ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

नगरवासीको आकांक्षा अनुसार अघि बढेका छौं ।

२७ असार २०७५, बुधबार
२७ असार २०७५, बुधबार

नरुलाल चौधरी
मेयर, घोराही उप–महानगरपालिका, दाङ
स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष वितिसक्यो । केन्द्रमा रहेको सिंहदरवार गाँउघरमा लिएर आएका जनप्रतिनिधिले वितेको एक वर्षमा के के काम गरे । जनप्रतिनिधिहरुले स्थानीयहरुको समस्यालाई सम्वोधन गर्न सके या सकेनन् । संघियताको अभ्यासमा रहेका स्थानीय तहले कसरी काम गरीरहेका छन् । प्रस्तुत छ, घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीसंग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षेप ।

 यो एक वर्ष कसरी वित्यो ?
सर्वप्रथम त संघियताको अभ्यास थालेको नेपालमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउदै जनस्तरका आकांक्षा परीपुर्ति गर्न हामिलाई जनताले विश्वास गरेर पठाए । जव घोराही उप महानगरपालीकामा मेयरको जिम्वेवारीमा आउदा कर्मचारी अभावमा विताइयो । काम गर्ने चाहाना हुदाहुदै पनि यो एक वर्षमा मैले चाहे अनुरुप काम गर्न सकिन तर काम हुदै नभएको भने होईन । भएको नगरपालीकामा नजिकका गाविसहरु मिसायर उप महानगरपालीका बन्यो तर ति वडाहरुमा सचिव देखी लिएर अन्य कर्मचारीहरुको अभाव रह्यो । हामिसंग भएको जनशक्तिलाई परीचालन गरेर जनताका काम भने अहिले सम्म रोकेका छैनौ । त्यसैलाई नै हाम्रो उपलब्धि मानेका छौ ।

वितेको एक वर्षमा घोराहीको विकाशका लागि के गर्नु भयो ?
घोराहीलाई औद्योगिक नगरी बनाउनका लागि “उद्योगको विविधिकरण, रोजगारीको सुदृढिकरण” भन्ने नारालाई अभियानकै रुपमा लगिरहेका छौ । उद्योग स्थापना गरेर रोजगारीको अवसर श्रृजना गर्न योजना बनायौ । पर्यटन क्षेत्रको विकाशका लागि घोराही उप महानगरपालीका क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारका साथै विकाशका लागि अनवरत रुपमा लागेका छौ । स्वास्थ्य क्षेत्र तर्फ एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा अनुरुप सवै वडाहरुमा नगरस्वास्थ्य क्लिनिकहरु स्थापना गर्यौ । घोराहि उप महानगरपालीकालाई चिनाउन नगरभित्र रहेका विभिन्न मौलिक संस्कृतिको संरक्षणका लागि होमस्टे सञ्चालनमा ल्याएका छौ । वितेको वर्ष थारुहरुको वाहुल्यता भएको वार्ड नं ९ को सीसहनियामा थारु ग्राम, वार्ड नं ३ को घोरदौरामा मगर ग्राम सञ्चालनमा ल्याईएको छ । कृषि क्षेत्रको विकाशका लागि सिंचाई अभाव भएका ठाँउहरुमा सींचाईको सुविधाका लागि र पर्यटनको पनि विकाशहुने लक्ष्यका साथ कृतिम जलासयहरु निर्माण भएकाछन् । उप महानगरवासीहरु उज्यालोवाट वञ्चित नहुन भन्नका लागि विद्युत विस्तार तथा सोलार वितरण गरीएको छ ।

