ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

डेढ बर्षमा बेलहियामा कलात्मक गेट

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

राधेश्याम विश्वकर्मा
भैरहवा, २५ असार ।

स्थल नाका हुदै सबै भन्दा बढी पर्यटक नेपाल भित्रयाउने बेलहियामा पर्यटकहरुलाई सूचना दिने कुनै पनि संयन्त्र छैनन् । तेश्रो मुलुक मात्र हैन भारतबाट नै आउने कतिपय पर्यटकहरुलाई नेपाल भित्रिएको थाहै हुदैन । भुगोल मात्र हैन रहन सहन र पहिरन पनि उस्तै हुदै पर्यटकहरु नेपाल भित्रिएको चालै पाउदैनन् ।
अब परिवेश फेरिदै छ । भगवान गौतम बुद्धको जन्मस्थल बेलहिया बुद्धमय बन्ने भएको छ । लामो समयको प्रतिक्षा पछि भैरहवाले गौतम बुद्धको जन्मस्थलको चिनारी पाउने भएको छ । भारतीय पथ प्रदर्शकहरुले पर्यटकहरुलाई नेपाल प्रवेश गरेको पत्तो नै नदिई नेपाल भ्रमण गराउने गरेकोमा अब भने पर्यटकले नेपाल पसेको चाल पाउने भएका छन ।
स्थलमार्ग हुदै नेपालकै सबै भन्दा बढी पर्यटक भित्रयाउने नाकाको रुपमा रहेको बेलहिया नाकामा बौद्ध दर्शन झल्किने आकर्षक प्रवेशद्धार बन्ने पाए पछि यसले पर्यटकहरुलाई पथ प्रर्दशनमा केही सहजता आउने अनुमान गरिएको छ । नेपाल–भारत सीमा नाका बेलहियामा नेपालको चिनारी सहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने भएको छ । सिद्धार्थनगर नगरपालिकाले १ करोड ९९ लाख लगानीमा उक्त द्वार बनाउन लागेको हो ।
सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा गेट निर्माण सम्झौता गरिएको हो । सोमबार नगरपालिका र निर्माण कम्पनी प्राकृतिक निर्माण प्रालि भैरहवाबीच सम्झौता भएको छ । १ करोड ९९ लाखमा निर्माण हुने गेट ठेकेदार कम्पनीले आउँदो २०७६ मसान्त भित्र निर्माण सम्पन्न गरि सक्ने गरी सम्झौता गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई अब बेलहियामा आउँदा वित्तिकै बुद्ध नगरी सिद्धार्थनगर र बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्दैछौं भन्ने सन्देश दिने आकर्षक द्वार बनाउन लागिएको बताए । ‘हाम्रो उद्देश्य बुद्धजन्मस्थलसँगै नगरपालिकाको प्रचार–प्रसार गर्नु हो’, उनले भने– ‘यहाँ आउने लाखौं बौद्धमार्गीहरुले नेपाल प्रवेश गर्दा वित्तिकै बुद्धको सामिप्यतामा आएको महसुस गर्ने छन् र यो सन्देश विश्वभरी फौलाउने छन् ।’ उनले द्वार निर्माण पछि यस क्षेत्रको होटल व्यवसाय समेत फस्ट्याउने बताए ।
नगरपालिकाले नेपाल आउने पर्यटकहरुले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिने कलात्मक शान्तिद्वार निर्माण गर्न लागेको जनाएको छ । प्रवेशद्वार ५० मीटर लम्बाई, २३ मीटर ८० सेन्टिमीटर चौडाई तथा सडकदेखि २९ मीटर अग्लो हुनेछ । द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक बस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपाल«को राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै द्वारमा बौद्ध ध्वनी गुन्ज्याएमान पनि हुने छ । यो नेपालकै नमूना गेट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?