© २०२३
खाडीमुलकमा लैजानका लागि भारत पु¥याइएका चालिस नेपाली महिलाको उद्धार गरी सोमबार नेपालगन्ज ल्याइएको छ । ती महिलाहरू अवैधरूपमा खाडीमुलक जाने तयारीमा थिए । दलाल मार्फत त्यहा“ पुगेका महिलालाई माइती नेपाल इन्डिया, नेपाल दुतावास, माइती नेपाल, भारत प्रहरीको सक्रिय पहलमा अन्यायमा परेका चालिस जना महिलाको उद्दार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिएका छन् ।
भारतको दिल्ली स्थित जिवीरोड १२४ को कोठीबाट ३ जना र भारतको एयरपोर्ट हँुदै खाडीमुलुक लैजाँदै गरेको अवस्थामा ३७ महिलाहरूलाई उद्दार गरिएको माइती नेपाल इन्डियाले जानकारी गराएको छ । १२४ नं. कोठीमा रहेका ३ नेपाली ३÷४ बर्ष पहिले बेचिएर कोठीमा काम गर्न बाध्य भएको माइती नेपाल इन्डियाका संयोजक बालकृष्ण पाण्डेले जानकारी गराए ।
कोठीमा रहेका नेपाली महिला सिन्धुपाल्चोक, नुवाकोट जिल्लाका हुन् । उनीहरूको उमेर १८ बर्षदेखि २८ बर्ष उमेरसम्म रहेको संयोजक पाण्डेले जानकारी दिए । ३७ जना महिलालाई खाडी मुलुकको होटल, अफिस, घर लगायतको कार्यमा रोजगारी लगाई दिने प्रलोभनका लागि एक जनाबाट ४ लाखको दरले रकम उठाएको माइती नेपालले जानकारी गराएको छ । केदार भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरि सोधपुछपछि यतिका महिलाहरू लाई उद्दार गर्न सफल भएको माइती नेपाल इन्डियाका संयोजक पाण्डेले बताए । करिब २ महिना लागेर ४० जना महिलाहरूलाई उद्दार गर्न सफल भएको संयोजक पाण्डेले जानकारी गराए । ५ सय भन्दा बढि नेपाली महिलाहरूलाई बेचिएको आरोपमा केदार भन्नेलाई पक्राउ पछि थप महिलाहरूलाई पनि खाडीमुलुकको कतार, साउदी, कोलम्बीया, मेलेसिया जस्ता ठाउँमा काम लगाई दिने भन्दै लैजाने तयारी अवस्थामा रहेका महिलाहरूलाई उद्दार गरि नेपाल ल्याईएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी गराए । à