ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

झुलेनी गएर त हेर !

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

झुलेनी(प्यूठान)अग्लो डाँडो । गर्मीमा बसीरहौँ लाग्ने शितलता । समुन्द्री सतहदेखि एक हजार नौ सय ९१ मिटर उचाई । गाडीबाट ओर्लेपछि अलिकती पैदल हिड्नुपर्ने । तर, पुगेपछि छुट्टै आनन्द लाग्ने ‘झुलेनी’ । प्यूठान नगरपालिका–६ माझकोटमा पर्ने झुलेनीको आफ्नै विशेषता छ । स्थानीय बुढापाकाका अनुसार देशभर रहेका भण्डारी गोत्रीयहरुको उत्पती यहीबाट भएको हो । जातिय संस्कृतिसँग जोडिएको यस क्षेत्रमा थुप्रै संभावना छन् ।
मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण झुलेनीको प्रवद्र्धनमा स्थानीय कस्सिएका छन् । ढाँडमेला सामुदायिक वन क्षेत्रमा झुलेनी रहेको छ । अव्यस्थित रुपमा फैलिएको झाडीलाई स्थानीयले फडानी गरेर चिटिक्क पारेका छन् । भण्डारी बन्धुहरुको उद्गमस्थल र मनोरम पर्यटकीयस्थलको रुपमा विकास गर्नेगरी स्थानीयले सक्रियता बढाएका छन् । गर्मीयाम, बजार क्षेत्र र कोलाहलमा बसेर दिक्क मानेकाहरुलाई यस ठाउँ सवैको नजरमा पर्नसक्ने देखिन्छ ।
प्यूठान नगरपालिकास्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ हुँदै आरुगैरासम्म नियमित जिप संचालन छ । आरुगैरा ओर्लेपछि झण्डै दुई किलोमिटर पैदल हिडेपछि झुलेनी पुग्न सकिन्छ । कालीपोखरीबाट झुलेनीसम्म करिव पैदल मार्ग निर्माण गरिएको छ । स्थानीयले कालीपोखरीसम्म मोटरवाटो निर्माण गर्न माग गरेका छन् । यहाँसम्म गाडी करिव आधा घण्टा हिडेपछि झुलेनीमा पुग्न सकिने छ ।
लुकेर रहेको झुलेनीको विकास एवं प्रवद्र्धनका लागि यसवर्ष पूर्वाधार निर्माणको काम भइरहेको छ । झुलेनी क्षेत्रभरी रहेको झाडी सफा गर्ने, पैदल मार्ग निर्माण, वृक्षारोपण गरिएको छ । केही दिनभित्रै तारजाली लगाएर संरक्षित गर्ने योजना समेत स्थानीयले बनाएका छन् । ‘प्रचारप्रसारको अभावले संभावनाले भरिपूर्ण झुलेनी ओझेलमा परिरह्यो’,झुलेनी संरक्षण समितिका अध्यक्ष माधवराज भण्डारीले भने,‘नेपाल पर्यटन वोर्डबाट दशलाख रुपैयाँ बजेट आएपछि संरक्षणमा जुटेका छौँ ।’ यसअघि केही निकायमा झुलेनीको विकासमा बजेट माग गरेपनि सुनुवाई नहुँदा काम गर्न नसकिएको उनले सुनाए । ‘एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाको पहलमा दशलाख बजेट प¥यो’,भण्डारी भन्छन्,‘स्थानीय पनि खुसी भएका छन् ।’ प्राप्त बजेटले स्थानीय समुदायलाई परिचालित गरी काम गरिएको उनले जानकारी गराए ।
छिट्टै झुलेनी क्षेत्रको विस्तृत गुरुयोजना बनाएर भौतिक पूर्वाधार निर्माणको कामलाई तिव्रता दिने योजनामा रहेको समितिका सचिव धनेश्वर भण्डारीले जानकारी गराए । पिकनिक स्थल, भ्यू टावर निर्माण, होमस्टे, प्रतिक्षालय, खानेपानीको व्यवस्थापन गर्नेगरी योजना अघि बढाइने उनले सुनाए । ‘देशभरीका भण्डारी बन्धुलाई एकपटक झुलेनीको वारेमा जानकारी गराउदैछौँ’,उनले भने,‘प्रदेश पाँचकै रमणीय क्षेत्रको रुपमा यसलाई विकास गर्नेगरी योजना अघि बढ्नेछ ।’ विभिन्न निकायहरुले गरेको आर्थिक सहयोगलाई सही रुपमा परिचालन गर्न स्थानीयवासीले भरपूर्ण साथ गरेकाले कार्यान्वयनमा सहजता मिलेको उनले अनुभव सुनाए ।
