ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

संसद्को पुनः स्थापना निकासको उत्तम विकल्प !

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

भ्रष्टाचार हुँदैन भने देशको विकास छिटो भन्दा छिटो हुन सक्छ । यसमा यो भन्दा सही साँचो कुरा अरु छैन ।

भ्रष्टाचार छ, भ्रष्टाचार भएर हाम्रो देशको विकास हुन सकेको छैन । जेनजी भाइ बहिनीहरुले जगजाहेर भ्रष्टाचारको विरुद्ध जनता पनि तातेको बेलामा अर्को शब्दमा फलाम तातेको बेलामा आन्दोलनको ज्वारभाटा उठाए । एकैदिन (२०८२ भदौ २३ गते) आन्दोलन सफल भयो ।

आन्दोलन सफल गन्तव्यमा पुग्ने बित्तिकै जेनजी आन्दोलनको नेतृत्वले अव हाम्रो आन्दोलन सफल भयो, आन्दोलनकारी साथीहरु घर फर्कनुहोस् भनेर आह्वान गरेका हुन् र आन्दोलनकारीहरु घर फर्केका पनि हुन् । यो विद्रोह थियो, परिवर्तनका लागि विद्रोह ।

क्रान्तिकारी भाइ बहिनीहरु, छोराछोरीहरु, नाति नातिनाहरुलाई ७९ वर्षमा हिंडिरहेको चौरासी पूजाका लागि प्रतीक्षारत यस पङ्तिकारको धेरैधेरै साधुवाद छ । साथै सहादत दिने नेपाल आमाका होनहार जेनजी युवाहरुलाई उच्च सम्मानको सलाम छ ।

आन्दोलनको मूल एजेण्डा भ्रष्टाचारको विरोध थियो भने अर्को चाहिं सुशासन थियो । किनभने भ्रष्टाचारलाई नियन्त्रण गर्न सुशासन भन्ने कुरा लोकतान्त्रिक प्रणालिमा दण्डको मानवीय उपाय हो ।

तर दुर्भाग्य, अर्को दिन मुलुकमा प्रतिक्रान्ति भयो । विद्रोहको ठाउँ विध्वंसले लियो । २०८२ भाद्र २४ गते ठुलो विध्वंस भयो । मुलुकको ऐतिहासिक केन्द्रीय सचिवालय जलाइयो । सर्वोच्च अदालत जलाइयो । निहत्था नागरिक मारिए । निहत्था नागरिक मात्र होइन प्रहरी समेत मारिए । प्रहरीका हतियार खोसिए ।

देशभरी प्रहरी चौकी जलाइए । मुलुकभर राजनीतिक पार्टीका अफिस जले । नेताका व्यक्तिगत घर जले । मुलुकभरका जेल तोडेर १४–१५ हजार कैदी भगाइए । पूरा अराजकता भयो । अनिष्ट भयो । अपूरणीय मानवीय क्षति भयो । अरवौंको भौतिक क्षति भयो । मुलुकलाई ५० वर्ष पछि धकेलियो ।

स्पष्ट छ, यो दुष्कर्म देशभक्त जेनजीहरुको आवरणमा राष्ट्रघाती घुसपैठिया कपुतहरु बाहेक अरु कसैको हुन सक्दैनथ्यो । नेपाललाई स्वतन्त्र, सार्वभौम, शान्त, समृद्ध देख्न नचाहने देशी विदेशी शक्ति केन्द्रको वारदात थियो यो । विध्वंसका कतिपय दशी प्रमाणले यही कुरा पुष्टि गरिरहेको छ ।

यसमा इमान्दार देशभक्त जेनजीहरु यतिकन पनि जिम्मेवार छैनन् । तिनको नेतृत्वले २३ गते अपरान्ह नै आफ्नो आन्दोलन सफल भएको हुनाले आन्दोलनकारीलाई घर फर्कन आह्वान गरेको थियो । जिम्मेवार छन् त जेनजीको आवरणमा अवान्छित विध्वंसको नाटक गर्ने देशी विदेशी शक्तिकेन्द्रका भरौटेहरु । सबभन्दा बलवान् समय छ, समयले यसको उत्खनन् गर्ने नै छ ।

क्रूरतम नरसंहार र अक्षम्य भौतिक विध्वंसपछि मौजुदा संसद भङ्ग गरेर सुशीला कार्कीको नेतृत्वमा एक थान सरकार बनेको छ । मौजुदा संविधान जीवित छ । सरकार भने संविधान बाहिरबाट बनेको छ । यसलाई राजनीतिक वृत्तले गैरसंवैधानिक भनेर संसद् पुनःस्थापनाका लागि अदालतमा मुद्दा हालेको छ ।

अदालतले के भन्ने हो आफ्नो ठाउँमा छ । संसद् पुनःस्थापना भयो भने सरकार भङ्ग हुन्छ, संसद् पुनःस्थापना भएन र यसै सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने भयो भने चुनाव चुनावका लागि मात्रै हुन्छ, यसले कुनै स्थायी समाधान दिंदैन ।

मुलुकमा शान्ति सुरक्षाको स्थिति नाजुक छ । भय र त्रास विद्यमान छ । जेनजीका ज्वलन्त मागहरुको संबोधन हुन सकेको छैन । यसको थालनी पनि भएको छैन । आन्दोलनको दौरान जेनजीले तताएको तावामा विभिन्न स्वार्थ समूहले आफ्ना रोटी सेकिरहेका छन् ।

