ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

करार खेतीप्रति किसान उत्साहित

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

प्रदेश नम्बर ५, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सुरु गरेको करार खेती योजनाको मापदण्ड तयार भएको छ । किसानले खेती गर्न चाहेको तर जग्गा अभाव रहेकोमा प्रदेश सरकारले नै जग्गाको भाडा ९रेन्ट० तिरिदिने गरी ल्याएको योजना अनुसार अहिले आवेदन संकलन कार्य भैरहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार गत असोज २५ गतेबाट ३० दिन सम्मको म्याद राखी आवेदन माग गरिएको छ । सोही अनुसार अहिले जिल्ला जिल्लामा रहेका कृषि ज्ञान केन्द्र तथा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधामनन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत आवेदन संकलन कार्य जारी रहेको छ । यसरी संकलन भएका आवेदनका आधारमा किसानहरू छनौट गरी किसानले गर्ने खेतीको भाडा सरकारले नै तिरिदिनेछ ।
आफ्नो जग्गा नभएका किसानहरूलाई खेतीमा आकर्षण गर्नको लागि ल्याइएको यो योजना अनुसार बढि भन्दा बढि किसान लाभान्वित हुने गरी योजना अगाडि बढाइएको बरिष्ठ कृषि विकास अधिकृत विदेन घिमिरेको भनाइ रहेको छ । उनी भन्छन्–‘ कार्तिक २५ गते सम्मको म्याद राखिएको छ , सोही अनुसार अहिले आवेदन संकलनको कार्य अगाडि बढीरहेको छ । ’
बाँझो रहेका जग्गाको उत्पादनमूलक उपयोगमा सहयोग पु¥याउने र भूमिहिन कृषकको आर्थिक हैसियतमा सुधार ल्याउने उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलाय, प्रदेश नं.५ बुटवलले करार खेती कार्यक्रम ल्याएको ल्याएको हो ।
करार खेती योजनामा मुख्य उद्देश्यमा प्रदेश सरकारले स्थानिय तहहरूले मातहतमा रहेका त्यस्ता जग्गाहरूको एकिन गरी प्रदेशको समग्र कृषि उत्पादनमा बृद्धि गर्न सकिने अवधारणा राखेको छ ।
किसानहरूलाई यस्तो प्रकृतिको खेतीको लागि छानौट गर्दा पहिलो प्राथमिकतामा सरकारी स्वामित्वमा रहेका जग्गालाई राखिएको छ । यस्तै दोस्रो प्रथामिकतामा गुठी वा विद्यालय वा अन्य संस्थानका जग्गा भएको जग्गा छनौट भएको राखिएको छ । यस्तै तेस्रो प्रथामिकतामा अनुपस्थित जग्गाधनीहरूको बाँझो जग्गा लाई राखिएको छ । यस्तै चौथो प्राथमिकतामा अनुपस्थित जग्गाधनीहरूको खेती भैरहेको जग्गा र पाँचौ प्राथमिकतामा उपस्थित जग्गाधनीहरूको खेती भैरहेको जग्गा राखिएको छ ।
प्रदेश नम्बर ५, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यम नारायण देवकोटाका अनुसार करार खेती कार्यक्रमका उद्देश्य खेती गर्न इच्छा भएका तर आफ्नो जग्गा नभएका र भाडामा जग्गा लिने हैसियत नभएका कृषकहरूलाई खेतीमा संलग्न गराउने, भूमिहिन कृषकको आर्थिक हैसियतमा सुधार ल्याउने योजना अगाडी बढाइएको छ । सचिव देवकोटा भन्छन्–‘बाँझो रहेका जग्गाको उत्पादनमूलक उपयोगमा सहयोग पु¥याउने, प्रदेशको समग्र कृषि उत्पादनमा बृद्धि गर्ने योजना उद्देश्यमा राखिएको छ । ’
