© २०२३
बुटवल, लुम्बिनी अंचल अस्पतालको सटर भाडामा दिने बोलपत्र आव्हानको विषयलाई लिएर अध्यक्ष रमेश खनाल र मेसु डा कृष्ण खनाल बिच बाझाबाझ शुरुभएको छ । सावर्जनिक खरिद ऐन २०६३ अनुसार २०७५ जेठ २७ गते अध्यक्ष खनालले समितिको निर्णय गराई बोलपत्र आव्हान गरेकोमा सोमबार अस्पतालका मेसुले सुचना जारी गर्दै बोलपत्र अनिश्चतकालका स्थगित भएको जनाएको छ । सोमबार बोलपत्र दर्ताको अन्तिम दिनमा रोकिएको हो ।
देश प्रदेशिक संरचनामा गएको भन्दै प्रदेश सरकारले नै बोलपत्रको टुङ्गो लगाउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, माननीय उपप्रधानमन्त्री एवं स्वस्थ्य तथा जनसंख्या मन्त्रीको नीजि सचिवको निर्देशनसहितको पत्रको आधारमा मेसु खनालले स्थगित गरेका हुन ।
यता अस्पतालका अध्यक्षले भने पत्रकार सम्मेलन गरि विकास समितिका पदाधिकारीहरुलाई जानकारी नदिई मेसुले एकलौटी रुपमा टेन्डर रोकेको आरोप लगाएका छन । नीजी सचिवको पत्रको आधार बनाएर रोकिने प्रावधान नभएको उनले दाबी गरे ।
‘टेन्डर सकिने दुई घण्टाअघि रोकिएको छ ।’– उनले भने । यसमा शंका उत्पन्न भएको उनले बताए । समितिका पदाधिकारीहरुसंग रायसल्लाह बिना नै एकलौटी रुपमा
अस्पतालको आम्दानीलाई असर गर्ने गरि गलत निर्णय भएको उनले बताए । अध्यक्षले मिटिङ्गमा एजेण्डाका रुपमा म्याद थपको लबिङ्ग भएको र त्यो प्रयास बिफल भएपछि गलत प्रक्रिया अप्नाएर रोकिएको उनले बताए । यसैगरि जग्गा र फार्मेसीको बिषयमा नोट अफ डिसेन्ट समेत लेखेको भन्दै उनले यो एउटा मेसुको अधिकार क्षेत्रभन्दा बाहिर गएको समेत दाबी गरे । आईतबारसम्म २ सय ४५ टेन्डर फर्म खरिद भएको र १२ दर्ता भैसकेको अवस्थामा रोकिएको उनले बताए ।
हाल अस्पतालको ६९ वटा सटरहरु छन र ति सटरहरु न्युनतम रकम राखेर नया टेन्डर आव्हान गरिएको उनले बताए । मासिक रुपमा ६ करोड ५९ लाख ६० हजार ९ सय ६७ आम्दानी हुने गरेको थियो ।