ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

धानको मूल्यमा मनोमानी

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

देउखुरीमा किसानहरूले धान भित्राइरहेको बेला सरकारले धानको मूल्य नतोक्दा व्यापारीहरूले किसानहरूबाट मनोमानी आफैले धानको मूल्य गरि खरिद गरिरहेका छन् ।
धानको मूल्यमा एकरूपता नहुँदा किसानहरूले आफूहरू मर्कामा परेको बताएका छन् । यस अघि खाद्य संस्थानले कार्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो हप्ताभित्र धानको मूल्य तोक्ने गरे पनि यसपटक मूल्य नतोक्दा किसानहरू थप मर्कामा परेको बताउँछन । कृषकहरूले धानको मूल्यमा एकरूपता नहँुदा व्यापारीहरूले आफैले मूल्य गर्ने गरेको बताएका छन् ।

कृर्षिमा आत्मनिर्भर कृषकहरू लामो समयसम्म मेहेनत गरि उत्पादन गरेको धान बिक्री गरेर आम्दानी गर्ने समयमा धानको मूल्य नतोकिँदा व्यापारीहरूले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको लमही नगरपालिका–५ की किसान माधव खनालले दुःखेसो गरिन् । उनले सरकारले धानको मूल्य नतोक्दा व्यापारीहरूले आफै मूल्य गरेर धान खरिद गर्ने गरेको गुनासो गरिन् । टेक्टरमा धान लिएर गल्लामा जाँदा एकाएक मूल्य सुन्दा निरासा भएको उनले बताइन् । कति मेहेनत, महँगो विउ मलखाद, विषादी लगाएर धान खेती गरेपनि उत्पादन गरेको बालीको आफैले मूल्य गर्न नपाउनु र अर्कोतिर सरकारले धानको मूल्य नतोकिदिनु किसानहरूका लागि विडम्बना भएको बताइन् ।

उनी जस्तै यहाँ अधिकांश कृषकहरूमा निरासा छाएको छ । यता व्यापारीहरू पनि सरकारले धानको मूल्य नतोकेका कारण आफूहरूले बजारमा रहेको मूल्य अनुसार धान खरिद गरेको लमहीका गल्ला व्यापारी हमिद अन्सारीले बताए । उनका अनुसार देउखुरीमा मोटा धान प्रति क्वीन्टल रु. १८ सय मसिनो धान रु. २२ देखि २३ सय क्वीन्टलमा खरिद गर्ने गरेको बताए । तर किसानहरूले प्रत्यक्ष उपभोक्ताहरूलाई बिक्री गर्दा भने मोटा धान रु. २० हजार मसिनो धान रु. २४ प्रति क्वीन्टलमा खरिद बिक्री हुने गरेको किसानहरू बताउँछन् ।

दाङ जिल्ला धानकै लागि उपयुक्त जिल्ला मानिन्छ । यहाँ मुख्य वालीको रूपमा धान उत्पादन हुने गर्दछ । यद्यपी धानको मूल्य नतोकिँदा केही वर्ष देखि धानको मूल्यमा स्थर रहँदै आएको देउखुरीका कृषक जगुलाल चौधरीले वताए । केही वर्ष भयो सरकारले मूल्य तोक्दैन, व्यापारीहरूले मनोमानी रूपले खरिद गर्छन चौधरीले भने । सरकारले मूल्य तोक्दा विक्रिवितरणका लागि सहज हुने बताउँदै मूल्य नतोकिँदा आफूहरू ठगिएको बताए । केही वर्ष यता धानको मूल्य एउटै छ । यसैलाई आधार मानेर यस वर्ष पनि धान खरिद विक्रि गर्ने गरेको व्यापारीहरू वताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?