ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बहुभाषिक शिक्षामा गाउँपालिकाको बजेट

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

शुद्धोधन गाउँपालिकाले सबै वडामा रहेका विद्यालयमा बहुभाषिक शिक्षा लागू गर्ने भएको छ । बहु धार्मिक बहु सांस्कृतिक विविधता रहेको गाउँपालिकामा मातृभाषामा शिक्षा प्रदान गर्ने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष निसार अहमद खाँले ६ वटा वडामा रहेका मदरसा, प्रावि तथा अंग्रेजी पठनपाठन गर्ने विद्यालयहरुमा बजेट दिइने बताए । गाउँपालिकामा रहेका थारु, मुस्लिम, मधेशी समुदायका बालबालिकालाई मातृ भाषामा शिक्षा प्रदान गर्नका लागि र शिक्षामा गरि ५६ लाख रकम विनियोजन गरिएको छ । आ.ब. २०७५÷०७६को बार्षिक निति तथा कार्यक्रममा बहुभाषिक शिक्षालाई गाउँपालिकाले बजेट दिएको हो ।
शुद्धोधन गाउँपालिकामा १२ वटा प्रा.वि. र ७ वटा मदरसा छन् । गाउँपालिकाले त्यहा अध्ययनरत बालबालिकाहरुलाई मातृभाषामा शिक्षा प्रदान गर्नका लागि आवश्यक पाठ्यपुस्तक, शिक्षकको व्यवस्थापनका लागि समेत बजेट उप्लब्ध गराउने निति लिएको प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोख्रेल बताउछन् । “हामीले अहिले गाउँपालिकाको समग्र्र शिक्षाको विकासलाई प्राथमिकतामा राखेका छौ” उनले भने । गाउपालिकालाई यसै बर्ष पूर्ण भर्ना गाउपालिकाको रुपमा घोषणा गरिने, बालमैत्री शिक्षा गुरुयोजना तयार गरि लागु गरिने, बालमैत्री गाउँपालिका घोषणा गर्न आवश्यक पूर्वाधार तथा सुचकहरु पुरा गर्दै जाने लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको छ । मदरसामा अध्ययनरत मुस्लिम समुदायका बालबालिका तथा सामुदायिक विद्यालयमा नेपाली पाठ्यक्रम अध्ययनरत अवधी भाषी बालबालिकालाई मातृ भाषामा अध्ययन गर्दा सहज हुने र बालबालिकाको शिक्षाको जग बलियो हुने भएकाले मातृ तथा बहुभाषिक शिक्षाको निति लिइएको गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेको भनाई छ ।
यसै बिच शुद्धोधन गाउपालिकाको निती, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउसभा सम्पन्न भएको गरेको छ । “बिकसित र समृद्ध शुद्धोधन, सुखी र खुसी हरेक जन” भन्ने मुख्य नाराका साथ आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट पेश गरिएको छ ।
गाउपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १३ करोड ६१ लाख ७५ हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने बजेट रु. ८ करोड ७८ लाख २० हजार, र अन्य शसर्त अनुदानमा रु. १० करोड ४९ लाख , गाँउपालिकाको आन्तरिक आम्दानी तर्फ रु. ५० लाख, सामाजिक सुरक्षा कार्यक्तम तर्फ रु ५ करोड ५० लाख समेत गरी ४० करोड ३८ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । उक्त रकम मध्ये चालु तथा साधारण खर्चतर्फ रु. ७ करोड ९० लाख, पुंजीगत एवं बिकास बजेट तर्फ १६ करोड ४९ लाख ९५ हजार, सशर्त अनुदान चालुतर्फ १५ करोड ९९ लाख बिनियोजन गरिएको छ । अध्यक्ष निसार अहमद खाँ ले नीति तथा कार्यक्रममा राजस्व परिचालन तथा श्रोत अभिवृद्धि, आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, बन बातावरण तथा बिपद ब्यबस्थापन, सेवा प्रवाह, र सुशासन तथा संस्थागत बिकास गर्न कार्य अघि बढाउन जोड दिएका छन् । गाउपालिका भित्र आ.ब.०७५÷७६देखि मालपोत तथा भुमिकर हटाई एकिकृत सम्पत्ति कर लागु गरिने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?