ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

रातभरी नदीजन्य पदार्थ चोरी

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

जिल्लाका स्थानीय तहले अनुगमनमा चासो नदिन नदीजन्य पदार्थको दोहन र चोरी निकासी बढन थालेको छ । स्थानिय तहको गैर जिम्मेबारीका कारण पछिल्लो समय जिल्लाभर नदीजन्य पदार्थको खुल्लम खुल्ला चोरी बढेको हो ।
सोमबार मध्यरातमा कपिलवस्तु नगरपालिका ४ पटखहवामा पुग्दा बाणगंगानदीबाट बालुवा चोरी गरेर ल्याउदै गरेका दुई टयाक्टर फेला परेका थिए । सञ्चारकर्मीको टोलीलाई देख्दा टयाक्टर चालकले सवारी छोडेर भागेका थिए । सो पश्चात सो स्थानमा पुगेको प्रहरीले नदीजन्य पदार्थको चोरीको बिषयमा जानकारी पाए पछि प्रहरीको टोलीले बालुवा भरिएको लु १ त ८८०५ र लु १ त ६०९७ नम्बर दुई वटा टयाक्टर नियन्त्रणमा लिएको थियो । त्यस पश्चात खटिएको प्रहरीटोलीले नदीबाटै बालुवा चोर्दै गरेको लु ३ त ४८५७ नम्बरको टयाक्टरलाई समेत खोलाबाटै नियन्त्रणमा लिएको हो । बालुवा चोरी गरेका लु १ त ६०९७ नम्बरमा टयाक्टरमा लु २ त ३५२५ नम्बरको ट्रली र लु १ त ८८०५ को टयाक्टरमा लु २ त १३१० नम्बरको ट्रली प्रयोग गरेको भेटिएको थियो । बालुवा चोरीका लागी प्रयोग गरिएका दुई टयाक्टरमा छुट्टै टयाक्टरको ट्रली प्रयोग गरिने झुक्याउने गरिएको हो । पछिल्लो एक साता यता दैनिक जसो रातारात १० बढि टयाक्टरमा बाणगंगा नदीको बालुवा चोरी गर्ने गरेको एक स्थानियले नाम नबताउने सर्तमा भने । “सातभर बालुवा चोर्ने टयाक्टरको हो हल्लाले एका तिर सुत्न पाएका छैनौ भने अर्का तर्फ अनावश्यक व्यक्तिको आवतजावतले सुरक्षा खतरा पनि बढेको छ । ” उनले भने । स्थानिय तह र स्थानिय प्रहरीको सहयोग नभए दैनिक सो मात्रामा बालुवा चोरी सम्भवनै नभएको उनले तर्क गरे । केहि जन प्रतिनिधीबाट राजनैतिक संरक्षण गरिएकै कारण नदीजन्य पदार्थ चोरी बढेको श्रोतको दाबी छ । “नगरकै केहि जनप्रतिनिधी भएका व्यक्तिको प्रत्यक्ष संरक्षणमा बालुवा चोरी हुने गरेको छ । स्थानिय तह नियन्त्रणमा बेखबर हुनुले यो तथ्यलाई प्रष्ट्याएको छ ।” श्रोतले दाबी ग¥यो । आफुहरूले सञ्चारकर्मी चोरीस्थलमा पुग्दा बालुवा चोरेर ल्याउदै गरे्को नदीजन्य पदार्थको चोरी तस्करीमा संलग्न दुई वटा टयाक्टर र सो पश्चात सोहि स्थानमा प्रहरीले थप एउटा टयाक्टर गरि तिन टयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रवि रावलले जनाए । “चाडको बेलामा सुरक्षा व्यवस्था मिलाउदाँ नदीजन्य पदार्थको चोरी नियन्त्रणमा समस्या परेको छ । नियन्त्रणमा लिईएका नदीजन्य पदार्थ चोरीमा संलग्न टयाक्टरलाई कपिलवस्तु नगरपालिकामा जरिवाना तिर्न लगाएर छोड्छौ ।” रावलले भने ।
नदीजन्य पदार्थको चोरीमा संलग्न तिन वटै टयाक्टरले १०÷१० हजार जरिवाना तिराई छाडिएको उनले जनाए । नदीजन्य पदार्थको चोरी तस्करी रोक्न कडाई गरिने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले प्रतिक्रिया दिए । पछिल्लो समय जिल्लाको बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा नदीजन्य पदार्थको चोरी बढदै गएको छ । नदीजन्य पदार्थको चोरी तस्करी नियन्त्रणमा जिल्लाका सरोकारवालाले ध्यान दिन नसक्नु रहस्यमय देखिएको छ । स्थानिय तहलाई प्राकृतिक श्रोतको संरक्षणको जिम्मेबारी दिए सगै नदीजन्य पदार्थको चोरी तस्करी बढदै जानुले स्थानियतहको कार्य सम्पादनले प्राकृतिक श्रोतको संरक्षण हुने बिषयमा शंका उब्जन थालेको स्थानियको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?