ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

‘पाँच बर्षमा उत्पादन दोब्बर बढाउने योजनामा छौं’

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने गरी मन्त्रालयले योजना अगाडि बढाएको बताएकी छिन् । उनले किसानहरूलाई निर्वाहमुखि कृषिबाट व्यवसायीक बनाउने योजना मन्त्रालयले बनाएर अगाडी बढेको जानकारी दिँदै सोही अनुसारको विकास गरी अवको पाँच बर्षमा कृषिजन्य उत्पादन दोब्बर हुने बताएकी हुन् ।
लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर डेभलपमेन्ट प्रालिको बुटवलमा सुभारम्भ गर्दै कृषि मन्त्री पौडेलले प्रदेश सरकार नीजि क्षेत्र संग हातेमालो गर्न तयार भएको जानकारी दिदै यसको लागि विचौलिया भन्दा पनि किसानलाई उत्पादनको उचित मूल्य दिनुपर्ने र सोही अनुसारको धेरै नाफा नखाएर कृषिजन्य सामग्रीहरू उत्पादन विक्रि वितरण गर्नुपर्ने धारणा राखिन् । उनले प्रविधिमा सुधार गरी किसानलाई आत्मर्भिर बनाउन प्रदेश सरकारले कोठामुखि तालिम गोष्ठीलाई परिर्वतन गरी किसानहरूको अपेक्षा अनुसार सम्बन्धीत थलोमा नै प्रयोगात्मक रूपमा कृषिजन्य तालिम आयोजना गर्न लागिएको जानकारी दिईन् । मन्त्री पौडेलले भनिन्–‘प्रविधिमा सुधार गरी प्रदेशको कृषि लगायतका अन्य विकासको अवधारणा अगाडी बढाएका छौ ।’ रसायनीक मलको विकल्पमा जैविक मल प्रयो गर्ने सरकारको योजना अनुसार रोल्पा र रुकुम जिल्ला बाट जैविक जिल्ला (अर्गानिक) को रूपमा पहिचान बनाउनको लागि प्रस्ताव समेत आइसकेको मन्त्री पौडेलको भनाई रहेको थियो ।
किसानलाई ज्ञान, सिप र धारणाको विकासमा प्रविधिको मुख्य भुमिका रहेको भन्दै मन्त्री पौडेलले विचौलिया मोटाउने दिन अव गएको बताएकी हुन । उत्पादन र उत्पादकत्व वृद्धिमा सरकारको ध्यान गएको मन्त्री पौडेलको भनाई रहेको छ ।
यस्तै कार्यक्रममा ईन्टेन्सीप मल्टी प्रपोज एग्रीकल्चर डेभलमेन्ट कम्पनी प्रालि अन्नपुर्ण किसान फिड एण्ड फर्टिलाईजर विराटनकार बरिष्ठ कृषि बैज्ञानिक डा. गोविन्द पोखरेलले नेपाली जमिनमा रहेको माटो विस्तारै उत्पादकत्व कमी हुँदै जाँदा यसको आयु समप्त हुदै गएको बताए । उनले यसको लागि अवको अन्तीम विकल्प भएको जैविक मल, विषादीको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएका थिए । हरेका १० किलोमिटर क्षेत्रफलमा हावापानीको प्रवलता फरक फरक भएको नेपालको हावापानी रहेको मा त्यसमा ठोस ध्यान जान नसकेकको कारण नेपालको कृषि क्षेत्रमा आशाति विकास नभएको उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले यस क्षेत्रमा अर्गानिक मल, राईबोजिम, आर्गानिक विषादी, लगायत अन्य विभिन्न अर्गानि उत्पादन ईन्टेन्सिभ मल्टीप्रर्पोज एग्रीकल्चर डेभलमेन्ट प्रालि काठमाण्डौको सहकार्यमा प्रदेश ५ का सबै जिल्लाहरूमा विक्रि वितरण गर्ने योजना बनाएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुल बहादुर घर्ती (बसन्त), अर्का प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेल, लुम्बिनी मल्टी प्रपोज एग्रीकल्चर डेभलपमेन्ट प्रालिका सञ्चालक रघुपती चुदादी, बुटवल वडा नम्बर ९ का वडाध्यक्ष विष्णु बहादुर थापा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?