ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना
विचार

कालिका मानवज्ञानको उचाई कायम राख्ने उपाय

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

गत अंकमा बुटवल कालिका मानवज्ञान मावि कसरी राष्ट्रमै नमूना बन्यो भन्ने विषयमा विस्तृत चर्चा गरियो । अब कालिका मानवज्ञान माविले आफ्नो उचाई कसरी कायम राख्नुपर्छ भन्ने विषयमा पनि चर्चा गर्नु आवश्यक सम्झेको छु । कालिका मानवज्ञान माविले निश्चित रुपमा सफलताको शिखर चुमेको छ । देशभरका हजारौ संख्यामा रहेका सामुदायिक विद्यालयलाई उछिनेर उत्कृष्टमध्ये एउटा भएको छ । मोफसलको शहरको एउटा विद्यालयको यो सफलताको यात्रा चानचुने कुरा होइन । सबै काम र सफलताको लागि केन्द्रिय राजधानी काठमाण्डौ केन्द्रित हाम्रो संरचनामा केन्द्रिय राजधानीबाट एउटा समुदायिक विद्यालयको सफलताको कथा सुन्न मोफसलको शहर बुटवल आउनुपर्ने वातावरण कालिका मानवज्ञान माविले सिर्जना गरेको छ । राजधानी काठमाण्डौबाट पनि ठूलो संख्यामा विद्यालयका शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकार, योजानविद्, शिक्षाविद् र बुद्धिजीवीहरु कालिका मानवज्ञान माविको अवलोकन भ्रमणमा आउने गर्छन । देशका अन्य विभिन्न भागबाट पनि वर्षेनी हजारौ संख्यामा शिक्षक, अभिभावक, बुद्धिजीवी, योजनाविद् विद्यालय व्यस्थापन समितिका पदाधिकारीहरु कालिका मानवज्ञान माविको अवलोकन भ्रमणमा आउने गरेको तथ्याङ्क छ । स्थानीय समुदायले कालिका मानवज्ञान माविको यो सफलतामा गौरव गरेको छ । खुशी मनाएको छ । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले पनि यो सफलतामा गौरव गर्दै आवश्यक सहयोग र समर्थन गर्दै आएका छन् । थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाका लागि यो गौरवपूर्ण उपलब्धी हो । यसले लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको गौरव त बढाएको छ नै वर्षेनी हजारौ संख्यामा बुटवलमा शैक्षिक पर्यटक पनि भित्र्याएको छ । बुटवलको महिमा बढाएको छ । अतः स्थानिय र प्रदेश सरकारले यसलाई निसंकोच सहयोग र हौसला प्रदान गर्नुपर्छ ।

कालिका मानवज्ञान माविको ६२ वर्ष लामो यात्रा गुणस्तरीय शैक्षिक केन्द्र कसरी बन्ने वनाउने भन्नेमा वित्यो । २०४६ सालपछि यसले विस्तारै राम्रो गति लिएको हो । २०४६ साल अघि राम्रो परिक्षाफल ननिकालेर अनुदान रोकिएको इतिहास छ । २०४६ सालपछि संघर्ष गर्दै राष्ट्रको एक गुणस्तरीय पढाईको नमूना शैक्षिक केन्द्र बन्यो । अवको यात्रा यो सफलता एवं लोकप्रियतालाई कसरी कायम राख्ने भन्नेतर्फ केन्द्रित हुनु जरुरी छ । यसको संघर्ष र सफलताको बारेमा धेरै संचारमाध्यममा समाचार र फिचर लेखिए । वृत्तचित्र बनाइए । मिडियाले यसको संघर्ष र सफलताको कथा प्रकाशित, प्रसारित गरे । अब यसलाई शिखरमा टिकाइ राख्नेतर्फ दिशानिर्देश, दवाव र निगरानी राख्ने दायित्व पनि सबैले पूरा गर्नुपर्छ ।

