© २०२३
खेतमा धान रोप्न जति कृषकलाई चटारो छ । त्यति नै चिन्ता खेताला नपाएर सास्ती नै छ । ब्याडमा बिउ उखेल्ने, रोप्ने र आली लगाउने खेताला अभाव छ । खेत हिल्याउने गोरु पनि भनेको बेला पाइदैनन् ।
मथुराबेशीमा गोपाल खनालले सात रोपनी खेतमा रोपाइ“ एकै दिन भ्याउथे । तर, खेताला अभावमा तीन दिनसम्म पनि रोपाइ“ सकेनन् । ‘छिमेकमा काम गर्ने जनशक्ति अभाव नै हो,’ उनले भने, ‘खेत बा“झै छाडन मनले मानेन, जति दिन लागेपनि रोपाइ“ त गर्नुप¥यो नी । गोरु पाइदा धान रोप्ने खेताला पाइदैन । खेताला पाएको दिन गोरु नै पाइदैन ।’ गाउ“मा हल गोरु पाल्नेक्रम घटदो छ । धान रोप्न महिला खेताला पनि पाउन मुस्किल रहेको उनले बताए ।
‘पहिले छिमेकी बीच आलोपोलो रोपाइ“ गरिन्थ्यो,’ उनले भने, ‘अहिले त्यो सहयोगी भावना हरायो ।’ उनका अनुसार जनशक्ति अभावमा खेत बा“झिने क्रम बढदो छ । एक हल गोरुले दिनभर काम गरे वापत हलीलाई एक सात सय रुपैया“ दिनुपर्छ ।
महिला खेताला दिनको दुइ सय र पुरुषको चार सय रुपैया“ तिरेर धान रोपाइ“ गरेको सोही गाउ“कै गिता खनालले बताइन । खेताला र गोरु अभावले वर्षेनी खर्च बढदो रहेको उनले बताइन । समथर खेतमा ट्याक्टरले हिल्याएपनि अलि असहज ठाउ“मा ट्याक्टर पुग्न नसक्दा कृषकलाई अझै मुस्किल परेको उनको भनाई छ । ‘यस्तै हो भने खेत बा“झै छाडने दिन आउन धेरै समय नलाग्ला,’ उनले भनिन, ‘ब्याड राख्ने देखि धान भित्राउनेसम्म खर्च जोडदा पसलबाट चामल किन्न सस्तो पर्ने देखियो ।’ युवाको ध्यान कृषितिर भन्दा वैदेशिक रोजगारी, पेशा, व्यावसाय बढी भएकाले उब्जनी पनि घट्दै गएको छ । सुख सुविधा रोज्दै सहरतिर बसाइ“ सराइ पनि अर्काे कारण हो । वैदेशिक रोजगारमा भएका परिवार छोराछोरी पढाउन सहरमा डेरा गरी बस्दा खेताला नपाइएका हुन ।
धानमा रासायनिक मल मात्रै प्रयोग गर्दा उब्जनी पनि थोरै र खेतको माटो बिग्रदै गएको सितगंगा–७ दमारबेशीका हिमलाल बेल्वासेले बताए । ‘सबैले धान रोपिसके तर, मेरो खेत बा“झै छ,’ उनले भने, ‘न गोरु पाइएन । न खेताला । खेती गरेर खान दुःख हुन थाल्यो ।’ धान रोप्न महिला नै चाहिन्छ । तर, युवा उमेरका काम गर्ने महिलाको कमी रहेको छ, उनले भने ।
मोटरबाटो भएको सजिलो खेतमा ट्याक्टर पुग्छ । खेताला अभावमा कृषकको ध्यान मेसिनरी कृषि औजार तिर गएको छ । व्यक्ति, कृषक समुह र सहकारीले औजार खरिद गर्न थालेका छन ।
कृषि प्रचार अधिकृत थीरलाल गैरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा औजार वितरण गरिएको बताए । हलो र गोरुको झमेला भन्दा औजारबाट सजिलो भएकाले माग बढदो रहेको उनले बताए । थ्रेसर ५ वटा, मकै छोडाउने हाते मेसिन ५०, विद्युतीय मेसिन ४, वर्षा पम्प २, भूकम्प पीडितलाई ९० प्रतिशन अनुदानमा कृषि औजार वितरण गरियो । कृषक समुह, सहकारी र व्यक्तिले हलो र मेसिनरी औजार खरिद गरेका छन । खोलाता अभाव भएकाले औजारको माग अत्यधिक रहेको छ । बढदो सहरीकरणमा बसाइ“ सराई, आधुनिक जीवनशैलीमा रमाउने शौखिन खोज्ने धेरै भएपछि खेताला अभाव भएको हो । गाउ“मा सीमित महिला, बालवालिका र बृद्धवृद्धा मात्रै रहेका छन ।