ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

मगन्तेसँग पर्यटक हैरान

२७ कार्तिक २०७५, मंगलवार
२७ कार्तिक २०७५, मंगलवार

सरकारले देश बिकासको मुख्य एजेण्डा पर्यटन बनाउँदै गर्दा यहाँका बुद्धस्थलमा आउने पर्यटकलाई स्थानीय (मगन्ते) ले बाटो छेकेरै पैसा मागेर सास्ती दिने गरेका छन् । लुम्बिनी बिकास कोषले तिलौराकोट, कुदान, निग्लिहवा लगायतका स्थानमा सुरक्षा गार्ड खटाए पनि कोषका सुरक्षा गार्डकै उपस्थितिमा पर्यटकलाई सास्ती दिइने गरिएको छ ।  स्थानीयले बाटो छेकेरै पर्यटक सँग पैसा माग्दा समेत कोषका सुरक्षाकर्मी चुपचाप बस्ने गरेको भेटिएको छ । दैनिक जसो तिलौराकोट, कुदान र निग्लिहवामा स्थानीय र बालबालिकाले पर्यटकलाई बाटो छेकेर पैसा माग्ने गरे पनि सो नियन्त्रणका लागि कोषले कुनै पहल गर्न सकेको छैन ।
“बुद्धस्थल आउने पर्यटकलाई बाटो छेकेरै माग्ने कार्यले पर्यटकलाई दिक्क पार्ने गरेको छ । कोषका सुरक्षाकर्मीले समेत यस्तो कार्य नियन्त्रणमा कुनै चासो देखाएको भेटिएको छैन ।” एक पर्यटक पथप्रदर्शकले नाम उल्लेख नगर्ने शर्तमा भने । “यस्तो कार्यले देशकै बेईज्जत हुन्छ । समस्या समाधानका लागि सम्बन्धित निकाय गम्भिर हुनु पर्छ,” उनले भने । त्यस्तै गुनासो अर्का पथप्रदर्शक राज कुमार कोहारको पनि छ । “हिजो मात्रै म्यानमारको ग्रुप तिलौराकोट आएको थियो । गेटमै पैसा मागेर हैरान पारेपछि माग्ने व्यवस्थापन नगरिए आफूहरू तिलौराकोट नआउने भन्दै रिसाएर फर्किए ।” उनले गुनासो गरे । बिगतमा यसरी मागेर दुःख दिनेलाई प्रहरीले धपाउन खोज्दा स्थानियले झै झगडा गर्न तम्सिएको उनले अनुभव सुनाए ।
लुम्बिनी बिकास कोषले बुद्धस्थलको सुरक्षाका लागि गार्ड कमान्डर सन्जय शर्माको नेतृत्वमा तिलौराकोटमा ४ जना, निग्लिहवा र कुदानमा ३÷३ जना र गोटिहवामा २ जना गरि कुल १३ सुरक्षाकर्मी खटाएको छ । तर कोषकै सुरक्षाकर्मीले समेत मागेर हैरान पारिने कार्यलाई व्यवस्थापन गर्न नसकेको स्थानियको आरोप छ । “कोषकै सुरक्षा गार्डहरू माग्नेहरू सगै लाईनमा उभिएर बिदेशी पर्यटक सँग पैसा माग्छन । अनि बुद्धस्थल आउने पर्यटकलाई मागेर हैरान पार्ने कार्य कसरी नियन्त्रणमा आउछ ।” एक स्थानियले आरोप लगाए ।
सुरक्षामा खटिएका कर्मचारी स्थानिय भएकाले पैसा माग्ने स्थानिय र बालबालिकाले अटेरी गर्ने गरेको भन्दै गार्ड कमान्डर सन्जय शर्माले निरिहता व्यक्त गरे । आफूहरूले बिगतमा पर्यटकलाई मागेर हैरान बनाउने कार्य नियन्त्रण गर्न खोजे पनि जनशक्ति अभावले समस्या समाधन हुन नसकेको लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधव आचार्यले बताए । “मागेर हैरान पार्ने कार्यले बुद्धस्थलको बदनामी भएको छ । हामी नियन्त्रणका लागी स्थानिय प्रशासन सँग अनुरोध गर्छौ,” आचार्यले भने । बुद्धस्थलमा पैसा मागेर पर्यटकलाई हैरान पार्ने बिषयको गुनासोलाई गम्भिर रूपमा लिई समस्या समाधानका लागी पहल गर्ने कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले प्रतिक्रिया दिए । बुद्धस्थलमा पर्यटकलाई मागेर सास्ती दिने कार्य नियन्त्रण गर्न आफूहरूले तत्कालै सम्बन्धित स्थानिय प्रशासनसँग पहल गर्ने लुम्बिनी बिकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईले जानकारी दिए । “कोषका कर्मचारीबाट त्यस्ता कार्यलाई प्रोत्साहन गरिएको भेटिए आवश्यक कारवाही गर्ने छौं,” योजना प्रमुख भट्टराईले भने । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?