ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

मध्यविन्दु एग्रो प्रा.लि.कृषिजन्य उत्पादनको केन्द्र

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

ब्यवसायिक कृषिको अवधारणा लिएर सञ्चालनमा आएको मध्यविन्दु एग्रो फर्म प्रा.लि. पछिल्लो समय यस क्षेत्रको तरकारी तथा कृषिजन्य बस्तु उत्पादनको मुख्य केन्द्र बनेको छ ।बर्दघाट सुस्ता पूर्व त्रिवेणी गाउँपालिकाको दुम्किबासमा विगत २ वर्षदेखि सुरु भएको फर्ममा बहुवर्षिय र मौसमी तरकारी खेती हुँदै आएको छ । मनकामना माध्यमिक विद्यालयको करिब ३३ विगाहा जमिन २० वर्षको लागि लिजमा लिएर सञ्चालन भएको फर्ममा बहुवर्षिय खेतीमा कागती, डालेघाँस र बाँस लगायतका रहेको सञ्चालक हरी भुर्तेलले बताए ।
पशुपालनको समेत अवधारणा लिएर बहुवर्षिय डालेघाँस, नेपियर, बाँस लगायतका बिरुवाहरू करिब ७ विगाहामा लगाइएको उनले बताए । खोला किनारमा सँचालित फर्मको करिब ४ विगाहामा कागती खेती समेत गरिएको छ ।
७ जना पुर्णकालिन र मासिक करिव १ सय ५० दैनिक ज्यालामजदुरी कर्मचारीलाई रोजगारी प्रदान गरेको फर्मले विशेषगरी सिजनल तरकारी उत्पादन गरी नारायणगढ, बुटवल र काठमाण्डौ निर्यात गरेको भुर्तेलले बताए । आफ्नो फर्ममा सिजन अनुसार मकै, तोरी, सुर्यमुखी, मसुरो लगायतको खेती समेत गर्दै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिक परियोजना (पकेट कार्यक्रम) समेत सञ्चालन भएको फर्मको लागि वार्षिक ५ लाख रूपैयाँ कृषि औजार खरिदको लागि अनुदान प्राप्त हुँदै आएपनि प्राविधिक सहयोग हुन नसकेको गुनासो सञ्चालक भुर्तेलले गरे । फर्मका अध्यक्ष चन्द्रकान्त चापागार्इँ कृषि प्रधान देशमा कृषिमा केहि गर्नुपर्छ भनेर करिब १ करोड लगानी गरिएको छ, तर प्राविधिक ज्ञानको कमी र सम्बन्धित निकायबाट प्राविधिक सहयोग पाउन नसक्दा सोँचेजस्तो उपलब्धि पाउन नसकिएको बताउँछन । उनले भने ‘कृषिमा आत्मनिर्भरताको लागि कृषकलाई उत्प्रेरणा र सम्बन्धित निकायबाट प्राविधिक सहयोग आवश्यक छ ।’
अहिले वार्षिक करिब ३० लाख सँचालन खर्च हुने गरेको र खर्चको तुलनामा आम्दानी हुन नसकेको भुर्तेलको भनाइ छ । ‘हामी अझै पनि भौतिक पूर्वाधार निर्माण र सिकाइकै क्रममा भएकोले पनि नाफा कमाइहाल्ने अवस्थामा छैनौँ तर भविष्यमा पशुपालन समेत सुरु भएपछि प्रतिफल पाउने आशामा छाँै ।’उनले बताए । नेपालमा उत्पादित कृषि उपजको उचित बजार ब्यवस्थापन हुन नसक्दा, सिँचाइ, मल बीउ समयमा उपलब्ध नहुँदा कृषि पेशामा कठिनाइ भएको उनको तर्क छ । नेपालको बजारमा भारतिय कृषि उपजको बाहुल्यता रहनुले पनि नेपालमा कृषि पेशा गर्नेहरू विस्थापित हुँदै गएको उनी बताउँछन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?