै बिशालु नहुन सक्छन् । सर्पले टोकेका सबै बिरामी समयमै अस्पताल आउने हो भने अकाल मृत्युबाट जोगाउन सकिन्छ । तर गाउँबाट धेरै किलोमिटर परको अस्पतालसम्म आईपुग्दा धेरै समय बितिसकेको हुन्छ, त्यस्तो अवस्थामा बिरामीको ज्यान जान्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?