ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

विद्यालयमा च्याउ खेती

२८ असार २०७५, बिहीबार
२८ असार २०७५, बिहीबार

रोल्पाको एक विद्यालयले च्याउ तथा तरकारी खेती सुरु गरेको छ । उत्तरी रोल्पाको विर वलभद्र माध्यमिक विद्यालय थवाङले विद्यालयको आयश्रोत वृद्धी तथा शिक्षालाई प्रयोगात्मक वनाउन उक्त कार्यको थालनी गरेको हो ।
थप प्राविधिक शिक्षाको रुपमा संचालित वालि विज्ञानमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रयोगात्मक कक्षाको रुपमा विद्यालयको जग्गाामा च्याउ र तरकारी खेती गरेको विद्यालयले जनाएको छ । च्याउ खेतीवाट दैनिक ५० किलो वढी च्याउ उत्पादन हुने गरेको वताइएको छ । च्याउको स्थानीय वजार मूल्य प्रतिकिलो १ सय ५० रुपैया रहेको विद्यालयले जनाएको छ ।
बजार सानो रहेकाले उत्पादीत च्याउ खपत हुन नसकेका कारण च्याउलाई सुकाएर पछिसम्म प्रयोग गर्न मिल्ने गरि व्यवस्था मिलाउन लागिएको विद्यालयका कृषि प्राविधिक शिक्षकहरुले जाकारी दिएका छन । उत्पादीत च्याउको दीगो वजारीकरण गर्न सके विद्यालयको राम्रो आय श्रोत हुन सक्ने स्थानीय उमेश मगरले प्रतिकृया दिए । च्याउ वजारीकरणका लागि स्थानीय वजारको अतिरिक्त वागमारा, घर्तीगाउँ र लिवाङमा समेत वजारको संभावना रहेको वताईन्छ । थवाङलाई अर्गानिक गाउँ घोषणाका लागि प्रमाणिकरणको काम भईरहेकोले विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी पनि रसायनिक र विषादी मुक्त रहेको वताइएको छ ।
विद्यालयले च्याउ खेतीका अतिरिक्त वन्दा र किवि खेती समेत गरेको छ । वाइस हजार वन्दा र ३५ वोट किवि लगाएका छौ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीले भने । वन्दा र किविवाट समेत राम्रो आमदानी हुनेमा आफु आशावादी रहेको घर्तीको भनाई छ । सवै खेती विद्यालयको जग्गामा लगाएको विद्यालयले जनाएको छ ।
शिक्षालाई प्रायोगात्मक एवम अभ्यासमुखी वनाउन विद्यालयले यस्तो कार्यको थालनी गरेको हो अध्यक्ष घर्तीमगरले भने । फिल्डमै गएर प्रयोगात्मक अभ्यास गर्नुको साटो कालो पार्टीमै विरुवा रोप्ने, कालो पाटीमै धान फलाउने शिक्षा पद्धती कारण विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको कमी भएकाले शिक्षालाई वढी भन्दा वढी प्रयोगात्मक वनाउन यस्तो कार्यको थालनी गरेका हौ अध्यक्ष घर्तीले भने । विद्यार्थीको पढाई पनि प्रयोगात्मक हुने विद्यालयको आमदानीको श्रोत पनि वृद्धी हुने हुदा यस तर्फ जोड दिएका छौ अध्यक्ष घर्तीले भने । विद्यालयमा सिकेको ज्ञान सीपलाई घरको करेशावारीमा समेत प्रयोग गरिरहेको घर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?