ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

मन्त्रिपरिषद्को निर्णय पर्खिदै

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको नुवाकोट डाँडा र सोही गाउँपालिकाको नै अर्को बसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न केबलकारलाई अगाडि सारिएको छ ।  बुटवलको पर्यटकीय क्षेत्रको रूपमा पहिचान बनाइसकेको स्थान मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि नजिकैबाट सिद्धार्थ केबलकार प्रालिले पाल्पा जिल्लाको नुवाकोट डाँडासम्म केबलकार सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । नुवाकोट बुटवलबाट–४ किलोमिटर पश्चिम उत्तरमा पर्दछ भने बसन्तपुर उत्तर पूर्वमा पर्दछ ।
केबुलकार निर्माणका लागि करिब १ अर्ब १० करोड रुपियाँ लगानी लाग्ने जनाइएको छ । प्रालिलाई जग्गाको व्यवस्थापन लगायतको कार्य गर्न बुटवल सामुदायिक वनले स्वीकृत दिइसकेको छ । ऐतिहासिक एवं पुरातात्विक महŒव बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तरपुर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म संचालन हुने सो केबलकारको लम्बाई २ किमि ९० मिटर रहने छ । केवलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने र टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहने बताइएको छ ।
सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न गरी संचालनमा आउने महत्वाकांक्षी योजनाका साथ शुरु भएको सो केवलकार सञ्चालन भएपछि प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ । रोपवे नेपाल प्रालिका अध्यक्ष तथा सिद्धार्थ केवल प्रालिका निर्देशक समेत रहेका गुणराज ढकालका अनुसार केवलकार निर्माणको सबै प्रक्रिया पुरा भई प्रालिले मन्त्रि परिषदको निर्णय पर्खिरहेको छ ।
नेपाल सरकार, वन मन्त्रालयले रुख कटानको लागि समेत स्वीकृती दिइसकेको अध्यक्ष ढकालको भनाइ रहेको छ । नेपाली ईन्जिनियरहरूबाट फाइनल भएको नक्सा लगायतका डिजाईन एक पटक अष्ट्रियाबाट ईन्जिनियरहरू समेत मगाएर यसको अझै बिस्तृत डिजाईन तयार गरिने छ । अध्यक्ष ढकालले भने–‘आउने जनवरी महिना देखि निर्माणको प्रारम्भिक काम सुरु हुन्छ, रुख कटानको स्वीकृत समेत प्राप्त भैसकेको छ ।’ पाल्पाको नुवाकोट डाँडामा भैरवकामना मन्दिर निर्माण गरिएको छ ।
जसलाई मुख्य केन्द्रमा राखेर उक्त डाँडाँमा विभिन्न प्रकृतिको होटल, रिसोर्ट लगायतका करिब १० हजार व्यक्तिहरू बस्न मिल्ने खालका विभिन्न उच्च स्तरका होटल, रिसोर्ट, घुम्ने, बस्ने, पर्यटकीय स्थानहरूको अलवा विभिन्न पार्कहरू समेत निर्माण गरिने छ ।
कम्पनीका अनुसार यसलाई नेपालकै नमुनाको रूपमा विकास गरिने छ । अहिलो पाखो डाँडाको रूपमा रहेको उक्त स्थानलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ । सबैभन्दा बढि जनताहरूको सहभागीतामा उनीहरूलाई नै रोजगार प्रदान गर्ने गरी कार्य अगाडी बढाउने कम्पनीको भनाई छ । कम्पनीका संचालक इन्जिनियर राजेन्द्रसिंह गुरुङ्गका अनुसार एउटा यात्रु पु¥याउने, ल्याउने मात्रै नभई एउटा मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी कार्य अगाडि बढाइएको हो ।
नुवाकोट डाँडाबाट भारतको नैतुनहवा प्रस्ट रूपमा देख्न सकिन्छ । खासगरी साँझको समयमा नैतुनहवामा रेल गुडेको, रेलको लाईट देख्न सकिने स्थानीयहरू बताउँछन् । बुटवलका पुराना होटल व्यवसायी, होटल व्यवसायी महासंघ नेपालका पूर्व अध्यक्ष तथा नुवाकोटमा रिर्सोट सञ्चालनको तयारी गरेका व्यवसायी माधव नेपालका अनुसार नेपाल र भारतको सम्बन्ध जोड्ने डाँडाको रूपमा नुवाकोट डाँडालाई लिन सकिन्छ ।
बुटवलको चर्को गर्मीबाट सितलता हासिल गर्नको लागि केही मिनेटको दूरीमा रहेको नुवाकोट डाँडाले साँच्चै नै पर्यटकको मन लोभ्याउन सफल हुने उनको भनाई रहेको छ । नुवाकोट डाँडाबाट सुन्दर हिमाल समेत देखिने गरेको छ । उत्तर तर्फ केही किलोमिटर दुरुमा महालंगुर हिम श्रृङ्गखला देख्न सकिन्छ ।
शुरुमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केवलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ । शुरुवातमा १ घण्टामा १ हजारका दरले स्वदेशी वा बिदेशी पर्यटक बोक्ने लक्ष्य सहित स्थापना हुन लागेको सो केवलकारमा अधिकतम ९० वटा डिब्बा रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?