जेनजी भाइबहिनीहरु आफ्ना माग पूरा गराउन यो वा त्यो प्रकारको आन्दोलनमा नै छन् । संविधान संशोधन नगरी जेनजीका माग पूरा हुनेवाला छैनन् । त्यसका लागि कुनै विधि तथा नीति तय गरिएको छैन । यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने हुन्छ । त्यो हुन सकेको छैन ।

सरकारले मुलुकमा विद्यमान राजनीतिक पार्टीहरुसित विश्वासको वातावरण बनाउन सकेको छैन । यस अवस्थामा चुनाव हुन्छ र समस्या समाधान हुन्छ भन्ने कसैको विश्वास छैन । स्थिति–क्या हो मैना, क्या हो, छ । भ्रष्टाचार नियन्त्रण र सुशासनका कुरा त शब्दमा पनि आउन छोडेका छन् । जनजनमा भय र त्रास मात्र छ । मुलुकमा सरकार छ भन्ने अनुभूति हुन सकिरहेको छैन । मुलुक संगीन अवस्थामा छ ।

खास गरिकन देशी विदेशी स्वार्थ समूहको स्वार्थमा नेपालमा राजनीति अस्थिर भएको छ । राजनीति अस्थिर भएरै अर्थतन्त्र कमजोर हुँदै गयो । भू–राजनीतिक अवस्था संवेदनशील भयो । एनजीओ, आइएनजीओका चलखेल बढे । यही मौका छोपेर अराष्ट्रिय गतिविधि एकपछि अर्को गरेर भैरहे ।

मुलुकमा अन्यौलकै अवस्था रह्यो र छ । विकासमान यस्तो तरल स्थितिमा मुलुकको राष्ट्रियतामाथि नै कतैबाट बज्र प्रहार नहोला भनेर भन्न सकिने स्थिति छैन । यो संगीन अवस्थामा राष्ट्रलाई जोगाउन प्रवल रुपमा नेपाली एकताको प्रयोजन भैरहेको छ ।

तत्कालको निकासका लागि देशभक्त नेपालीहरुले दूरदृष्टि राखेर अत्यन्त जिम्मेवार भैकन विवेकपूर्ण निर्णय लिनुपर्ने अवस्था छ । उपाय खोज्दै जाँदा अहिले सबभन्दा उत्तम उपाय संसद्को पुनःस्थापना हुन सक्छ । अहिलेकै अवस्थामा चुनाव हुन्छ भने त्यो चुनाव यथास्थितिको चुनाव हो ।

त्यसले जेनजी आन्दोलन र न्यूनतम अवसरहरुबाट बन्चित नेपालीहरुले अपेक्षा गरेका आवश्यकतालाई यतिकन पनि संबोधन गर्न सक्दैन । यसका लागि संविधानको अर्थपूर्ण संशोधन जरुरी छ । जव हामी मौजुदा संविधानको व्यवस्थामै रहेर दैनिक प्रशासन चलाइरहेका छौं भने त्यसैभित्रबाट निकासको खोजी किन नगर्ने ?

निकासहरुको खोजी गर्दै जाँदा संसद्को पुनःस्थापना बाहेक अर्को उपयुक्त विकल्प देखिदैन । यदि त्यस्तो उपयुक्त विकल्प आउन सक्छ भने सोंच्न नसकिने होइन । संसद् पुनःस्थापनाको कुरा गर्दा मुलुक यथास्थितिमै रहन्छ कि भन्ने भ्रम उत्पन्न हुन सक्छ ।

संविधानमा यो यो विषय संशोधन गर्ने भनेर संसद् पुनःस्थापना गर्ने र तत्काल सर्वदलीय सर्वपक्षीय सरकार गठन गरी चुनाव गर्ने व्यवस्था गरिन्छ भने यथास्थितिको भय मान्नु पर्दैन । राष्ट्रिय सहमतिमै पुनःस्थापित संसद्लाई यी यी संशोधनका बुँदा राखेर संविधान संशोधन गर्ने भन्ने विषय र संशोधन अनुसार कार्यसम्पादन गर्न सर्वदलीय सर्वपक्षीय सरकारलाई कार्यादेश तोक्ने काम गरियो भने तत्कालका लागि उत्तम निकास यही हुन सक्छ ।

यो निकास अहिले आवश्यक देखिन आएको प्रवल राष्ट्रिय एकता निर्माणमा पनि एउटा महत्वपूर्ण कडी हुन सक्छ । जेनजीसहितको सर्वदलीय सर्वपक्षीय सरकार गठन गरी पुनःस्थापित संसद्को कार्यादेश अनुसार सरकार निर्वाचनमा जाने व्यवस्था नै अहिले बढी भन्दा बढी समाधानको उत्तम विकल्प हुन सक्छ ।

यस सम्बन्धमा सम्पूर्ण देशभक्त जिम्मेवार पक्षले मातृभूमिको माटो छोएर निर्णय गर्नुपर्ने अवस्था छ । यस अवस्थामा सम्यक् निर्णय हुन सकेन भने जेनजी आन्दोलनको ताप र रापमा परचक्रीहरुले आ–आफ्ना स्वार्थका रोटीहरु सेक्दै जाने र अझ अरु अनिष्ट गर्दै जाने अवस्था रहिरहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?