ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

तरकारीले बदलियो जीवन

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

तुलसीपुर उप महानगरपालिका वडा नम्बर २ कुमलगढीको थारु गाउँका किसानहरूले तरकारी खेतीबाट वार्षिक १ करोड ५० लाख वरावरको आम्दानी गर्ने गरेका छन् । गाउँका ४० घर परिवारले करिव २२ विगाहा जग्गामा तरकारी खेती गरेर सो आम्दानी गर्ने गरेको किसान जंगवहादुर चौधरीले वताए । उनले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि गाउँको परिचय नै वदलिएको वताए । “पहिला काम खोज्न कहाँ जाने भन्ने थियो अहिले कसरी भ्याउने भन्ने भएको छ” चौधरीले भने ।
सरस्वती कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका चौधरीले तुलसीपुर उप महानगरपालिकाले कृषि प्राविधिक, विउँ विजन र उपकरणमा सहयोग गरेको वताए । उनले थप उत्पादन वृद्धिका लागि सिँचाई सुविधामा सहयोग गर्न पनि आग्रह गरेका छन् । “यहाँ सिँचाईको निकै समस्या रहेको छ, यो समाधान भयो भने अझै उत्पादन वृद्धि गर्न सकिन्छ” चौधरीले भने । सिँचाई सुविधा नभएकाले कृषकहरूले इनारको पानी प्रयोग गर्ने गरेको कृषक पार्वती चौधरीले वताईन् । “हामी सबैले घरमा २ वटा इनार वनाएका छौ एउटा सुकेपनि अर्कोबाट खेतमा पानी लैजान्छौ” पार्वतीले भनिन् । उनले वर्षमा चार बाली तरकारी खेती गरेको वताउँदै सिँचाई सुविधा नहुँदा आशा गरे अनुसार उत्पादन गर्न नसकेको वताईन । पार्वतीको ६ कठ्ठा वारीमा अहिले खुर्सानी, टमाटर र काउली फलेका छन् ।
केही वर्ष अगाडिसम्म वेरोजगारीका कारणले गलत काममा लाग्नाले गाउँमा झैझगडा हुने गरेकोमा अहिले सबैलाई कामको चटारो परेका कारण मिलेर खेती गर्ने गरेको कृषि सहकारी संस्थाका सचिव जयराम चौधरीले वताए । “सबैले आ–आफ्नो जग्गामा खेती गरेपनि मिलरे गर्ने गरेका छौ” जयराम चौधरीले भने । उनका अनुसार ९५ घर धुरी रहेको गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको जानकारी दिए । गाउँमा व्यावसायिक तरकारी खेतीको अगुवाई गर्ने जंगवहादुरले वजार व्यवस्थापनको समस्या रहेको वताए । “खेतमै किन्न आउनेहरूले मनलाग्दो भाउ तोक्छन् भने बजारमा बेच्न लैजाँदा यातायातको अभाव छ” जयरामले भने । सबै किसान मिलेर तरकारी विक्री गर्नका लागि सानो गाडी भाडामा ल्याएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । “दुःख गरेर उब्जनी गरेको तरकारी उचित मुल्यमा बेच्न पाइएन भने कसरी यसलाई निरन्तरता दिन सकिन्छ र ?” जयरामले चिन्ता व्यक्त गरे । किसानहरूका समस्या समाधान गरेर उनीहरूलाई व्यावसायिक तरकारी खेतितर्फ थप अगाडि बढाइने तुलसीपुर उप महानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीको भनाइ छ । उनले किसानलाई खेतमै कृषि प्राविधिक उपलब्ध गराउनका लागि उप महानगरपालिकाले पहल गरिरहेको जानकारी दिए । उप महानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले किसानहरूलाई कृषि उपज विक्री वितरणमा सहज होस् भन्नका लागि उप महानगरपालिकाले कृषि उपज वजार केन्द्र निर्माण गर्न लागेकोले बजारको समस्या हुदैन । उनले किसानहरूको सम्मानका लागि कृषि परिचय पत्र वितरण गर्न लागेको समेत जानकारी दिए । तुलसीपुर उप महानगरपालीका २ का अध्यक्ष राजु आचार्यले सिचाईको समस्या समाधानका लागि पहल गर्ने वताएकाछन् । उनले डिपवोरिङ निर्माणका लागि वडाले उप महानगरपालीकासँग पहल गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?