ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

प्रदेशको नाममा ‘हाँसी मजाक’

२६ असार २०७५, मंगलवार
२६ असार २०७५, मंगलवार

बुटवल प्रदेश नं ५ को नाम र स्थायी राजधानी तोक्न विलम्व हुदा यहाका प्रदेश सांसदहरुले हाजिमजाक गर्न थालेका छन । छिमेकीहरु प्रदेशहरुले नाम राखिसक्दा प्रदेश ५ वेनामे छ । 

प्रदेश नं ४ ले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा तोकिसको छ । त्यसै गरी प्रदेश ७ ले नाम कर्णाली र प्रदेश सुर्खेत तोकि सकेको छ । दुई तिहाई वहुमतले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकिने कानुनी प्रावधानलाई आत्मसाथ गर्दे ति प्रदेशहरुले प्रदेशको नाम र राजधानी तोकेका हुन ।
अस्थायी राजधानी बुटवलमा बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभाको वैठक स्थल बनाईएको छ । नामाकरण र स्थायी राजधानीको विषयमा सांसदहरुले प्रत्येक वैठकमा कुरा उठाएपनि खासै चासो दिईएको छैन ।
प्रदेशको नामाकरण र स्थायी राजधानी वारे संसदमा वहुमत पुगेको नेकपाका सांसदहरु मौन छन भने नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले वैठकमा प्रदेशको न्वारन गर्नु प¥यो भन्दै कुरा उठाई रहेका छन । प्रदेश सभा दोश्रो अधिवेशन अन्तर्गत सोमवार बसेको १९ औ वैठकको शुन्य समयमा अधिकांस सांसदहरुले प्राकृतिक विपत व्यवस्थापनमा सरकारको ध्यानकर्षण गराई रहदा कांग्रेस सांसदहरुले भने प्रदेशको नामाकरणमा विलम्व गर्न नहुने बताए ।
वर्दियाका सांसद भुमेश्वर चौधरीले ५ नम्बर प्रदेश सुकुम्बासी जस्तै भएको कटाक्ष हाने । ‘अहिले सम्म कुनै ठेगान छैन नाम के हो राजधानी कहां राख्ने ?’ उनले प्रस्ताव गरे– ‘एक बर्ष रुपन्देहीमै बसौ ,अर्काे बर्ष बर्दियाको राजापुरमा राजधानी सार्नु पर्छ ।’ उनको हासि मजाक प्रस्तावमा अन्य सासद मुख हेरा हेर गरे ।
कांग्रेसका अर्का सांसद रुपन्देहीका अष्ट भूजा पाठकले पनि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न किन डराएको भन्दै संसदलाई प्रश्न गरे । ‘प्रदेशको नाम र राजधानी राख्न के को डर छ ?’ संसदमा जवाफ दिन सरकार संग आग्रह गरे । छिमेकी प्रदेशको नामाकरण र राजधानी तोकिदा यहो प्रदेशमा कस्ले रोक्यो,किन रोकेको भन्दै उनले प्रश्न गरेका थिए । यस अघि प्रदेश सभामा मुख्य मन्त्रि शंकर पोखरेलले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न हतार गर्न नुहने बताएका थिए ।
प्राकृतिक विपत व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानकर्षण
प्रदेश सांसदहरुले प्राकृतिक विपत व्यवस्थापनमा ध्यान दिन प्रदेश सरकारको ध्यानकर्षण गराएका छन ।
प्रदेश सभाको बैठकको शुन्य समयमा सांसदहरुले वर्षा शुरु भएकाले डुवान वाढी पहिरो जसता प्राकृतिक प्रकोप आउन सक्ने तर्फ प्रदेश सरकारको ध्यानकर्षण गराउदै विडितलाई राहतको व्यवस्थापनमा कुनै कसर वाकी राख्न नहुने बताए । उनिहरुले केही निर्वाचन क्षेत्रका हुरी वतास तथा वाढी विडितहरुले अहिले सम्म राहत नपाएको बताउदै पिडामै मम्लम लगाउन सके मात्र सरकारको उपस्थितिको अनुभूति हुने बताए । सांसद रामजी घिमिरेले प्रकोपको पीडामा जनतामाझ पुगेर आफ्नो उपस्थिति देखाउन चुक्न नहुने बताए ।
सांसदहरु बिष्णु पन्थी दिपेश थारु, रमा घर्ति, अर्जुन कुमार श्रेष्ठ, निर्मला क्षेत्री, विजय यादव, फकरुद्धिन खां, दामाकुमारी शर्मा,थानकुमारी थापा, कृष्ण न्यौपाने, सन्तोष पाण्डे, कमला बिक, रेबती रमण शर्मा,दीपा बिक, सरस्वती गौतम, लगायतले धारणा व्यक्त गरेका थिए । वैठकको शुरुवातमा सभाको अठारौ वैठकमा सांसद भोज प्रसाद श्रेष्ठ , डिल्ली वहादुर चौधरी र तिलकराम शर्माले सावैजनिक महत्वको विषयमा उठाएको विषयमा आन्तरिक मामला तथा कानुन मन्त्रिले जवाफ दिएका थिए । उनले अहिले सम्म प्रदेश नं ५मा वाढी पहिरोबाट ११ जनाको मृत्यु भएको र क्षतीको एकिन विवरण आई नसकेको जानकारी दिए ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले दुइवटा विधेयक पेश गरेका छन् । सभामा मुख्य न्यायधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । सभामुख पूर्ण बहादुर घर्तीले अर्काे बैठक असार २६ गते दिउसो १ बजे बस्ने जानकारी गराए ।

