ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

रोल्पा भयो पूर्ण खोप सुनिश्चित जिल्ला

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

रोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । सदरमुकाम लिवाङमा सोमवार आयोजित एक औपचारिक कार्यक्रममा ५ नंवर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले रोल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन ।
१५ महिना भित्रका वालवालिकाहरुलाई ११ थरिका खोप तालिका अनुसार नियमित लगाएको मापदण्ड पुरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्लामा खोपको कभरेज ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतीमा रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हौ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. सुशिल आचार्यले भने । देशमा अझै पनि २२ प्रतिशत बालवालिका खोप वाट वंचित रहेको र १ प्रतिशत वालवालिकाले कुनै पनि खोप लगाउन नपाएको तथ्यांक प्रस्तुत गर्दै त्यसको तुलनामा रोल्पा जिल्लाको खोपको कभरेज राम्रो रहेको आचार्यले जानकारी दिए । नेपाल सरकारको निर्देशिकामा तोकिएका सवै मापदण्ड पुरा भएको स्वास्थ्य सेवा विभागले प्रमाणित गरेपछि मात्रै पूर्ण खोप सुनिश्तिता जिल्ला घोषण गर्ने प्रावधान छ आचार्यले भने । खोप निरन्तर चलिरहने प्रकृया रहेको वताउदै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा संगै यसको दीगोपना चूनौतीको डा. आचार्यको भनाई छ । स्थानीय सरकार, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य कार्यालयका संरचरना र नागरिक समाजको सहयोगले यसको दीगोपना सुनिश्चिता हुनेमा आफु आशावादी रहेको आचार्यको भनाई छ ।
सन् २०१७ भित्र सवै जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य रहे पनि विविध कारणवस तोकिएको समयमा घोषणा गर्न नसिकएको स्वास्थ्य सेवा विभागमा प्रतिनिधि वसन्त श्रेष्ठले वताए । नाकावन्दी, आम निर्वाचन आदी कारणले तोकिएको समयमा १ वर्ष थप गरेर २०१८ भित्र सवै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्य निर्धारण गरेका छौ श्रेष्ठले भने । रोल्पा सहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भईसकेको औल्याउदै वाँकी जिल्ला समेत घोषणाको लाईनमा रहेको श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा ५ नंवर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको वताउदै स्वस्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे । खुला दिसामुक्त, पूर्ण साक्षर जिल्ला संगै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाले राजनैतिक अगुवाइ गरेको रोल्पाले सामाजिक अभियानमा समेत अगुवाई गर्न सफल भएको मन्त्री वरालको भनाई थियो । केही महत्वपूर्ण सामाजिक अभियानमा सफलता हासिल गरे पनि अझै कैयौं सामाजिक कुरिती र कुसंस्कार विद्यमान रहेकाले तीनलाई समेत अन्त्य गर्दै अगाडी वढ्नु पर्ने मन्त्री वरालले वताए ।
३८ प्रतिशत परिवार नियोजन दर रहेको रोल्पा जिल्लामा मातृ मृत्यु १ जना मात्रै रहे पनि आवश्यक पूर्वाधार र दक्ष जनशक्तीको अभावले सेवा प्रवाहमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । दरवन्दी अनुसार विशेषज्ञ चिकित्सक उपलव्ध नहुनु, जिर्ण रहेको भवनवाट विरामीको उपचार गर्नु, अन्य आवश्यक मेसिन उपकरण समेत उपलव्ध नहुदा सस्तो र सुलभ मूल्यमा स्थानीय स्वास्थ्य संस्थावाट स्वास्थ्य सेवा लिने आफुहरुको चाहाना पुरा हुन नसकेको जिल्लावासीहरुले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?