प्रदेशका १३ वटै जिल्लाहरू नवलपरासी पश्चिममा कृषि ज्ञान केन्द्र, रूपन्देहीमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा, कपिलवस्तुमा कृषि ज्ञान केन्द्र तौलिहवा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलहवामा आवेदन दिन सकिन्छ । यस्तै पाल्पामा कृषि ज्ञान केन्द्र तानसेन, गुल्मीमा पनि कृषि ज्ञान केन्द्र तम्घास, अर्घाखाँचीमा कृषि ज्ञान केन्द्र सन्धीखर्क, प्युठानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्युठान, रोल्पामा कृषि ज्ञान केन्द्र लिवाङ्ग र भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र लिवाङ्गमा आवेदन दिन सकिन्छ ।
मन्त्रालयका अनुसार दाङ्ग जिल्लामा रहेको कृषि ज्ञान केन्द्र घोराही र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही, बाँके जिल्लामा कृषि ज्ञान केन्द्र नेपालगञ्ज, बर्दियामा प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन बर्दिया र कृषि ज्ञान केन्द्र बाँकेमा र रुकुम पुर्वमा सिस्ने गाउँपालिका कृषि शाखा, रुकुमकोट वा कृषि ज्ञान केन्द्र लिवाङ्गमा आवेदन दिन सकिने जनाइएको छ ।
करारमा खेती (कृषि तथा पशुपंक्षीपालन) व्यवसायक कृषि कायम बारे निस्कृत ढाँचामा रहेको निवेदन दिनुपर्दछ । जसमा आयोजनाको प्रस्तावना, नागरिकताको प्रतिलिपी, जगा धनी र भाडामा लिने कृषक बीचको स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा गरिएको सझौताको प्रतिलिपी, जग्गा धनी पुर्जाको प्रतिलिपी, करार खेती गर्ने किसानले सम्झौता अवधिभर कृषि गर्ने प्रतिवद्धताको प्रतिलिपी, भूमिहिन कृषकको हकमा सम्बन्धीत वडा कार्यालयको भुमिहिनको सिफारिस पत्र राख्नुपर्दछ । भुमिहीन ३ कठ्ठा सो भन्दा कम जमिन भएका किसान हुनुपर्ने मापदण्ड रहेको छ भने एक जना किसानले तराईमा १ देखि १० विघा जग्गा र पहाडमा १० देखि १०० रोपनीमा खेती गर्नुपर्ने हुन्छ ।
एक बर्ष बाली खेती गर्ने भएमा कम्तीमा ५ बर्ष र फलफलु वा स्थायी संरचना खडा गरी खेती गर्ने अवस्था भएमा कम्तीमा १५ बर्षको जग्गा करार हुनुपर्ने छ । यस्तै भाडमा लिने जग्गा कम्तीमा ५ विघा द तराईमा र ५० रोपनी पहाडमा एकै कलष्टरमा पर्ने छ । सो जग्गा एक वा एक भन्दा बढि व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको हुन सक्ने छ ।
यसरी जग्गा भाडमा लिई खेती गर्ने किसानलाई मन्त्रालयबाट पहिलो बर्ष १०० प्रतिशत, दोस्रो बर्ष ५० प्रतिशत र तेस्रो बर्षमा २५ प्रतिशत भाडा उपलब्ध गराउने छ ।
यस्तै तराईमा प्रति कलस्टर ५ विघा र पहाडमा ५० रोपनी जग्गा उत्पादनका लागि पुर्वाधार विकासको लागि कुल लागतको ८५ प्रतिशत र ३ लाख मध्ये जुन कम हुन आउछ त्यो उपलब्ध हुने छ । अनुदान रकम मध्ये १० प्रतिशत रकम आवश्यकता अनुसार उत्पादन सामग्री खरिदमा खर्च गर्न सकिने छ । करार खेती कार्यक्रममा प्रदेश ५ का ५ सय भन्दा बढि किसानहरू सहभागी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?