ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

चुसेर उपचारः अन्धविश्वास की बाध्यता ?

३२ असार २०७५, सोमबार
३२ असार २०७५, सोमबार

घोराही उप महानगरपालीका १४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीय जानकारको सल्लाहमा उनलाई चुसेर बिष निकाल्ने बिधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आईपुग्दासम्म मोतिको शरीरमा विष चढिसकेको थियो । सवै विधि पु¥याएर दुई जनाले लगातार ५ घण्टा चुसेपछि मोतीको ज्यान बच्यो ।
समाजमा अहिले पनि मोतीलाई जस्तै सर्पले टोकेको विरामीलाई बैद्यहरुकै उपचारले सञ्चो हुन्छ भन्ने विश्वास छ । सरकारी अस्पतालहरुको तथ्याङ्क हेर्ने हो भने पनि सर्पले टोकेका विरामीहरु न्युन मात्रै आउने गरेको देखीन्छ । तर बैद्यहरुसँग उपचार गराउनेको संख्या अस्पतालको तुलनामा धेरै छ ।
घोराही उप महानगरपालीका १० नारायणपुरका कमल पौडेल पेशाले शिक्षक हुन् । उनले २०४३ सालदेखी सर्पले टोकेका विरामीहरुको उपचार गर्दै आईरहेका छन् । उनीकहाँ सालभरीमा कम्तीमा एक सयको हाराहारीमा सर्पले टोकेका विरामीहरु उपचारका लागि आउने गर्दछन् । २०४३ सालमा दशैको नवदुर्गामा सर्पले टोकेका विरामीलाई उपचार गर्ने भनेर भालुवाङका शाहविर खानसंग चुसेर विष निकाल्ने विधि सीकेका पौडेलले अहिले सम्म निरन्तर उपचारमा लागिरहेका छन् । उमेर ढल्कदै जादा उनले उपचार गर्ने विधि गाँउका १६ जना युवालाई समेत सीकाएको बताउछन् ।
खाली मुखले चुसेर विष निकाल्दा सुरुसुरुमा हल्का विष लागेको जस्तो भएपनि पटकपटकको चुसाईपछि विष पनि नलाग्ने उनको भनाई छ । आज भन्दा २÷३ वर्ष अगाडिको कुरा हो तुलसीपुर अञ्चल अस्पतालले मृत घोषणा गरेकोलाई उनको परीवारले बचाउन सकिने आशमा पौडेलको घर नारायणपुर लिएर आए । नाडि छाम्दा पल्स कत्तीपनि थिएन । ‘एउटा आशा लिएर आएको लाई निराश बनाउनुभन्दा प्रयाश गर्नु उचित संझेर चेलाहरुका साथमा चुस्न सुरु गर्यौ । लगातार १० घण्टा चुस्दा अंग प्रत्यङ्गहरु सल्वलाउन थाले । मरेको मान्छे जाग्यो भन्दै हल्ला भयो,’ उनले भने,पछि पुलीस आएर हामिलाई उपचार गर्न नदिएर लग्यो । पछि नेपालगञ्ज लगेर एक महिनाको अस्पतालको उपचार पछि उनी घर फर्किए । पछि उनको छोरो आएर धन्यवाद समेत दिएका थिए ।’
विष चुस्ने प्रकृयाका वारेमा पौडेलले त्यति विस्तारमा बताउन चाहेनन् । उनका अनुसार विरामीलाई पश्चिम फर्काएर वसाउने, धुप वालेर चुस्ने समुहका व्यक्तिहरुले मन्त्र जप गर्ने, चुस्ने व्यक्ति र विरामीको विचमा अरु प्रवेश नगरुन् भन्नका निमित्त गोल घेरा वनाई एरीया बाध्ने र चुस्न सुरु गर्ने प्रकृया हुने गर्दछ । सर्पले टोकेको विरामी कति समयपछि आएको छ त्यति नै समय लाग्ने पौडेलको भनाई छ । विष चुस्दा शरीरमा विष रहदा सम्म मात्र चुस्न सकिन्छ । विष सकियो भने चुस्ने व्यक्तिलाई विरामीको शरीरले नै हुत्याउने गरेको पौडेलले बताए । सर्पले टोक्दा दाँत समेत झरेको चुस्दा भेटिने पौडेलले बताए । दाङमा प्रायः गराईच र डुमिनी सर्पले डसेका बिरामीहरु नै आउने गरेको पौडेलको भनाई छ । डुमिनि सर्पको विष मानिसको सरीरमा तुरुन्तै र गराईचको विष एक घण्टा पछि मात्रै शरीरमा चढ्ने पौडेलले बताए । चुसेर उपचार गर्ने विधि प्रत्येक वर्षको नवदुर्गामा सीकाउने गरेको पौडेल बताउछन् । अहिले चुसेर विष निकाल्ने बैद्यहरु पनि समाजमा धेरै नै छन् । “केहीले उपचार पछि तोकेर पैसा लिने गरेकाछन् तर मैले सिकाएका गाँउका चेलाहरुलाई तोकेर पैसा लिन दिएको छैन” पौडेलले भने ।