गत अंकमा चर्चा गरियो, प्रधानाध्यापक (प्रअ) को कुशल नेतृत्व, शिक्षक र विद्यार्थीहरुको कडा मेहनत, विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापन र संचारमाध्यम एवं संचारकर्मीको सहयोगको कुशल संयोजन यस विद्यालयको सफलताको सुत्र हो । अवपनि यसलाई कायम राख्दै कुशलतापूर्वक अघि बढ्ने जिम्मेवारी विद्यालयका प्रअ, शिक्षक र विद्यालय व्यवस्थापन समितिको हो । घनश्याम पाठकले २०७७ सालमा विद्यालयबाट अनिवार्य अवकास लिएपछि विद्यालय विग्रने हो की भन्ने चिन्ता अभिभावक एवं सम्बन्धित सबैले गरेका थिए । पाठकको अवकास पछि प्रअको चयनमा केही बेर विद्यालय अलमलियो पनि । प्रधानाध्यापक चुन्ने विधि, प्रकृया र कार्यक्षमताको विषयमा मतभेद भयो । अन्ततः नमूना विद्यालयको नियमानुसार आन्तरिक प्रतिष्पर्धाबाट जाँच लिएर प्रधानाध्यापक चुन्ने काम सफलतापूर्वक सम्पन्न गरी विवादलाई सुरक्षीत अवतरण गराउन विद्यालय व्यवस्थापन समिति सफल भयो । यसरी आन्तरिक प्रतिष्पर्धाबाट छानिएका प्रअ दिनेश थापाले विद्यालयलाई सुव्यवस्थित तरिकाले सम्हालेर विद्यालय विग्रदैन भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएको छ । उहाँले सबै सहकर्मी शिक्षक साथीहरुलाई कुशलतापूर्वक संयोजन गरी प्रशासन चुस्त तुरुस्त राख्न सफल हुनु भएको छ । करिब एक दशक लामो अवधीसम्म विद्यालयको सहायक प्रधानाध्यापक रही सेवा गरेको अनुभव र ज्ञान समेत थापासँग छ । थापाले विद्यालयका प्राप्त उपलब्धीलाई जोगाउँदै थप सर्वाङ्गिण विकासको लागि दत्तचित्त हुनुहुन्छ । शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैलाई मिलाएर पाइला अगाडी बढाउँदै हुनुहुन्छ, प्रधानाध्यापकका रुपमा थापाले । शिक्षकहरु वीचको सामूहिक एकता र पहल यसको सफलताको मुख्य कुञ्जी हो । प्रअको कुशल नेतृत्व र व्यवस्थापनमा सबै शिक्षकहरुको सामूहिक पहल एवं कडा मेहनतबाट यो विद्यालय सफल बनेको हो । यो विद्यालयका शिक्षक कर्मचारीहरु यति कठोर मेहनत गर्छन, अनि यति व्यस्त छन कि नीजि जीवनको सुविधा छैन । आफ्नो वृत्ति विकासको विषयमा सोंच्न पनि भ्याउँदैनन् । पूरा समय विद्यालयको विकास र वालवालिकाको पढाईमा सुधार ल्याउन दत्तचित्त र ध्यान केन्द्रित गर्दैआएका छन् । यसको सफलतामा शिक्षकहरुको मेहनतका पसिनाका धारा बगेका छन् । यसलाई सबै पक्षले मनन गरिनुपर्छ र उनीहरुलाई हौसला दिनु पर्छ । शिक्षकहरुलाई हौसला र प्रोत्साहन प्रदान गर्न सम्मानको लागि केही सामाजिक व्यक्तित्वहरुले शिक्षक सम्मान अक्षयकोष स्थापना गरिदिनु भएको छ । यो क्रम अझ अघि बढाउनु पर्छ । विद्यालयको बार्षिकोत्सवको अवसरमा शत प्रतिशत नतिजा हासिल गराउन मेहनत गर्ने शिक्षकलाई विद्यालयले सम्मान गर्नेगर्दछ । यस्तै वर्ष शिक्षक सम्मान पनि विद्यालयले प्रदान गर्ने गर्दछ । यो पर्याप्त छैन ।