भौतिक सुधारतर्फ के के काम भए त ?
भौतिक तथा पुर्वाधार निर्माण तर्फ सवैभन्दा पहिलो प्राथमिकता भनेको सडक नै हो सवै वडाहरुवाट केन्द्रलाई जोड्न सफल भएका छौ यो वर्षमा । घोराहीको १९ नं वडामा विकाश गर्नुपर्ने धेरै नै छ तर अहिले सडकको ट्रयाक खोल्नेकाम भएको छ भने आगामि वर्षहरुमा त्यहाँ अन्य विकाशका कामहरु गर्ने योजना छ । त्यस्तै स्थानीय सडक,पुल तथा झोलुङ्गे पुल गरी ५३ लाख बरावरको काम सम्पन्न भएको छ । यसमा ट्रयाक खोल्ने काम देखी मर्मत, नाला निर्माण, जनताको लागत सहभागिताका कालोपत्रे सम्मका कामहरु भएका छन् । त्यसैगरी कृषितर्फ सींचाईका लागि पम्पसेट खरीद देखी लिफ्ट सींचाई आयोजनाहरु सञ्चालनमा ल्याईएको छ । त्यस्तै शिक्षा तर्फ नगर भित्र रहेका ५७ वटा विद्यालयहरुको भौतिक सुधारका लागि एक करोड ३८ लाख ७ हजार रुपैया खर्च भएको छ भने विद्यालयहरुको भौतिक अवस्थामा केही सुधार पनि आएको छ । मावि जजरागाँउलाई विद्यार्थीलाई कम्युटर शिक्षा दिने उद्देश्यले कम्युटर खरीद गरी दिईएको छ । समेत स्वस्थ्य तर्फ नगर स्वस्थ्य केन्द्र भौतिक सुधारका लागि ६० लाख रुपैया खर्च गरी स्वस्थ्य केन्द्रहरु निर्माण भएकाछन् । त्यस्तै मानसीक सन्तुलन गुमाएका ब्यक्तिहरुको व्यवस्थापनका लागि प्रेरण नेपाल नामक संस्थालाई रकम उपलव्ध गराई अहिले भवन निर्माणको काम भैरहेको छ । पानी मानिसको जिवनको लागि अत्यावश्यक भएकोले नगरवासीहरुले पिउने पानीको समस्या भोग्नु नपरोस् भनेर ९७ वटा साना तथा ठुला खानेपानीका आयोजनाहरु सम्पन्न भएका छन् । कतै कुँवा निर्माण भएको छ भने कतै डिप वोरीङ गरी पिउने पानीको व्यवस्था मिलाईएको छ । संस्कृति संरक्षण तथा प्रर्बद्धन तर्फ ८२ लाख ७५ हजार २०० रुपैया खर्च भएको छ । त्यसवाट मन्दिरहरुको भौतिक सुधार, पुर्वाधार विकाश, धार्मिक क्षेत्र संरक्षण लगाएतका कामहरु भएकाछन् । खेलकुद तथा मनोरञ्जन शिर्षकमा ४३ लाख ७५ हजार रुपैया खर्च गरेका छौ । त्यसवाट खेलकुद सामाग्री खरीद, खेल मैदान निर्माण, प्रदेश स्तरीय क्रिकेट मैदान निर्माणको चरणमा छ । नगर भित्र विद्युत विस्तारकालागि पोल खरीद ट्रान्सफरमर खरीद समेत गरीएको छ ।

दिर्घकालीन योजनाकालागि यो वर्ष नगरले केके कामहरु गरेको छ ?
घोराही उप महानगरपालीका क्षेत्र भित्र पर्ने गरी क्षेत्रिय विमानस्थलको सम्भाव्यता अध्ययनको काम समेत सुरु भएको छ । त्यस्तै घोराही उप महानगरपालीका भित्र र बाहिरी चक्रपथ निर्माणको लागि सम्भाव्यता अध्ययन भैरहेको छ । त्यस्तै नगरक्षेत्र भित्र चिडियाखाना अध्ययन तथा व्यवस्थापनकालागि पनि काम भैरहेको छ । बुढाकोट मौलाकोट प्याराग्लाईडिङको सम्भाव्यता अध्ययनको काम पनी भैरहेको छ भने सार्वजनीक अपार्टमेन्ट निर्माणकालागि सम्भाव्यता अध्ययनको काम भैरहेको छ । ल्याण्डफिल साईट व्यवस्थापनकालागि नगर क्षेत्रवाट उठ्ने गल्ने र नगल्ने फोहरलाई छुट्टाएर फोहरलाई मोहरमा परीणत गर्नेकाम भएको छ । गल्ने फोहरवाट ग्याँस उत्पादन गरी विक्रि गर्नकालागि एक निजि कम्पनी संग सम्झौता समेत भैसकेको छ । बजार क्षेत्रभित्र सार्वजनीक सौचालय निर्माण भएका छन् ।
अन्त्यमा
जनताले जनप्रतिनिधिहरुवाट धेरै अपेक्षा गर्नुभएको छ । त्यस अनुरुप हामिले काम अझै गर्न सकेका छैनौ । तर यो होईनकी हामि हात बाँधेर वसेका छौ । हामि अत्यन्त चिन्तित छौ । जनताको कामगर्ने भनेर जनप्रतिनिधि वनेका हौ र त्यसै अनुरुप गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । हामिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने, सल्लाह सुझाव दिन पनि म नगरवासीहरुमा आग्रह गर्दछु ।
प्रस्तुतीः सन्तोष अधिकारी, दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?