© २०२३
बुटवल,२४ माघ । काठमाडौंको तीन कुखुरा फार्ममा फर्ममा बर्डफ्लू पुष्टि भएको छ ।
पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो । बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।
ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।
पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।
उता, तारकेश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको पशु विभागले जनाएको छ । बर्ड फ्लु पुष्टी भएपछि किसान र व्यवसायीहरु चिन्तित बनेका छन् । तस्वीर : फाइल