© २०२३
जिल्लाको पुर्वी भेगका जनताको बहुप्रतिक्षित आयोजना सम्पन्न भई ढाई दशकपछि सिंचाई गर्ने चाहना पुरा भएपछि शुद्धोदन गाउपालिकाका कृषक खुसीको लहर छाएको छ । बि.स. ०५० सालतिरबाट सुरु भएको बहुप्रतिक्षित भुतहा सिंचाई योजना भर्खरै संचालनमा आएपछि कृषकमा खुसीयाली छाएको हो । पछिल्लो पटक ४ वर्षमा शुद्धोदन गाउपालिका २ मेहनिया गाउ नजिक भुतहा खोलमा बा“ध बाधेर भुतहा सिंचाई योेजना संपन्न गरिएकोछ । ८ करोड ७६ लाखको लागतमा हेड वक्स(बा“ध) निर्माण पुरा भएकोछ । त्यस्तै नहर संरचना र कल्भर्टमा सरकारको ९३ लाख र जनश्रमदान ४७ लाख गरि संपन्न गरिएकोछ । स्थानीयले नगद ९ लाख ५० उठाएका थिए । ६ किमी उत्तर–दक्षिण मुल नहर छ । ३÷३ किमी पुर्व–पश्चिम सिंचाई गर्न सहायक नहर निर्माण गरिएकोछ ।
०७१ बैशाख २४ गते लुम्बिनी अर्घाखा“ची आशिष जेभीले संझौता गरि काम थालेको थियो । ‘मधेश आन्दोलन र नदीजन्य पदार्थ अभावले एक वर्ष काम ढिलो भयो’ सिंचाई विकास डिभिजन डिई राजेन्द्र महत्तोले भने, ‘तर पनि कृषकमा छुट्टै उत्साह र उमंग छ ।’ उक्त क्षेत्रका जनता वर्षौदेखि सिंच्ाँई सुविधा नहुदा खेतमा वाली डढ्ने र उत्पादन कम हुने कुराले दुःखी थिए उनले भने । तर अब यो पटक धान खेती गर्दा आनन्दको अनुभूति गरिरहेको उनले बताए । मझौला सिंचाई योजना अन्तर्गत ३ वर्षमा निर्माण पुरा गर्ने गरि शुरु गरिएको काम एक वर्ष ढिलो पुरा भयो ।‘२०४८ मा पुर्व सासद कमलेशकुमार शर्माका पालदेखि सिंचाई योजना बनाउन थालिएको थियो’ प्रदेश सभा सांसद रुन्धावतीदेवी शर्माले भनिन्, ‘तर प्राविधिकले गलत डिजाईन गरेकाले सफल भएन् ।’ एक पटकको प्राविधिक कमजोरी १० वर्ष सम्म काम हुन सकेन् उनले भनिन् । धेरै पटक टेण्डर भयो तर निर्माण व्यवसायी पनि काम गर्न सकेका थिएनन् । स्थानीयले भुतहा खोलमा भुत आउने भन्दै यहा दैवीशक्तीले काम गर्न दिदैन् भनेपछि ठेकेदार काम छाडेरै भाग्ने परम्परा थियो । उक्त योजनाले शुद्धोदन र मायादेवी गाउपालिकाको ७ सय ५० हेक्टर जग्गामा सिंचाई सुविधा पुगेकोछ । हाल संघिय साँसद रहेका तत्कालिन सभासद अतहर कमाल मुसलमानको सक्रियताले आवश्यक बजेट बिनीयोजन पश्चात भुतहा बाँध निर्माणको कार्य दु्रत गतिमा अगाडी बढन सकेको थियो । दुई दशक बढि सो क्षेत्रको अधिकांस नेता र नेतृत्वको चुनावी एजेष्डा भुतहा बाँध रहे पनि साँसद कमालले आफनो चुनावी प्रतिबद्धता अनुसार बाँध निर्माणको कार्य सफल पार्न अधिकतम पहल गरेका थिए । जिल्लाको पुर्वि क्षेत्रमा अधिकांस बिकास निर्माणको कार्यका लागी बजेट बिनीयोजन गराउन सफल साँसद कमालकै पहलमा सो बाँध निर्माणको कार्य दु्रत गतिमा अघि बढन सकेको स्थानिय बताउछन ।
“बाँध निर्माण कार्य सम्पन्न भए सगै कृषीकर्ममा कष्टका दिन गए । अब सिचाई असुबिधाकै कारण किसानले सास्ती खेप्नु पर्दैन । ” शुद्धोदन गाउपालिका २ नन्दनगरका हरिराम यादबले भने । “ अब आनन्दको साश फेरेर खेती गर्छु । ” उनले थपे । ‘हामीले पनि काम संपन्न गर्न धेरै मेहनत ग¥यौं’ सिंचाई विकास डिभिजन इञ्जिनियर तथा साईड ईज्चार्ज पुष्कर अर्यालले भने, ‘लामो समयको योजना हुदा स्थानीयले काम संपन्न भएर सिंचाई होला भनेर विश्वासै गरेका थिएनन् ।’ यो हाम्रोलागि चुनौती थियो त्यो भएर पनि हाम्रो ध्यान सधैं गयो पुरा गरेर छाड्यौं उनले भने । ‘सधै तनाब हुन्थ्यो’ मेहनियाका कृषक बरसाती चौधरीले भने, ‘अब भने मन फुरुङ्ग भएकोछ ।’ विउ राख्ने बेलादेखि धान पसाउने बेला सम्म पानीकै चिन्ता हुन्थ्यो उनले भने । खेतीका बेला डिजल पाईन्थेन, पम्पसेट भाडामा खोजेर सिंचाई गर्नु पर्ने समस्या हट्दा निक्कै खुसी छु उनले भने । अझ कतिपय बेला गाउमा पोखरी ईनार सुकेपनि त अझै सकश पथ्र्यो उनले दुखेसो पोखे ।
निग्लिहवा सिंचाई योजना पुराः वाणगंगा नगरपालिकामा रहेको निग्लिहवा सिंचाई योजनाको पनि निर्माण पुुरा भएकोछ । सरकारको ६ करोड ९ लाख र स्थानीय श्रमदान २३ लाखको लागतमा संपन्न भएको हो । ५ किमी नहर निर्माण गरि सिंचाई सुविधा पु¥याईएकोछ । ०७२ चैत्र १८ मा संझौता भई काम सुरु गरिएको थियो । २ वर्षमा निर्माण पुरा गर्ने योजना भएपनि ३ वर्षमा संपन्न भयो । प्राकृतिक रुपमा आउने मुलको पानीलाई संरक्षण गरि नहरमा पु¥याएर सिंचाई सुविधा दिईएकोछ । योजनाबाट २ सय ५० हेक्टरमा सिंचाई सुविधा पुगेकोछ ।