ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

कृषि क्याम्पसको मनपरी, बिद्यार्थीहरु अलपत्र

२८ असार २०७५, बिहीबार
२८ असार २०७५, बिहीबार

भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन ।
क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन ।
कृषि तथा पशु बिज्ञान अध्ययन हुने शैक्षिक संस्था पक्लिहवा कृषि क्याम्पसमा नया शैक्षिक सत्र शुरु भए देखी नै बिद्यार्थी संगठनहरु बिच बिद्यार्थीहरुलाई आ– आफ्नो संगठनमा तान्न प्रतिष्प्रर्धा हुने गरेको छ । अनेरास्ववियु र नेपाल बिद्यार्थी संघ बिच नया बिद्यार्थीलाई आफ्नो संगठनमा प्रवेश गराउने क्रममा भएको सामान्य झडपलाई क्यम्पसले निहु बनाउदै सबै छात्रावासमा बस्ने सबै बिद्यार्थीलाई क्याम्पस छोड्न मंगलबार उर्दि जारी गरेको हो ।
पहिलो दिनको अभिमुखीकरण कक्षा लिएका बिद्यार्थीहरु एक्कासी साझ ६ बजे पछि क्याम्पसको सूचनाका कारण हत्प्रभ देखिन्थे । देशका बिभिन्न जिल्लाबाट अध्ययन गर्न आएका बिद्यार्थीहरु क्याम्पसको उर्दि पछि “अब कहा जाने ?” भन्दै चिन्तित देखिएका थिए । “बुवा त अहिले घर पनि पुग्नु भएको छैन होला, म कहा जाउ” बिद्यार्थी लक्ष्मी पाण्डेले चिन्ता देखाईन । दुई बिद्यार्थी संगठनका कारण आफुहरुको पढाई मात्र हैन जिउ ज्यान समेत खतरामा पुगेको बिद्यार्थीहरुको चिन्ता थियो । क्याम्पस प्रशासनले बिशेष गरि महिला बिद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राख्नु पर्ने उनिहरुको भनाई थियो ।
पक्लिहवा क्याम्पसले दुई बिद्यार्थी संगठनको विवादका कारण देखाउदै अनिश्चित कालीन समयको लागी क्याम्पस सनडाई (बन्द)को सूचना प्रकाशित गरेको छ । क्याम्पसले स्थानिय प्रहरी प्रशासनको सहयोगमा क्याम्पस खाली गराएको थियो । क्याम्पस भरि बिद्यार्थीको सट्टा प्रहरी मात्र देखिन्थे । बिद्यार्थी संगठनहरुको झगडा र प्रशासनको गैर जिम्मेवार पूर्ण निर्णयका कारण मारमा परेका बिद्यार्थीहरुको सुरक्षाको लागी क्याम्स प्रशासन र बिद्यार्थी संगठनहरुले कुनै बैकल्पिक ब्यवस्था गरेको थिएन । बिद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई र प्रशासनले संगठनलाई दोष दिदै आएका छन । अनेरास्ववियुका सचिव अनुप पौडेलले अझै पनि क्याम्पस सञ्चालनको लागी दबाव दिने बताए । बिद्यार्थीहरुको बैकल्पिक बसाईको बिषयमा उनले केही बोल्न सकेनन् ।
बिद्यार्थीहरुको साझा संगठन स्वतन्त्र बिद्यार्थी युनियनका सभापति रिकेश श्रेष्ठले बिशेष गरि टाढाका महिला बिद्यार्थीहरुलाई अन्य बिद्यार्थीहरु संगै रान्ने बताए ।
भैरहवाबाट करिब ३ किलोमिटर पर रहेको यो क्याम्पसमा राती हुनै लाग्दा महिला बिद्यार्थीहरुको बाहिर निस्किनु पर्यो । उनिहरुको अवश्था हेरेर न क्याम्पस प्रशासन आफ्नो दायित्व बोध भयो न बिद्यार्थी संगठनहरुलाई नै । राती राती भौतारि रहेको यी बिद्यार्थीहरुलाई केही भए यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा सबै मौन बसे । बिद्यार्थीहरुको अध्ययन गर्न पाउने अधिकार हनन् भयो नै उनिहरु असुरक्षित समेत भए । क्याम्पसका ९० प्रतिशत बिद्यार्थीहरुले क्याम्पस खुल्नु पर्छ, हाीले पढ्न पाउनु पर्छ भन्दा भन्दै आफुहरुको पढाई खोसिएको बिद्यार्थी अविनाश भट्टराईको गुनासो थियो ।
पक्लिहवा कृषि क्पायम्सका क्याम्पस प्रमुख डा. कन्हैया प्रसाद सिंहल बिद्यार्थीहरुको झगडालाई क्याम्पस प्रशासनले नियन्त्रणमा ल्यान नसक्दा क्याम्पस प्रहरी प्रशासनलाई सुम्पेको बताए । उनले बिद्यार्थीहरुलाई साझ ४ बजे सूचना जारी गरि ६ बजे भित्र क्यम्पस खाली गर्न आग्रह गरिएको बताए ।४ बर्षे कृषि र ५ बर्षे भेटेरेनरीको बिषयमा स्नातक तह सम्मको पढाई हुने यस क्याम्पसमा देशभरि बाट नै बिद्यार्थीहरु आउने गरेका छन । ५ सय बढी बिद्यार्थी रहेको यस क्याम्पसको छात्रावासमा १ सय ३० जना महिला बिद्यार्थी र १ सय ३० जना नै पुरुष बिद्यार्थी रहेको क्याम्पस प्रमुख सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?