  • विद्यार्थीको चाप अनुसार भवन एवं पूर्वाधारको कमी छ यसका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनु अनिवार्य छ । विद्यालयले पठन पाठनमा जसरी उपलब्धी हासिल गर्दै आएको छ । त्यसैगरी अतिरिक्त क्रियाकलापहरु विविध खेलकुद, साहित्य सिर्जना, जुनियर रेडक्रस, स्काउट आदी तर्फ पनि योग्य र दक्ष जनशक्ति उत्पादन गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।

लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले पनि यस विद्यालयका शिक्षकलाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गर्नु अनिवार्य छ । राष्ट्रले पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरी सम्मान गर्नुपर्दछ । यसका प्रधानाध्यापकले बेलुकाको खाना खाने र सुत्ने बाहेक बाँकी समय प्रायः विद्यालयमै विताउने गर्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले बैठकमा कालो चिया पिउने बाहेक विद्यालयबाट कुनै लाभ तथा सुविधा नलिई सेवा गर्दै आएका छन् । विद्यालयलाई आवश्यक पर्दा जुनसुकै बेला पनि व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालयमा उपलब्ध हुने गरेका छन् । व्यवस्थापन समितिले विद्यालयका भौतिक आवश्यकता पूर्ती गर्न सहयोग र श्रोत जुटाउने, स्थानिय समुदायको विद्यालयप्रति अपनत्वको भावना जगाउने, विद्यालयको सामाजिक सम्बन्ध कसिलो बनाउने आदि काम सफलतापूर्वक गर्दै आइरहेको छ । अभिभावकहरु चनाखा र सचेत छन् । निगरानी राख्ने गर्दछन् । विद्यालयका शिक्षकहरु राजनीतिमा सक्रिय रुपमा भाग लिँदै दलका झोला बोकेर दैनिक खट्ने गर्दैनन् । आ–आफ्नो राजनीतिक दलगत आस्था र संलग्नता त होला तर सक्रिय हुने समय पाउँदैनन् । विद्यालयको यो अर्को राम्रो पक्ष हो । त्यसो त शिक्षकहरु आ–आफ्नो आस्थाका राजनीतिक दलका शिक्षकका संघ संगठनमा आवद्ध होलान तर ती संगठनका कार्यक्रममा सहभागी हुने फुर्सद र सुविधा कालिका मानवज्ञान माविका शिक्षकहरुलाई छैन । त्यसैले शिक्षकहरु वीच एक परिवारका सदस्यझैं आत्मीय सम्बन्ध छ । मर्दापर्दा सबैले एक अर्कोलाई सघाउने र सुख दुःखमा साथ सहयोग आदान–प्रदान गर्ने गर्दछन् । राजनीतिक दलगत मतभेद र विभाजन नभएपछि यस्तो वातावरण सिर्जना हुन सकेको हो । यो वातावरण कायम राख्नुपर्छ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलगत राजनीतिको चरम गुटबन्दी र हस्तक्षेप नभएकाले विद्यालय राजनीतिक खेलमैदान बन्नबाट जोगिएको छ । हाम्रो देशको परिप्रेक्ष्यमा यो महत्वपूर्ण पक्ष हो । गत पुस २९ गते सम्पन्न विद्यालय व्यवस्थापन समितिको चुनावपनि अभिभावकको व्यापक सहभागीतामा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । यो वातावरणलाई कायम राख्दै सवै अभिभावकको विश्वास र भरोसा कायम राख्नुपर्छ । अभिभावकको सहयोगमा विद्यालय निर्भर भएकाले अभिभावकको विश्वासमा कमी आउन दिनुहुँदैन । यसमा अभिभावक संघ पनि चनाखो र सचेत हुनु जरुरी छ । विद्यार्थीहरुलाई अनुशासित र मेहनती बनाउन शिक्षकहरुले निकै मेहनत गरेका छन् । मलाई लागेको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो विद्यालयको सफलता सामूहिक पहल र प्रयासबाट भएकोले यसको श्रेय पनि सामूहिक रुपमा लिनुपर्छ सबैले । स्वभाविकरुपमा बाहिरी आँखाले हेर्दा नेतृत्वले श्रेय पाउँछ तर यो सामूहिक पहल हो । त्यसैले मैले भन्दै आएको छु– प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक र संचारमाध्यमको कुशल संयोजनबाट यो सफलता मिलेको हो । यो जोगाउनु पर्छ ।

