© २०२३
रूपन्देही तिलोत्तमा नगरपालिका नया मिलका मित्रबन्धु न्यौपानेलाई अचेल तरकारी वेच्नमै फूर्सद छैन । तरकारी फर्मबाट तरकारी ल्याएर बजार– बजार पु¥याउनु उनको दिनचर्या हो । उनले आफ्नै गाडी प्रयोग गरी तरकारी थोक बजारमा पु¥याउ“छन ।
तरकारीको उत्पादन वढि भएको बेला ढुवानीको लागि ठूला गाडी भाडामा लिनुपर्छ । उनी सहित अन्य ४ जनाको संयुक्त लगानीमा संचालित सियारी कृषि फर्ममा अहिले वोडी र करेला झालैभरी छ । ‘एक सिजन टमाटर बेचियो । ’ व्यवसायीक कृषक न्यौपाने भन्छन– करिव ११ लाखको बेचियो होला । १ सय टन उत्पादन गर्ने लक्ष्य लिएकोमा ८० टन मात्र टमाटर बजारमा पु¥याउन सफल भएको उनले बताए । एक वर्ष अघि देखी न्यौपानेको समूहले तरकारी खेतीमा हात हालेको हो । विकास वहुउदेश्यीय सहकारीले संचालन गरेको ‘कोसेली घर’को लागि कास्कीका कृषकहरूसंग सम्पर्क भएपछि उनीहरूकै उत्प्रेरणामा कृषिमा लगानी गरेको उनले बताए । न्यौपानेको समूहमा कलाधार पाण्डे, दुर्गा प्रसाद पन्थ र क्षितिज भूसाल छन । उनिहरू मध्ये न्यौपाने र पन्थ पुर्व यातायात व्यवसायी हुन भने दुई जना बैकर्स । इजराईली प्रविधीमा आधारित उक्त फर्म पुर्ण स्वचालित सिचाईमा आधारित छ ।
मल्चिङ विधिमा डयाङ बनाएर छुट्टा छुट्टै पलट बनाईएको छ फर्ममा । अहिले तिन प्लटमा वोडी उत्पादन भएको छ भने करेला त्यतिकै क्षेत्रमा फैलिएको न्यौपानेले बताए । वोडिको बिउ प्रतिकेजी २० हजार रूपैयाँ र करेला २८ हजार रूपैयाँको प्रयोग गरिएको थियो । राम्रो बिउ परेकाले उत्पादन राम्रो भएको उनले बताए । अहिले सम्म करिव ४ लाख रूपैयाको करेला विक्रि भईसकेको छ । यो सिजनमा १० लाखको वोडी विक्रि गर्ने लक्ष्य लिईएको छ ।
सियारी गाउ“पालिका ६ वर्दवा अवस्थित उक्त फर्म ३ विघा क्षेत्रफलमा फैलिएको छ । यसलाई ५ विघा क्षेत्रफलमा विस्तार गर्ने योजना उनिहरूको छ । छुट्टै २ विघा क्षेत्रफलमा टर्की पाल्ने योजना रहेको न्यौपानेले जानकारी दिए । ‘तरकारी खेतीसंगै टर्की चरा पाल्ने योजना पनि बनाएको छौ ।’ उनले भने । ग्रिन्ट प्लाण्ट बनाएर तरकारी खेती गर्ने योजनामा रहेको उनीहरूले बताए ।
धान फल्ने जग्गामा २० लाख रूपैयाँ लगानी गरेर शुरु गरिएको तरकारी फर्ममा अहिले ५ जनाले नियमित रोजगारी पाएका छन । १० जनाले दैनिक ज्यालादारीमा काम गरिहेका छन । अहिले सम्म सरकारी अनुदानको नाममा एउटा मोटर पम्मवाहेक अरू केही अनुदान नपाएको उनीहरूले बताए । ‘अनुदान पाईन्छ भनेको सुनेको थिएँ अनुदान त आकासको फल आँखातरी मर भने जस्तै रहेछ ।’ न्यौपानेले भने– भनसुनको आधारमा हँुदो रहेछ वास्तविक कृषकले नपाउने अवस्था देखियो ।’ उनले सरकारले कृषि क्रान्तिको कुरा गरेपनि व्यवहारमा नमिल्लो रहेको व्यवसायीक कृषकहरूले बताएका छन । कृषकलाई प्रोत्साहन गर्ने हो भने उत्पादित फसलको जिम्मेवारी सरकारले ल्याउने पर्ने उनिहरूको भनाई छ । तरकारीमा पनि विचौलियाको विगविगी छ, वास्तवमा कृषकले आफ्नो लागत मूल्य पाउन समेत गाह्रो छ । कसरी कृषीमा नेपाल आत्मनिर्भर हुन्छ ?’ न्यौपानेको भनाई छ ।