समीक्षा रहस्यमय मृत्यु प्रकरणमा संसदद्धारा प्रदेश सरकारको ध्यानकर्षण

बुटवल । रुपन्देहीको रुद्रपुरमा १६ वर्षीया किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्युको छानविन गरी दोषीलाई कारवाही गर्न प्रदेश सभा सदस्यहरुले माग गरेका छन ।
स्थानिय जनप्रतिनिधिहरुले घटनालाई सामान्य रुपमा लिएको बताउदै यस घटनालाई सामान्य रुपमा नलिन प्रदेश सरकारको ध्यानकर्षण गराएका हुन । ‘यो सामान्य घटना होईन महिला हिसांको जघन्य रुप हो यसलाई गम्भिर रुपमा लिन आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्यूको ध्यानकर्षण गराउछौ । प्रदेश सभाको सोमवार वसेको वैठकमा सुन्य समयमा वोल्दै महिला सांसदहरुले जोड दिए ।’
सांसद दामा शर्माले समिक्षा ठकुरीको घटनाको वारेमा प्रदेश सरकारले निष्पक्ष छानविन गर्नुपर्ने बताईन । उनले अधिकांस घटनाहरुमा प्रहरीले किटानी जाहेरी लिन नमानेको जनगुनासो बढेको बताउदै उनले ठकुरीको केशमा पनि प्रहरीले शुरुमा किटानी जाहेर लिन नमानेको विषयप्रति समेत सदनको ध्यानकर्षण गराईन ।
त्यसैगरी सांसद कमला देवी विश्वकर्माले समिक्षा हत्या घटना हिंसाको चरमोकर्ष भएको वताउदै उजुरी लिन ढिला सुस्ती भएको प्रति सरकारको ध्यानकर्षण गराएकी थिईन ।
सांसद दिपा विकले उक्त घटनालाई प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले सामान्य रुपमा लिएको अनुभूति भईरहेको बताउदै किटानी जाहेरी दिदा समेत आरोपीलाई पक्राउ गर्न बिलम्व भएको बताईन । सांसद निर्मला क्षेत्रीले महिला हिंसाका घटनाहरु वृद्धि भएको बताउदै कडा कानुन वनाएरै भएपनि महिला हिंसालाई अन्त्य गर्नु पर्ने बताईन ।
उता उक्त काण्डमा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फूपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापा पक्राउ परेका हुन् ।तेजबहादुर र हरिकलालाई रुद्रपुरबाट र मधु र अमृतालाई बुटवलबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ । उनीहरु चारैजनाविरुद्ध मृतक समीक्षाकी आमा माया ठकुरीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक दीपेश बस्यालले किटानी जाहेरीमा उल्लेख भएका चारैजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको जानकारी दिए । यसअघि प्रहरीले समीक्षाका बुबा तेजबहादुरलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
रोजगारीको लागि इराक पुगेकी आमा माया थापा रुद्रपुर फर्केर परिवारका सदस्यले मार्ने उद्देश्यले समीक्षाको शरीरमा मट्टतिेल छर्केर आगो लगाइदिएको दावीसहित किटानी जाहेरी दिएकी थिइन् ।
मृतकका आफन्त स्थानीय अगुवा बोम दर्लामीले घटना लगत्तै रुद्रपुर प्रहरीचौकीमा जाहेरी दर्ता गर्न जाँदा दर्ता गरिएको थिएन । इलाका प्रहरी कार्यालय बुटवलले पनि किटानी जाहेरी लिन नमानेपछि समिक्षाको मावली पक्षको दवावमा इलाका प्रहरी कार्यालय सालझण्डीले किटानी जाहेरी बुझेको थियो ।
असार ९ गते आफ्नै घरमा सुतेको अवस्थामा आगोले जलेर गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा असार २० गते काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
स्थानीय पीसल्याण्ड भूपू सैनिक पब्लिक बोर्डिङ ःकूलमा १० कक्षा पढ्दै गरेकी समीक्षा गएको ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । त्यसअघि उनी मावली घरमा बस्दै आएकी थिइन् । समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेला देखि नै आमा–छोरी माइतीमा बस्दै आएका थिए ।
समीक्षा घरमा बस्न थालेपछि परिवारका सदस्यबाट पटकपटक कुटपिट, दुव्यबहार हुनुका साथै सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको समिक्षाका मावली तिरका आफन्तले बताएका छन ।
समीक्षा घरमै बस्न थालेसँगै अंश दिनु पर्ने डरले परिवारले मिलेर आगो लगाएको दावी किशोरीकी आमा र मावली पक्षले दावी गरेका छन् । घटना हुनु एक महिना अघिपनि बुबा, हजुरआमा र फूपुहरु मिलेर घाइते हुने गरी कुटपिट भएपछि समिक्षाले प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।

नामाकरण र स्थायी राजधानीको विषयमा सांसदहरुले प्रत्येक वैठकमा कुरा उठाएपनि खासै चासो दिईएको छैन । प्रदेशको नामाकरण र स्थायी राजधानी वारे संसदमा वहुमत पुगेको नेकपाका सांसदहरु मौन छन भने नेपाली कांग्रेस र अन्य दलका सांसदहरुले वैठकमा प्रदेशको न्वारन गर्नु प¥यो भन्दै कुरा उठाई रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?