प्यूठान नगरपालिकाले छिट्टै नगर पर्यटन गुरुयोजना बनाउने तयारीमा रहेको झुलेनी भ्रमणमा पुगेका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारीले जानकारी गराए । ‘नगरको पर्यटन गुरुयोजनामा झुलेनीलाई विशेष प्राथमिकता दिइने छ’,उनले भने,‘हरेक हिसावले यस क्षेत्रमा संभावना देखिन्छ ।’ स्थानीयको आर्य आर्जनसँगै नगरपालिकाको समृद्धीसँग यसलाई अघि बढाउन सकिने उनले बताए । नेपाल पर्यटन बोर्डबाट चालु आर्थिक वर्षमा दशलाख रुपैयाँ बजेट नगरपालिकाको खातामा आएपछि काम थालिएको उनले सुनाए ।
छिमेकी नौवहिनी गाउँपालिकासँग समेत झुलेनी जोडिएको छ । साविकको फोप्ली वडा नम्वर २ को केही भाग यस क्षेत्रमा पर्दछ । भौतिक पूर्वाधार निर्माणमा नौवहिनीले समेत प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत थानेश्वरी भण्डारीले जानकारी गराए । ‘देशभरका भण्डारीको इतिहास यहीबाट उपलव्ध हुनेगरी योजना बनाउनुपर्छ’,उनले भने,‘आकर्षण पर्यटकीय गन्तव्यको रुपमा अघि बढ्ने गरी विस्तृत गुरुयोजनामा ध्यान दिनुजरुरी छ ।’ मनोरम एवं शान्तिपूर्ण झुलेनी क्षेत्रको प्रर्वद्धन एवं विकास गर्नसके आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने आशा गरिएको छ ।
हरियाली झुलेनी बनाउनका लागि जिल्ला वन कार्यालयसँगको सम्वन्यमा वृक्षारोपण समेत गरिएको छ । धुपीसल्ला र कपुर गरी तीनसय ५० वटा विरुवा रोपिएको छ । भण्डारीहरुको इतिहाससँग जोडिएको र खेर गइरहेको सामुदायिक वनलाई स्थानीयको आर्य आर्जनसँग जोड्ने उद्देश्यले वन कार्यालयले विरुवा निःशुल्क उपलव्ध गराएको रेञ्जर हरी पौडेलले बताएका छन् । ‘नेपालमा सामुदायिक वनबाट करोडौँ रुपैयाँ कमाउनेहरु पनि छन्’,उदाहरण सुनाउँदै उनले भने,‘झुलेनी क्षेत्रलाई पनि पर्यटनसँग जोडेर राम्रो आम्दानी गर्न सकिन्छ ।’ जिल्लामा ४४ दशमलव ७८ हेक्टर क्षेत्रफल वनले ओगटेको उनले सुनाए । ‘हिजोआज दृश्य हेरेर रमाउने पर्यटकहरुको संख्या बढ्दो छ’,पौडेलले भने,‘त्यसको संभावना झुलेनीमा देखियो । राज्यले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’ पर्यपर्यटनको माध्यमबाट नै स्थानीयको जीवनशैली परिवर्तन गर्नसकिने उनले अनुभव सुनाए । उकालो यात्रा पारगरेपछि झुलेनी क्षेत्र समथल छ । बीचमा पोखरी निर्माण गरिएको छ । यहाँबाट प्यूठानका धेरैजसो भुभागसहित विभिन्न हृमश्रृखलाहरु समेत दृश्वालोकन गर्न सकिन्छ । मिलेको फोप्लीको लुप्लुङ नजिकैबाटै नियाल्न सकिन्छ । जिल्लाका धेरैजसो जातजातीले आफ्नो इतिहास खोजेको पाइदैन् । भण्डारी गोत्रिय बन्धुहरुले आफ्नो पुर्खाको इतिहास खोज्ने प्रयास गरिहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?