घोराही उप महानगरपालीका ६ बचाहाका भिमप्रसाद खनालले पनि सर्पले डसेका बिरामीको उपचार गर्न थालेको १० वर्ष भयो । खनालका उनुसार यो बंगाली विद्या हो । जसअनुसार देवी भगवतीको आराधना गरेर कन्याले बनाएको शुनपानीले सुद्ध भएर मन्त्रोच्चारण गर्दै बिरामीको शरीरमा बनेको घाउमा चुसेर विष निकाल्ने गरीन्छ । दाङका अस्पतालले नेपालगञ्ज रीफर गरेका विरामीहरु पनि आफुकहाँ आएर उपचार पछि निको भएको उनको भनाई छ । अस्पतालले गर्ने उपचारमा एन्टिस्नेक ईन्जेक्सन दिएर सलाईन दिने गरेका कारण ईन्जेक्सनले काम नगर्दै विष फैलने खनालको भनाई छ । “हाम्रो उपचार पद्धतीमा टोकेको ठाँउवाट चुस्ने भएकोले सवै विष निकालीन्छ र विरामीले चाडै आराम पाउने भएकोले पनि सर्पले टोकेका विरामीहरुले बैद्य रोज्ने गरेका छन्” खनालले भने । घोराही उप महानगरपालीका ५ धारापानीका तुलसीराम आलेको छोरीलाई सर्पले टोक्यो उनीहरु पनि पहिला अस्पताल गए । तर कसले यता सीकाईदिएछ र उनी हामी कहाँ आए । त्यतिवेला सम्म उनको छोरीको शरीरमा बिष चढिसकेको थियो । उनकी छोरी दुई जीउकी थिईन् । बच्चालाई बचाउन सकिन्न तर छोरीलाई सम्म कोषिस गर्छौ भने पछि तुलसीराम आले मञ्जुर भए । ५ घण्टा लामो प्रयास पछि उनकी छोरीले आँखा खोलीन् । पुरानो घटना स्मरण गर्दै भिमप्रसाद खनालले भने ।
यता घोराही उप महानगरपालीका वार्ड नं ६ का केही वैद्यहरुको उपचार विधि भने फरक छ । उनीहरुले सर्पले डसेको विरामीलाई स्थानीयस्तरमा नै पाईने जडिवुटिको लेप लगाई उपचार गर्ने गरेको बताउछन् । घोराही उप महानगरपालीका ६ का पदमप्रसाद अधिकारीले पनि सर्पले टोकेका बिरामीलाई उपचार गर्न थालेको पनि ३३ वर्ष पुग्यो । सर्पले टोकेको विरामीलाई उनले गाँउघरमै पाईने जडिवुटि घाउमा लगाईदिने र त्यहि जडिवुटिको रस पिउन दिएर उपचार गर्ने गरेका छन् । अहिलेसम्म उनले पनि लगभग दुई हजार जतिलाई उपचार गरेको बताउछन् । उनले उपचार गरेका सवै सफल भएको उनको भनाई छ । “धारापानी मन्दीर छेउछाउको जंगलमा पाईने एक प्रकारको जडिवुटि एन्टीस्नेक भ्याक्सिन हो त्यसले नै उपचार गर्दै आएको छु” अधिकारीले भने । बुढेसकाल लागेकोले जंगल पुग्न कठिनाई हुने भएकोले उनले त्यो जडिवुटि घरको करेशावारीमा रोपेकाछन् । “अहिलेसम्म उपचार गरेकाहरु सञ्चो भएकोले जडिवुटिले काम गर्ने म मा विश्वास छ” अधिकारीले भने ।
बैध कहाँ होइन अस्पताल आउनुस
राप्ति उप क्षेत्रिय अस्पताल घोराही निमित्त मेसु जनार्दन पन्थीका अनुसार चुसेर बिष निकाल्छु भन्नेले समाजमा भ्रम पैदा गरीदिएको बताउछन् । पन्थिका अनुसार सर्पले टोकेको विरामी दुई कारणले मर्ने गर्दछ । पहिलो मानसीकताले र दोस्रो बिषले । मानसीकताले मर्ने विरामीलाई समाज तथा घर परीवारले नै पहिला काउन्सीलिङ गर्नु पर्दछ । तर बिष शरीरमा फैलिएर मर्ने भनेको ढिला अस्पताल ल्याउनु नै हो भन्छन् उनी । “एन्टीस्नेक भाईल नै विष मार्ने अचुक उपाय हो भने अली सीरीयसलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा सफल भएका छन्” पन्थीले भने । अहिले पनि उप क्षेत्रिय अस्पतालमा एन्टिस्नेक भाईल प्रसस्त मात्रामा रहेको पन्थिले जानकारी दिए । सर्पले टोक्यो भन्दैमा सवै सर्प विशालु हुदैनन् त्यस्तालाई चुस्नु नै किन पर्यो बिशालु सर्पले टोकेकोलाई चुसेर बिष निकाल्न नसकिने पन्थीको भनाई छ । “चुसेर बिष निकाल्छु भन्नेलाई म चुनौति दिन चाहन्छु रक्सी खाएर बेहोस भएको विरामीलाई चुसेर रक्सीको नसा उतार्न सक्छन् ? पन्थीले भने । रगतमा मिसीएको बिष कुनै पनि हालतमा चुसेर निस्कदैन । “सर्पले टोकेपछि त्यसको विष रगतको माध्यमबाट मस्तीष्क सम्म पुग्ने भएकोले चुसेर बिष निकल्छु भन्नु समाजमा भ्रम श्रृजना गर्ने मात्र हो” पन्थीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?