ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

उपमहानगरद्वारा ५ पशुपालक पुरस्कृत

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

 तुलसीपुर उप महानगरपालीका १९ का हरीवहादुर रोकाले भैंसी पालन ब्यवसाय गर्न थालेको ५ वर्ष पुग्यो ।
उनले २ वटा भैसीवाट व्यवसाय सुरु गरेका थिए । सुरुमा भएका दुईवटा भैसीको दुध उनले गाँउमै विक्रि गर्दथे । थोरै पाल्दा पनि तिनकै स्याहार सुसारमा दिन वित्ने भएपछि हरीवहादुरले फर्म दर्ता गरेर व्यवसायीक रुपमै पशुपालनमा हात हालेको वताउछन् ।
शुभलक्ष्मि पशुपन्छि नामक फर्म दर्ता गरेर उनले पशु व्यवसाय गर्न थालेको पनि ४ वर्ष वितिसकेछ । समय समयमा पशु सेवा कार्यालयवाट उनले प्राविधिक तथा औषधिहरु पाईरहेको बताए । अहिले उनको घरमा ४ वटा दुहुना भैसी ७ वटा व्याउने तथा एउटा राँगो छ ने तीनका ३ वटा पाडापाडि पनि रहेका छन् ।
उनले दैनिक ५० लिटर दुध विक्रि गर्दै आईरहेका छन् । ५० लिटर दुधवाट उनले दैनिक २५ सय रुपैया आम्दानी गरीरहेका छन् भने मासीक रुपमा ३० हजार उनको बचत भैरहेको छ । घर परीवारका सदस्यहरुले नै व्यवसाय सञ्चालन गरीरहेको हरीवहादुर ले बताए । तुलसीपुर उप महानगरपालीकामा जनप्रतिनिधि आएको एक वर्ष पुगेको अवसरमा उनलाई व्यवसायीक रुपमा पशुपालन गरेको भन्दै राष्ट्रपति पशुपालन पुरस्कारवाट सम्मानीत गरीयको छ । सम्मानित भएपछि हरीवहादुरले खुसी व्यक्त गर्दै हामीलाई हेर्ने पनि सरकार रहेछ भन्ने प्रतिकृया दिए । “पुरस्कार त ठुलावडाले मात्रै पाउछन् भनेको त हामीजस्ताले पनि पाउने रहेछौ” हरीवहादुरले भने । काम गर्दै गएपछि सवैको कामको मुल्याङ्कन हुने रहेछ भन्ने लागेको हरीवहादुरले बताए ।
त्यस्तै वाख्रापालन तर्फ उत्कृष्ट काम गर्ने तुलसीपुर उप महानगरपालीका ३ भट्टेको पुष्पाञ्जली खरीवाख्रा पालन महिला समुहलाई पनि पुरस्कृत गरीएको छ । २०६६ सालमा गठन गरीएको बाख्रापालन समुहमा ५० जना सदस्य रहेका छन् भने उनीहरुले ३५० वटा बाख्रा पालन गरीरहेका छन् । समुह गठन गरेर उनीहरुले व्यवसायीक रुपमा पाल्न सुरु गरेपछि पशु सेवा कार्यालयको सहयोगमा नियमित रुपमा भ्याक्सीन लगाउने देखी बहुवर्षिय घाँसको पनि खेती गर्दै आईरहेकाछन् । समुहमा आवद्ध भएर उनीहरुले ८ लाख बरावरको हितकोष समेत सञ्चालन गरीरहेकाछन् । हितकोषलाई उनीहरुले प्रत्येक महिनाको पहिलो सनिवार बैठक बसेर समुहमै लगानी गर्ने गरेको बताउछन् ।
उप महानगरपालीकाले पशुपालन व्यवसायमा उत्कृष्ट काम गरेको भन्दै ५ जनालाई पुरस्कृत गरेको हो । उप महानगरपालीकाले उत्कष्ट कृषक सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । अन्य सम्मानीत हुनेहरुमा साहारा पशुपालन फर्म तुलसीपुर ६ गोलौरा, भगवती वाख्रा फर्म तुलसीपुर ३ बल्ले र तुलसीपुर उप महानगरपालीका ८ कटकुईयामा रहेको धनमता बंगुर फर्म रहेका छन् । उनीहरुलाई नगर प्रमुख घनश्याम पाण्डेले साढे सात हजार नगद र प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरेका हुन् । उप महानगरपालीकाले कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेको भन्दै ५ जना विभिन्न विधाका कृषकहरुलाई पनि पुरस्कृत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?