ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

काम नगर्ने ठेकेदार धमाधम कारबाहीमा

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माणको काम पछिल्लो समयमा तिब्र गतीमा अगाडि बढेको छ । पटक–पटक समय सिमा थप्दा पनि समयमा नै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई धमाधम कारबाही गर्दै बुटवल –बेलहिया सडक व्यापारीक मार्ग बिस्तार आयोजना आगामी चैत महिनासम्म कार्य सक्ने योजना बनाएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाका ईन्जिनियर योगेन्द्र अधिकारीका अनुसार पटक पटक समय सिमा दिएर म्याद थप्दा पनि काम समयमा नै नसक्ने ठेकेदार कम्पनीहरू कारबाहीमा परेका छन् । जसबाट करोडौ रूपैयाँ जरिवाना समेत संकलन गरिएको छ ।
बुटवल–बेलहिया सडकको दुई स्थानमा सडक निर्माणको जिम्मा पाएको कालिका–तामाङ्ग–प्यासिफिक–जेभिले समयमा नै काम सम्पन्न नगरेपछि ३ करोड ८६ लाख ९० हजार ३ सय ९६ रूपैयाँ ४ पैसा जरिवाना व्यापारीक मार्ग विस्तार आयोजनालाई बुझाएको छ ।
यस्तै अर्को निर्माण कम्पनी जसले भैरहवा क्षेत्रमा काम गर्दै आएको थियो । अलकापुरी निर्माण सेवाले पनि समयमा नै काम सम्पन्न नगरेको कारण कुल ५९ हजार ६ सय ४७ रूपैयाँ रकमा जरिवाना बुझाएको छ । ईन्जीनियर योगेन्द्र अधिकारीका अनुसार ठेकेदार ०.००५ प्रतिशतका अनुसार प्रतिदिन रकम जरिवाना तिर्नुपर्ने नियम रहेको छ ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत रहेको व्यापारिक मार्ग विस्तार आयोजना, वेलहिया–बुटवल सडक, मणिग्राम, रूपन्देही सिद्धार्थ राजमार्गको शुरु विन्दु वेलहियादेखि वुटवल चौराहा सम्मको २४ कि.मी. सडक खण्डलाई ६ लेनमा निर्माण गर्ने गरी २०६९ अषाढमा कार्यालय स्थापना गरी कार्य अगाडी बढाएको थियो ।
आयोजनाको कार्यक्षेत्र २४ कि.मी. भएकोमा २०७२ चैत १७ मितिको विभागिय निर्णय अनुसार यस आयोजनाको कार्यक्षेत्र बुटवल चौराहादेखि गोलपार्क चिडियाखोला सम्म ३.५ कि.मी. थप भै २७.५० कि.मी. कायम भएको छ ।
जसमध्ये यस आर्थिक बर्षसम्म १८ कि.मी.सडक कालोपत्रे भैसकेको छ भने ५.२५ कि.मी. सडक खण्डमा २०७५ चैत्र मसान्त सम्म सम्पन्न गर्ने गरि तिब्र गतिमा निर्माण कार्य भैरहेको छ । बुटवल चौराहा देखि गोलपार्क चिडियाखोला सम्मको ३.५ कि.मी. र बेलहियादेखि बाईपास सम्मको ०.७५ कि.मी. गरी जम्मा ४.२५ कि.मी. सडकको समेत निर्माण कार्य भैरहेको ईन्जीयर योगेन्द्र बहादुर अधिकारीले जानकारी दिए ।
आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड मध्ये हालसम्म ४ अर्ब ४६ करोड खर्च भैसकेको जनाइएको छ । रकम आयोजनाको कूल लागतको ७६.२४ प्रतिशत प्रतिशत रहेको जनाइएको छ भने भौतिक प्रगती करिब ८० प्रतिशत रहेको छ । प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५५ भन्दा बढि रकम खर्च गर्न आयोजना सफल भएको छ । हालसम्म १८ कि.मी. सडक कालोपत्रे भैसकेको छ ।
ईन्जीनियर अधिकारी भन्छन्–‘नदीजन्य निर्माण सामग्रीको अभाव नभएमा ५.२५ कि.मी. सडकखण्डमा २०७५ चैत मसान्त निर्माण कार्य सम्पन्न गरिएको छ र बाँकी खण्ड बुटवल चौराहा–गोलपार्क–चिडियाखोला तथा वेलहियादेखि वाईपास सम्ममा २०७७ श्रावणसम्म निर्माण कार्य सम्पन्न हुने लगभग निश्चित प्रायःछ ।’
आयोजनाले २०७५ चैत मसान्त सम्म बुटवल भैरहवासम्म सम्पूर्ण रूपमा कालोपत्रे गर्ने लक्ष्य अगाडि बढाएको छ भने २०७७ श्रावण सम्ममा बुटवल चौराहा–गोलपार्क–चिडियाखोला तथा वेलहिया देखि वाईपास सम्मको सडकको निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ ।
अहिले ४ वटा चरणमा कार्य भैरहेको छ । जसमा भारतिय कम्पनी टिसिआईएल ले दुई स्थानमा काम गरिरहेको छ भने एउटामा कालिका–रायमाझीले काम गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?