© २०२३
सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँ, च्याउ र आलुको बिउ उपलब्ध गराएको छ । मुर्गिया स्थित कृषि सेवा केन्द्रबाट किसानहरुलाई बिउ उपलब्ध गराएको छ । कृषकलाई बिउबिजन सहज र सर्वशुलभ तरिकाले उपलब्ध होस भन्ने उद्देश्यले सिजन अनुसारको बिउ कृषकहरुलाई नगरपालिकाले अनुदानमा उपलब्ध गराउँदै आएको सैनामैना नगरपलिकाका प्रमुख चित्र ब.कार्कीले बताए ।
करिब ७० क्विन्टल गहँुको बिउ, करिब १ हजार पोका च्याउको बिउ र बिउ बृद्धिका लागी टिििपएस र पिविएस जातका आलुको बिउ ५० प्रतिशत अनुदानमा बितरण गरिरहेको कृषि कार्यालयका प्राविधि सहायक शुसिल खरेलले जानकारी दिए । ५० प्रतिशत अनुदानमा बिउ बिजन नगरपालिकाले उपलब्ध गराएपछि आफूहरुलाई धेरै राहत र सहज भएको किसानहरुले बताएका छन् ।