जसरी सरकार र समुदायले यो विद्यालयलाई नमूना र उदाहरणका रुपमा प्रस्तुत गर्ने गरेको छ त्यसैगरी यसलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा कायम राखी राख्न अब ध्यान केन्द्रित गर्नु पर्छ । सरकारले पूरै शिक्षक दरबन्दी उपलब्ध गराउनु पर्छ । कुल ३ सय ५१ जना शिक्षक कर्मचारी मध्ये ६१ जना मात्र सरकारी दरबन्दीका छन्, बाँकी सबै विद्यालय श्रोतका हुन् । यो दुःखद पक्ष हो । सरकारले यसको विकासमा पर्याप्त ध्यान नदिएको प्रमाण हो यो । सरकारले नमूना विद्यालय मान्नु तर आवश्यक श्रोत साधन नदिनु विडम्बना हो । यसमा तत्काल सरकारको ध्यान जानु अनिवार्य छ । विद्यार्थीको चाप अनुसार चौरको कमी छ । विद्यालयको नजिकै नेपाली सेनाको स्वामित्वमा रहेको खाली जग्गा छ यसलाई चौरको रुपमा प्रयोगमा ल्याउन पहल गर्न सकिन्छ । सेना पनि यस विषयमा सकारात्मक बन्न सक्छ । विद्यार्थीको चाप अनुसार भवन एवं पूर्वाधारको कमी छ यसका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनु अनिवार्य छ । विद्यालयले पठन पाठनमा जसरी उपलब्धी हासिल गर्दै आएको छ । त्यसैगरी अतिरिक्त क्रियाकलापहरु विविध खेलकुद, साहित्य सिर्जना, जुनियर रेडक्रस, स्काउट आदी तर्फ पनि योग्य र दक्ष जनशक्ति उत्पादन गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।

अहिले विद्यालयले यसै वर्षदेखि संचालनमा ल्याएको छात्राबासको व्यवस्थापन पनि चुनौतीका रुपमा देखापरेको छ । अनाथ, असहाय, वालवालिकाको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्य लिएको यो छात्राबासलाई नियमित बजेटको व्यवस्था मिलाउनु चुनौती हो । कुल २ सय सीट क्षमताको यो छात्राबासमा हाल २२ जनाले आवासीय सुविधा सहितको पढाई सुविधा प्राप्त गरेका छन् । भौतिक पूर्वाधार पर्याप्त र राम्रो छ । यसको लागि नियमित बजेटको व्यवस्था मिलाउन केन्द्र, प्रदेश र स्थानिय सरकारले सहयोग गर्नु अनिवार्य छ । विद्यालयले वार्षिक कति बजेट आवश्यक पर्ने हो सो को स्पष्ट कागजात तयार गरी यथासिघ्र तिनै तहका सरकार समक्ष पेश गर्नुपर्दछ । यो विद्यालयको ब्राण्डिङ्गका आधारमा यसै विद्यालयद्वारा उत्पादित विद्यार्थीहरुलाई लक्षित गरी खोलिएको बुटवल कालिका क्याम्पसले पनि छोटो समयमा राम्रै सफलता हासिल गरिरहेको छ । यसरी बुटवल र लुम्बिनी प्रदेशमा मात्र नभई राष्ट्रमै कालिका मानवज्ञान एक नमूना शैक्षिक ब्राण्ड बनेको छ । यसलाई कायम राख्दै थप सर्वाङ्गिण विकासको लागि अघि बढ्नु अवको अपरिहार्यता हो । जस्तोसुकै कठिन अवस्थामा पनि कालिकाको लोकप्रियतामा कमी नआओस् । यसले निरन्तर शिखर चुमीरहोस् । जय कालिका !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?